
महिनौ मैना सम्म पेटमा लिएर के भो र
पेट पाल्न चिसो भुइमा नांगिनु छ मैले
न्यानो पर्न तिम्ले भोटो सिएर के भो र
अर्ति बुद्धि दिने बेला टुहुर्र्यायौ मलाई
चुरोट खैनी गाजा रक्सी पिएर के भो र
छैन अब बाच्ने आशा न त रहर नै
बिना लक्ष खाते जीवन जिएर के भो र
प्रकाश अर्याल " चुकुप्रकाश "
No comments:
Post a Comment