Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » शास्त्रीय बहरको किसिमहरु - गोर्खे साइँलो ’सूत्रमाला'

शास्त्रीय बहरको किसिमहरु - गोर्खे साइँलो ’सूत्रमाला'

शास्त्रीय बहरको किसिम:

गजलका बहरलाई ३ भागमा वर्गीकरण गरिएको छ:
अ, मुफरद बहर मूल छन्द
आ, मुरक्कब बहर मिश्रित छन्द
इ, मुजाहिफ बहर परिवर्तित छन्द

अ, मुफरद बहर:
एउटै अर्कानको आवृत्तिबाट बनेको बहरलाई मुफरद बहर भन्ने गरिन्छ । यस अन्तर्गत सातओटा बहर पर्दछन् । यसका नाम र केही नमुनाहरू यस प्रकार छन्:

१) बहरे मुतकारिब:
क, मुसम्मन् सालिम पिङ्गल छन्द - भुजङ्गप्रयात
सूत्र: फऊलुन् × ४ ।ऽऽ × ४
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ
नमुना-१, हिमाली छटामा रमाएँ घुमेर
पहाडी चिनारी बनाएँ घुमेर । - गोर्खे साइँलो

नमुना-२, दिवानी बनाई सटायौ तिमीले
फकाई फुलाई बसायौ तिमीले । - गोर्खे साइँलो ’सूत्रमाला'

ख, मुसद्दस् सालिम
सूत्र: फऊलुन् × ३ ।ऽऽ × ३
।ऽऽ ।ऽऽ ।ऽऽ
भएँ आज प्यासी पियारी
सँगै साथ लानै तयारी । - गोर्खे साइँलो

ग, मुरब्बा सालिम पिङ्गल छन्द - शङ्खनारी
सूत्र: फऊलुन् Χ २ ।ऽऽ Χ २
।ऽऽ ।ऽऽ
भयो बैँश प्यारो
जवानी तगारो । - गोर्खे साइँलो

नमुना-२, रसाएर पानी दिएँ
दिए जिन्दगानी । - गोर्खे साइँलो सूत्रमाला

२) बहरे मुतदारिक:
क, मुसम्मन् सालिम पिङ्गल छन्द - स्रग्विणी
सूत्र - फाइलुन् × ४ ऽ।ऽ × ४
ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ

नमुना-१, प्रेमको भेलमा आइछौ सुन्दरी
याम भो मेलको धाइछौ सुन्दरी । - गोर्खे साइँलो

नमुना-२, छोडकर मैँ चली सारी दुनिया के गम
भूल जाओ मुझे मैँ रही न सनम । - हुसैन खाँ

ख, मुसद्दस् सालिम पिङ्गल छन्द - महालक्ष्मी
सूत्र - फाइलुन् × ३ ऽ।ऽ × ३
ऽ।ऽऽ।ऽऽ।ऽ
प्यास नै प्यासमा माधुरी
बैगुनी साथमा माधुरी । - गोर्खे साइँलो

ग, मुरब्बा सालिम पिङ्गल छन्द - विमोहा
सूत्र - फाइलुन् × २ ऽ।ऽ × २
ऽ।ऽऽ।ऽ
शान्त भै बाँचुला
दॆश मै नाचुला । - गोर्खे साइँलो

घ, मुसम्मन् सालिम मुदाइफ
सूत्र - फाइलुन् × ८ ऽ।ऽ × ८
ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ
प्रेमको जालमा फस्न लाग्यौ सुधा पान गर्दै छ लौ ! तर्किजा-तर्किजा
प्यारको हो खुसी भोलि के हुन्छ खै ! याम सर्दै छ लौ ! तर्किजा-तर्किजा । - गोर्खे साइँलो

३) बहरे हजज:
क, मुसम्मन् सालिम पिङ्गल छन्द - विधाता
सूत्र - मफाईलुन् × ४ ।ऽऽऽ × ४
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ

नमुना-१, मिठो बोली र तिम्रो यो मयूरी चाल प्यारो छ
तराई-दून-पाहाडी हिमाली ढाल प्यारो छ । - हुसैन खाँ

नमुना-२, इधर देखा उधर देखा बडी गहरी सी खायी है
मैं इसको रोक लूँ कैसे बडी लम्बी लडाइँ है । - हुसैन खाँ

ख) मुसद्दस् सालिम पिङ्गल छन्द - सिन्धु
सूत्र - मफाईलुन् × ३ ।ऽऽऽ × ३
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ
बिहानीमा अझै माया गरेका छन्
दिलैको यो मझेरीमा सरेका छन् । - हुसैन खाँ

समाई पाखुरी मेरो बिहानीमा
खसाली आँशु भिज्ने भो सिरानीमा । - गोर्खे साइँलो

ग, मुरब्बा सालिम पिङ्गल छन्द - विजात
सूत्र - मफाईलुन् × २ ।ऽऽऽ × २
।ऽऽऽ ।ऽऽऽ
जवानीको नशा माथी
बन्यौ आफैँ मिठो साथी । - गोर्खे साइँलो

४, बहरे रजज :
क, मुसम्मन् सालिम पिङ्गल छन्द - हरिगीतिका/बीभत्स
सूत्र - मुस्तफ्इलुन् × ४ ऽऽ।ऽ × ४
ऽऽ।ऽ ऽऽ।ऽ ऽऽ।ऽ ऽऽ।ऽ
नमुना-१, मुस्कानको नाता लिएँ साहित्यकी रानी सित
कादम्बरी प्याली पिएँ साहित्यकी रानी सित । - गोर्खे साइँलो ‘मुस्कान’

नमुना-२, इस धुन्ध के माहौल मेँ रस्ता दिखाया आपने
रोते हुए इन्सान को हँसना सिखाया आपने । - हुसैन खाँ

ख, मुसद्दस् सालिम
सूत्र - मुस्तफ्इलुन् × ३ ऽऽ।ऽ × ३
ऽऽ।ऽ ऽऽ।ऽ ऽऽ।ऽ
मान्छे यहाँ पाएछ कस्तो जिन्दगी
ढुङ्गा र पानीझैँ छ सस्तो जिन्दगी । - हुसैन खाँ

ग, मुरब्बा सालिम पिङ्गल छन्द - मधुमालती
सूत्र - मुस्तफ्इलुन् × २ ऽऽ।ऽ × २
ऽऽ।ऽ ऽऽ।ऽ
प्रेमी नभै साथी भयौँ
यात्रा भरी साथै गयौँ । - गोर्खे साइँलो

५, बहरे रमल :
क, मुसम्मन् सालिम पिङ्गल छन्द - माधवमालती
सूत्र - फाइलातुन् × ४ ऽ।ऽऽ × ४
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
वासनामा चल्न थाल्यो आज मेरो प्रेमप्याला
तिस्रनामा बल्न थाल्यो आज मेरो प्रेमप्याला । - गोर्खे साइँलो

ख, मुसद्दस् सालिम
सूत्र - फाइलातुन् × ३ ऽ।ऽऽ × ३
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
नमुना-१, एक सुन्दर बाग हो नेपाल मेरो
यो धराको शान हो नेपाल मेरो । - हुसैन खाँ

नमना-२, आशिकी मेँ डूब चला साथ मेरे कौन है
कोई तो बता दो भला साथ मेरे कौन है । - हुसैन खाँ

ग, मुरब्बा सालिम
सूत्र - फाइलातुन् × २ ऽ।ऽऽ × २
ऽ।ऽऽ ऽ।ऽऽ
प्यारमा वहोस देखेँ
होसमा आएर लेखँ । - गोर्खे साइँलो

६, बहरे कामिल :
कमुसम्मन् सालिम पिङ्गल छन्द - प्रमदानन/गीतिका
सूत्र - मुतफाइलुन् × ४ ॥ऽ।ऽ × ४
॥ऽ।ऽ ॥ऽ।ऽ ॥ऽ।ऽ ॥ऽ।ऽ
निठुरी भएर डुल्यौ तिमी मधुमासकी रसमाधुरी
विरही बनाइ हिँड्यौ तिमी मधुमासकी रसमाधुरी । - हुसैन खाँ

ख, मुसद्दस् सालिम
सूत्र - मुतफाइलुन् × ३ ॥ऽ।ऽ × ३
॥ऽ।ऽ ॥ऽ।ऽ ॥ऽ।ऽ
मधुमासको रसिलो सुधा सरि रातमा
म त अल्झिएँ रसरङ्गको मृदु बातमा । - हुसैन खाँ

ग, मुरब्बा सालिम पिङ्गल छन्द - संयुता
सूत्र - मुतफाइलुन् × २ ॥ऽ।ऽ × २
॥ऽ।ऽ ॥ऽ।ऽ
बस प्रेमको क्षण काखमा
रसिली बनी कन लाखमा ।- गोर्खे साइँलो

७, बहरे वाफिर
क, मुसम्मन् सालिम
सूत्र - मफाइलतुन् × ४ ।ऽ॥ऽ × ४
।ऽ॥ऽ ।ऽ॥ऽ ।ऽ॥ऽ ।ऽ॥ऽ
सफा जलकी कुनै सरिता बनीकन नै झरिन् दिलमा
तिनी कविता बनी गणतन्त्रको सुख नै छरिन् दिलमा । - हुसैन खाँ

ख, मुसद्दस् सालिम
सूत्र - मफाइलतुन् × ३ ।ऽ॥ऽ × ३
।ऽ॥ऽ ।ऽ॥ऽ ।ऽ॥ऽ
मिठो छ सुवास त्यो सब प्यलिया मनमा
अझै छ मिठो सुगन्ध पि्रया त्यही तनमा । - गोर्खे साइँलो

ग, मुरब्बा सालिम
सूत्र - मफाइलतुन् × २ ।ऽ॥ऽ × २
।ऽ॥ऽ।ऽ॥ऽ
दिवा सपना भुलाउ तिमी
व्यथा मनको जलाउ तिमी । - गोर्खे साइँलो
आ, मुरक्कब बहर :
फरक-फरक अर्कानहरू मिलेर बनेको बहरलाई मुरक्कब बहर भनिन्छ । यस्ता बहरहरू मुख्यतया बाह्रओटा मानिएका छन् । तर यसबाहेक पनि केही मुरक्कब बहरहरू छन् । ती सबैको नाम र नमुना यस प्रकार छ :
१, बहरे मुन्सरेह :
सूत्र - (मुस्तफ्इलुन् + मफ्ऊलात × २ ऽऽ।ऽ + ऽऽऽ। × २)
ऽऽ।ऽ ऽऽऽ। ऽऽ।ऽ ऽऽऽ।
यो दूनियाको माहौल के भन्नु कस्तो-कस्तो छ
छोटो लुगा नाङ्गो अङ्ग फैसेन सस्तो-सस्तो छ । - हुसैन खाँ

२, बहरे मुक्तजिब
सूत्र - (मफ्ऊलात + मुस्तफ्इलुन् × २ ऽऽऽ। + ऽऽ।ऽ × २)
ऽऽऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ।ऽ
कस्तो भो मरुतुल्य यो मेरो प्रीतको पात रे
माया-प्रेम पाए पनी घातीले गर्यो घात रे । - हुसैन खाँ
३, बहरे मुजारे
सूत्र - (मफाईलुन् + फाइलातुन् × २ ।ऽऽऽ + ऽ।ऽऽ × २)
।ऽऽऽ ऽ।ऽऽ ।ऽऽऽ ऽ।ऽऽ
महाकालीदेखि मेची डुलेका छन् आजभोिल
उनी मेरो प्रेम माया भुलेका छन् आजभोिल । - हुसैन खाँ

४, बहरे खफीफ
सूत्र - फाइलातुन् + मुस्तफ्इलुन् + फाइलातुन्
ऽ।ऽऽ ऽऽ।ऽ ऽ।ऽऽ
सम्झनाको नौलो कहानी भएँ म
दुःखमा हाँस्नेको बिहानी भएँ म । - गोर्खे साइँलो

५, बहरे बसीत
सूत्र - (मुस्तफ्इलुन् + फाइलुन् × २ ऽऽ।ऽ + ऽ।ऽ × २)
ऽऽ।ऽ ऽ।ऽ ऽऽ।ऽ ऽ।ऽ
के रोग हो के भनौँ भित्रै लुकेको यहाँ
आफन्तको पीरले माटो दुखेको यहाँ । - गोर्खे साइँलो

६, बहरे मुजास वा मुज्तस
सूत्र - (मुस्तफ्इलुन् + फाइलातुन् × २ ऽऽ।ऽ + ऽ।ऽऽ × २)
ऽऽ।ऽ ऽ।ऽऽ ऽऽ।ऽ ऽ।ऽऽ
सम्झेर त्यो रुप उन्को डुब्दै थिएँ कल्पनामा
बोली-वचन् प्रेम-माया आए सबै सम्झनामा । - हुसैन खाँ

७, बहरे सरीअ
सूत्र - मुस्तफ्इलुन् + मुस्तफ्इलुन् + मफ्ऊलात
ऽऽ।ऽ ऽऽ।ऽ ऽऽऽ।
सङ्गीतको मीठो खजाना बाँकी छ
मायालुले गाऊँने तराना बाँकी छ । - हुसैन खाँ

८, बहरे मुशाकिल
सूत्र - फाइलातुन् + मफाईलुन् + मफाईलुन्
ऽ।ऽऽ ।ऽऽऽ ।ऽऽऽ
भेलको वेगझैँ बग्दैछ मन् मेरो
प्रीतको सम्झना गर्दैछ मन् मेरो । - हुसैन खाँ

९, बहरे जदीद
सूत्र - फाइलातुन् + फाइलातुन् + मुस्तफ्इलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ऽऽ।ऽ
दुःख-पीडा बिर्सिएरै आएछ त्यो
प्रेयसीको सम्झनामा गाएछ त्यो । - हुसैन खाँ

१०, बहरे करीब
सूत्र - मफाईलुन् + मफाईलुन् + फाइलातुन्
।ऽऽऽ ।ऽऽऽ ऽ।ऽऽ
झरेको पातझैँ भो मेरो जिन्दगी
अँधेरो रातझैँ भो मेरो जिन्दगी । - हुसैन खाँ

११, बहरे मदीद
सूत्र - (फाइलातुन् + फाइलुन् × २ ऽ।ऽऽ + ऽ।ऽ × २)
ऽ।ऽऽ ऽ।ऽ ऽ।ऽऽ ऽ।ऽ
प्रेमको डोली डुब्यो सम्झनाको छालमा
द्वेष-ईस्यॉ नै बढ्यो आज यो नेपालमा । - हुसैन खाँ

१२, बहरे तवील
सूत्र - (फऊलुन् + मफाईलुन् × २ ।ऽऽ + ।ऽऽऽ × २)
।ऽऽ ।ऽऽऽ ।ऽऽ ।ऽऽऽ
मलाई बिहानीमा जगाएर भागेछौ
अझै प्रीतको प्याली पिलाएर भागेछौ । - हुसैन खाँ

१३, बहरे कलीब
सूत्र - फाइलातुन् + फाइलातुन् + मफाईलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ।ऽऽऽ
भावनाको भित्र बग्दा भुलेको छु
कल्पनाको भेल तर्दा भुलेको छु । - गोर्खे साइँलो

१४, बहरे सगीर
सूत्र - मुस्तफ्इलुन् + फाइलातुन् + मुस्तफ्इलुन्
ऽऽ।ऽ ऽ।ऽऽ ऽऽ।ऽ
हाँसो - खुसीको कहानी हो जिन्दगी
सर्दै गएको बिहानी हो जिन्दगी । - गोर्खे साइँलो

१५, बहरे सरीम
सूत्र - मफाईलुन् + फाइलातुन् + फाइलातुन्
।ऽऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
उही पीडाको छहारीमा रमाएँ
सधैँ मैले गीत उन्कै गुन्गुनाएँ । - हुसैन खाँ

१६, बहरे सलीम
सूत्र - मुस्तफ्इलुन् + मफ्ऊलात + मफ्ऊलात
ऽऽ।ऽ ऽऽऽ। ऽऽऽ।
काँढा भयो मेरो जिन्दगानी आज
बिर्सीसकेँ मायाको बिहानी आज । - गोर्खे साइँलो

१७, बहरे हमीद
सूत्र - मफ्ऊलात + मुस्तफ्इलुन् + मफ्ऊलात
ऽऽऽ। ऽऽ।ऽ ऽऽऽ।
ऐल्यैसम्म त्यै बागमा धाएको छु
मायाको उही वासना पाएको छु । - हुसैन खाँ

१८, बहरे हमीम
सूत्र - फाइलातुन् + मुस्तफ्इलुन् + मुस्तफ्इलुन्
ऽ।ऽऽ ऽऽ।ऽ ऽऽ।ऽ
चाँद देखे जब् चाँदनीको साथमा
मुस्कुराए ताराहरू आकाशमा । - हुसैन खाँ

१९, बहरे असम
सूत्र - फाइलातुन् + मफाईलुन् + फाइलातुन्
ऽ।ऽऽ ।ऽऽऽ ऽ।ऽऽ
दुःख-पीडा-व्यथामा बाँच्दैछ मान्छे
दुष्टको यातनामा हाँस्दैछ मान्छे । - हुसैन खाँ

२०, बहरे कबीर
सूत्र - मफ्ऊलात + मफ्ऊलात + मुस्तफ्इलुन्
ऽऽऽ। ऽऽऽ। ऽऽ।ऽ
यै माटो र पानीमा रमाई रहुँ
साथी-भाइसँगै गीत गाई रहुँ । - हुसैन खाँ

इ मुजाहिफ बहर :
अर्कानहरू भाँचिएर बनेको बहरलाई मुजाहिफ बहर भनिन्छ । यस्ता बहरहरू २२ किसिमका मानिएका भए तापनि भाषागत लयको आधारमा बन्ने हुनाले यो सङ्ख्या यत्तिकै मात्र हुन्छन् भन्न सकिदैन । मुजाहिफ बहरको चिनारीका लागि यसका केही प्रमुख तत्व वा शब्दहरूबारे बुझ्नु आवश्यक देखिन्छ जुन यसप्रकार छन् :
१, जिहाफ :
अर्कानहरूलाई परिवर्तन गरेर अथवा टुक्र्याएर जुन रुक्न बन्छन् त्यस्तालाई जिहाफ भनिन्छ । जस्तैः
मुख्य जिहाफ

फा / फे ऽ मफा ।ऽ फैलुन् ऽऽ फइलुन् ॥ऽ
फऊलु ।ऽ। मफ्ऊलु ऽऽ। मफ्ऊलुन् ऽऽऽ फिइलातु ॥ऽ।
मफाईलु ।ऽऽ। मुफाइलुन् ।ऽ।ऽ फिइलातुन् ॥ऽऽ फाइलातु ऽ।ऽ।
मुफ्तइलुन् ऽ॥ऽ मुस्तफ्फैलुन् ऽऽऽऽ मुस्तफ्इलु ऽऽ॥

अन्य जिहाफ
मुस्तफइलुन् ऽ।।।ऽ मुफतइलुन् ।।।।ऽ मुफ्तइलातुन ऽ॥ऽऽ मुतफाइलतुन् ॥ऽ॥ऽ
मुफाइलातुन् ।ऽ।ऽऽ आदि ।
यी जिहाफहरू उर्दू मूलका भाषामा कम प्रयोग भए पनि अन्य भाषामा प्रयोग गर्न सकिन्छ ।

२, महजूफ :
अन्तिममा दुईटा दीर्घ आउने अर्कानको अन्तिम दीर्घ ऽ लाई हटाउँदा बनेको जिहाफलाई महजूफ भनिन्छ ।
जस्तै : ।ऽऽ — ।ऽ
।ऽऽऽ ।ऽऽ
ऽ।ऽऽ ऽ।ऽ
३, मख्बून :
मफ्ऊलातबाहेक दीर्घबाट सुरु हुने अर्कानको सुरुको दीर्घ ऽ लाई लघु । बनाउँदा बनेको जिहाफलाई मख्बून भनिन्छ ।
जस्तै : ऽ।ऽ ॥ऽ
ऽ।ऽऽ ॥ऽऽ
ऽऽ।ऽ ।ऽ।ऽ
४, मक्फूफ :
मफ्ऊलात् ऽऽऽ। बाहेक तीनओटा दीर्घ र एउटा लघु भएको अर्कानको अन्तिम दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई मक्फूफ भनिन्छ ।
जस्तै : ।ऽऽऽ ।ऽऽ।
ऽ।ऽऽ ऽ।ऽ।
ऽऽ।ऽ ऽऽ॥
५, मुतव्वी :
दुईटा दीर्घबाट सुरु हुने अर्कानको दोस्रो दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई मुतव्वी भनिन्छ
जस्तै : ऽऽ।ऽ ऽ॥ऽ
ऽऽऽ। ऽ।ऽ।
६, मारफो :
मफ्ऊलात ऽऽऽ। को लघु हटाइ दोस्रो दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई मारफो भनिन्छ ।
जस्तै : ऽऽऽ। ऽ।ऽ
७, मक्तुअ :
फाइलातुन् ऽ।ऽऽ को महजूफ ऽ।ऽ को लघु हटाउँदा बनेको जिहाफलाई मक्तुअ भनिन्छ ।
जस्तै : ऽ।ऽऽ ऽ।ऽ ऽऽ
८, मशकूल :
फाइलातुन् ऽ।ऽऽ को सुरु र अन्तिम दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई मशकूल भनिन्छ ।
जस्तै : ऽ।ऽऽ ॥ऽ।
९, मक्बूज :
फऊलुन् ।ऽऽ को अन्तिम र मफाईलुन् ।ऽऽऽ को दोस्रो अन्तिम दीर्घलाई लघु बनाउँदा बनेका जिहाफलाई मक्बूज भनिन्छ ।
जस्तै : ।ऽऽ ।ऽ।
।ऽऽऽ ।ऽ।ऽ
१०, अस्लम :
फऊलुन् ।ऽऽ को लघुलाई हटाउँदा बनेको जिहाफलाई अस्लम भनिन्छ ।
जस्तै : ।ऽऽ ऽऽ
११, अखरब :
मफाईलुन् ।ऽऽऽ को लघु हटाइ अन्तिम दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई अखरब भनिन्छ ।
जस्तै : ।ऽऽऽ ऽऽ।
१२, मन्हूर :
मफ्ऊलात ऽऽऽ। को लघु र दुईटा दीर्घ हटाउँदा बनेको जिहाफलाई मन्हूर भनिन्छ ।
जस्तै : ऽऽऽ।
१३, अस्तर :
मफाईलुन् ।ऽऽऽ को लघु हटाइ बीचको दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई अस्तर भनिन्छ ।
जस्तै : ।ऽऽऽ ऽ।ऽ
१४, अखरम :
मफाईलुन् ।ऽऽऽ को लघु हटाउँदा बनेको जिहाफलाई अखरम भनिन्छ ।
जस्तै : ।ऽऽऽ ऽऽऽ
१५, अबतर :
मफाईलुन् ।ऽऽऽ को ।ऽऽ र फऊलुन् ।ऽऽ को ।ऽ हटाउँदा बाँकी रहेको जिहाफलाई अबतर भनिन्छ ।
जस्तै : ।ऽऽऽ
जस्तै : ।ऽऽ
मुजाहिफ बहरको किसिम
यी बहरहरू बनौटको आधारमा तीन किसिमका हुन्छन् ।
क, मुफरद बहरबाट बनेका मुजाहिफ बहरहरू
!, बहरे मुतकारिबबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ।ऽऽ को महजूफ ।ऽ
!!) ।ऽऽ को मक्बूज ।ऽ।
!!!) ।ऽऽ को अस्लम ऽऽ
!!!!) ।ऽऽ को अबतर

मुख्य बहरसँग दाँजेर हेर्नुहोला
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ मुख्य बहर
।ऽऽ।ऽऽ।ऽऽ।ऽ — मुसम्मन् महजूफ छन्द - भुजङ्गी
ऽऽ।ऽऽऽऽ।ऽऽ — मुसम्मन् अस्लम क
ऽऽ।ऽऽ।ऽ।ऽऽ — मुसम्मन् अस्लम महजूफ
।ऽ।।ऽ।।ऽ।।ऽ। — मुसम्मन् मक्बूज क छन्द - मौक्तिकदाम
।ऽ।।ऽ।।ऽ।।ऽ — मुसम्मन् मक्बूज महजूफ
ऽऽ।ऽऽ।ऽ।।ऽऽ मुसम्मन् अस्लम मक्बूज
।ऽ।ऽऽ।ऽ।ऽऽ मुसम्मन् मक्बूज अस्लम
।ऽ।।ऽऽ।ऽ।।ऽऽ — मुसम्मन् मक्बूज ख
।ऽऽ।ऽऽऽऽ।ऽऽ — मुसम्मन् अस्लम ख
।ऽ।ऽऽ।ऽ।ऽऽ × २ — मुसम्मन् महजूफ मुदाइफ

।ऽऽ।ऽऽ।ऽऽ — मुख्य बहर
।ऽ।ऽऽ।ऽऽ — मुसद्दस् मक्बूज अस्लम छन्द - वितान

।ऽऽ।ऽऽ — मुख्य बहर
।ऽ।।ऽ। — मुरब्बा मक्बूज छन्द - मालती

१, बहरे मुतकारिब मुसम्मन् महजूफ पिङ्गल छन्द - भुजङ्गी
सूत्र - फऊलुन् + फऊलुन् + फऊलुन् + मफा
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽ
नमुना-१, दिलासा दिएरै भुलायौ तिमी
दिलै यो जलाई रुवायौ तिमी

नमुना-२, गुलिस्ताँ के पत्ते चलाते रहे
किसी याद मेँ मुस्कुराते रहे

२, बहरे मुतकारिब मुसम्मन् अस्लम क
सूत्र - फैलुन् + फऊलुन् + फैलुन् + फऊलुन्
ऽऽ ।ऽऽ ऽऽ। ऽऽ
उन्को नजरमा हेर्दा ‘हुसैन’
उस्तै छ माया उस्तै बिहानी

३, बहरे मुतकारिब मुसम्मन् अस्लम महजूफ
सूत्र - मुस्तफ्इलुन् + फाइलुन् + फऊलुन्
ऽऽ।ऽ ऽ।ऽ ।ऽऽ
ठूलै छ साजाल यो सहरमा
कालो छ हर्माल यो सहरमा

४, बहरे मुतकारिब मुसम्मन् मक्बूज क पिङ्गल छन्द - मौक्तिकदाम
सूत्र - फऊलु + फऊलु + फऊलु + फऊलु
।ऽ। ।ऽ। ।ऽ। ।ऽ।
भुलेर उनीसित बात भएछ
दुवै दिलमा बरसात भएछ

५, बहरे मुतकारिब मुसम्मन् मक्बूज महजूफ
सूत्र - फऊलु + फऊलु + फऊलु + मफा
।ऽ। ।ऽ। ।ऽ। ।ऽ
जुझ्यौ दिन-रात किताबसित
कि त जोड-घटाउ हिसाबसित

६, बहरे मुतकारिब मुसम्मन् अस्लम मक्बूज
सूत्र - फैलुन् + फऊलुन् + फऊलु + फऊलुन्
ऽऽ ।ऽऽ ।ऽ। ।ऽऽ
कस्तो अनौठो भएछ सहरमा
धूवाँ र धूलो उडेछ सहरमा

७, बहरे मुतकारिब मुसम्मन् मक्बूज अस्लम
सूत्र - फऊलु + फैलुन् + फऊलु + फैलुन्
।ऽ। ऽऽ ।ऽ। ऽऽ
जहाँ छ मह्फिल् उहीँ तराना
बन्यो गजलको नयाँ जमाना

८, बहरे मुतकारिब मुसम्मन् मक्बूज ख
सूत्र - फऊलु + फऊलुन् + फऊलु + फऊलुन्
।ऽ। ।ऽऽ ।ऽ। ।ऽऽ
तिमी त मलाई लुकेर रुवायौ
दियौ अति पीडा छलेर रुवायौ

९, बहरे मुतकारिब मुसम्मन् अस्लम ख
सूत्र - फऊलुन् + फऊलुन् + फैलुन् + फऊलुन्
।ऽऽ ।ऽऽ ऽऽ ।ऽऽ
जवानी बिताई आयौ तिमी त
अझै गीत एक्लै गायौ तिमी त

१०, बहरे मुतकारिब मुसम्मन् महजूफ मुदाइफ/मक्बूज अस्लम मुदाइफ
सूत्र - मुफाइलातुन् + मुफाइलातुन् + मुफाइलातुन् + मुफाइलातुन्
।ऽ।ऽऽ ।ऽ।ऽऽ ।ऽ।ऽऽ ।ऽ।ऽऽ
विखण्डताको कुरा न सोची अखण्डताको दियो जलाऊँ
तिमी-तपाईं-म औ सबैमा समानताको दियो जलाऊँ

११, बहरे मुतकारिब मुसद्दस् महजूफ मुदाइफ/मक्बूज अस्लम मुदाइफ
सूत्र - मुफाइलातुन् + मुफाइलातुन् + मुफाइलातुन्
।ऽ।ऽऽ ।ऽ।ऽऽ ।ऽ।ऽऽ
सबै पुरानो व्यथा भुलाएछ कोइलीले
वसन्तको प्रेम-गीत गाएछ कोइलीले

१२, बहरे मुतकारिब मुसद्दस् मक्बूज अस्लम पिङ्गल छन्द - वितान
सूत्र - फऊलु + फैलुन् + फऊलुन्
।ऽ। ऽऽ ।ऽऽ
गरयौ बहाना तिमीले
भुल्यौ तराना तिमीले

१३, बहरे मुतकारिब मुरब्बा मक्बूज पिङ्गल छन्द - मालती
सूत्र - फऊलु + फऊलु
।ऽ। ।ऽ।
बजेछ नि साज
दिएँ दिल आज

!!) हरे मुतदारिकबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ऽ।ऽ को मख्बून ॥ऽ
!!) ऽ।ऽ को मक्तुअ ऽऽ
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ मुख्य बहर
॥ऽ॥ऽ॥ऽ॥ऽ — मुसम्मन् मख्बून छन्द - तोटक
ऽऽ॥ऽ॥ऽ॥ऽ मुसम्मन् मक्तुअ मख्बून छन्द - मोटनक
ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ — मुख्य बहर
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ — मुसम्मन् मक्तुअ मुदाइफ
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ मुसम्मन् मक्तुअ मुदाइफ महजूफ
छन्द - सारङ्गी

ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ मुख्य बहर
ऽऽऽऽऽऽऽऽऽऽऽऽ — मुसद्दस् मक्तुअ मुदाइफ छन्द - विद्याधर
ऽऽऽऽऽऽऽऽऽऽऽ — मुसद्दस् मक्तुअ मुदाइफ महजूफ छन्द - माला

ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ मुख्य बहर
ऽऽऽऽऽऽऽऽ — मुरब्बा मक्तुअ मुदाइफ छन्द - विद्युन्माला
ऽऽऽऽऽऽऽ मुरब्बा मक्तुअ मुदाइफ महजूफ छन्द - शीर्षरुपक

ऽ।ऽऽ।ऽ — मुख्य बहर
॥ऽ॥ऽ — मुरब्बा मख्बून छन्द - तिलका

१४, बहरे मुतदारिक मुसम्मन् मख्बून पिङ्गल छन्द - तोटक
सूत्र - फइलुन् + फइलुन् + फइलुन्+ फइलुन्
॥ऽ ॥ऽ ॥ऽ ॥ऽ
जिसकन्छ नजर अनि बन्छ गजल
दिलमा छ रहर अनि बन्छ गजल

१५, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मरब्बून पिङ्गल छन्द - मोटनक
सूत्र - फैलुन् + फइलुन् + फइलुन्+ फइलुन्
ऽऽ ॥ऽ ॥ऽ ॥ऽ
मेरो दिलकी सरकार तिमी
यो जीवनकी मझधार तिमी

१६, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मुदाइफ
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन्+ मुस्तफ्फैलुन्
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ
आकाशे माया बोकेरै आएछन् मेरो बस्तीमा
भोट्का लागी दैलो-दैलो धाएछन् मेरो बस्तीमा

१७, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मुदाइफ महजूफ पिङ्गल छन्द - सारङ्गी/लीलाखेल
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + फैलुन् + फा
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ ऽऽ ऽ
हेरेँ जब् मैले मायाले त्यो आँखाको नानीमा
पानीमा आगो लाग्यो की आगो लाग्यो पानीमा

१८, बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ पिङ्गल छन्द - विद्याधर
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन्
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ
लोभी औ स्वार्थीलाई गाल्नै बाँकी छ
सामन्ती सत्तालाई ढाल्नै बाँकी छ

१९, बहरे मुतदारिक मुसम्मन् मख्बून मुदाइफ पिङ्गल छन्द - दुर्मिला
सूत्र - मुतफाइलतुन् + मुतफाइलतुन् + मुतफाइलतुन् + मुतफाइलतुन्
॥ऽ॥ऽ ॥ऽ॥ऽ ॥ऽ॥ऽ ॥ऽ॥ऽ
मधुमास बनी नवरङ्ग भरी नव-ज्योति छर्यो यस जीवनमा
हँसिलो-रसिलो-कलिलो मनले अति प्रीत भर्यो यस जीवनमा

२०, बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ महजूफ पिङ्गल छन्द - माला
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + फैलुन् + फा
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽ
खान्छौँ पानी औ दाना यै माटोको
आऊ हे गाऊँ गाना यै माटोको

२१, बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ पिङ्गल छन्द - विद्युन्माला
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन्
ऽऽऽऽ ऽऽऽऽ
नौलो माला लाएका छौ
के को माया पाएका छौ

२२, बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ महजूफ पिङ्गल छन्द - शीर्षरुपक
सूत्र - मुस्तफ्फैलुन् + फैलुन् + फा
ऽऽऽऽ ऽऽ
आफ्नो पीडा के भन्ने
उन्कै मर्का सुन्दै छु

२३, बहरे मुतदारिक मुरब्बा मख्बून पिङ्गल छन्द - तिलका
सूत्र - फइलुन् + फइलुन्
॥ऽ ॥ऽ
अति चोट सह्यौ
तर साथ हिँड्यौ

!!!) बहरे हजजबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ।ऽऽऽ को महजूफ ।ऽऽ
!!) ।ऽऽऽ को मक्फूफ ।ऽऽ।
!!!) ।ऽऽऽ को मक्बूज ।ऽ।ऽ
!V) ।ऽऽऽ को अखरब ऽऽ।
V) ।ऽऽऽ को अस्तर ऽ।ऽ
V!) ।ऽऽऽ को अखरम ऽऽऽ
V!!) ।ऽऽऽ को अबतर
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ मुख्य बहर
ऽ।ऽ।ऽऽऽ।ऽऽ।ऽ मुसम्मन् अस्तर मक्फूफ अवतर
।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ मुसम्मन् महजूफ छन्द - दिगम्बरी
ऽऽ।।ऽऽऽऽऽ।।ऽऽऽ मुसम्मन् अखरब क
ऽऽ।ऽऽ।ऽऽ।ऽऽ। मुसम्मन् अखरब ख छन्द - सारङ
।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ मुसम्मन् मक्बूज छन्द - पाचचामर
ऽ।ऽ।ऽऽऽऽ।ऽ।ऽऽऽ मुसम्मन् अस्तर
ऽऽ।।ऽ।ऽऽऽ।।ऽ।ऽ मुसम्मन् अखरब मक्बूज
ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ मुसम्मन् अस्तर मक्बूज छन्द - चामर/तूणक
।ऽ।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ मुसम्मन् मक्बूज अस्तर
ऽ।ऽ।ऽऽऽऽ।ऽ।ऽ मुसम्मन् अस्तर महजूफ अखरब
।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ। मुसम्मन् मक्फूफ
ऽऽऽऽऽ।।ऽऽ।।ऽऽ मुसम्मन् अखरम अखरब मक्फूफ महजूफ छन्द - मत्तमयूर
।ऽऽ।ऽऽ।।ऽऽ।ऽऽ। मुसम्मन् मक्फूफ अखरब
ऽऽ।।ऽऽ।।ऽऽ।।ऽऽ मुसम्मन् अखरब मक्फूफ महजूफ क
ऽऽ।।ऽऽ।।ऽऽऽ।ऽऽ मुसम्मन् अखरब मक्फूफ महजूफ ख
ऽऽऽऽऽऽ।ऽऽ।ऽऽ मुसम्मन् अखरम महजूफ छन्द - वैश्वदेवी
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ। मुसम्मन् महजूफ मक्फूफ छन्द - कन्द
ऽऽ।।ऽऽऽऽ।।ऽऽ मुसम्मन् अखरब महजूफ छन्द - मणिमाला
ऽऽ।ऽऽ।।ऽ।ऽऽ मुसम्मन् अखरब मक्बूज अबतर छन्द - इन्द्रवज्रा
ऽऽ।ऽ।ऽऽ।ऽ।ऽऽऽ मुसम्मन् अखरब अस्तर
।ऽऽऽऽऽ।ऽऽ।ऽऽ मुसम्मन् महजूफ अखरम
ऽऽऽ।ऽ।ऽऽऽऽऽ।ऽ अखरम मक्बूज अस्तर

।ऽऽऽ।ऽऽऽ।ऽऽऽ मुख्य बहर
।ऽऽऽ।ऽऽऽ।ऽऽ मुसद्दस् महजूफ छन्द - सुमेरु
।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मक्बूज
ऽ।ऽऽऽ।ऽ।ऽ मुसद्दस् अस्तर अखरब
ऽऽऽऽ।ऽ।ऽऽ मुसद्दस् अखरम अस्तर महजूफ
ऽऽ।।ऽ।ऽ।ऽऽ मुसद्दस् अखरब मक्बूज महजूफ
।ऽऽऽ।ऽऽऽऽ।ऽ मुसद्दस् अस्तर छन्द - पीयूसवर्ष
ऽऽऽऽऽऽऽऽऽ मुसद्दस् अखरम छन्द - रुपामाली

।ऽऽऽ।ऽऽऽ मुख्य बहर
।ऽ।ऽ।ऽ।ऽ मुरब्बा मक्बूज छन्द -प्रमाणिका
ऽऽऽ।ऽ।ऽ मुरब्बा अखरम मक्बूज
ऽऽऽऽऽऽ मुरब्बा अखरम छन्द - विद्युल्लेखा
ऽऽ।।ऽऽ मुरब्बा अखरब महजूफ छन्द - तनुमध्या
ऽऽ।ऽऽ। मुरब्बा अखरब छन्द - मन्थान
।ऽऽऽ।ऽऽ मुरब्बा महजूफ
ऽ।ऽ।ऽऽऽ मुरब्बा अस्तर
ऽ।ऽ।ऽ।ऽ मुरब्बा अस्तर मक्बूज

२४, बहरे हजज मुसम्मन् अस्तर मक्फूफ अबतर
सूत्र - फाइलुन् + मफाईलुन् + मफाईलु + फा
ऽ।ऽ ।ऽऽऽ ।ऽऽ । ऽऽ
मीतको सहरमा गीत गाई रहेँ
प्रीतको लहरमा गीत गाई रहेँ । - हुसैन खाँ

२५, बहरे हजज मुसम्मन् महजूफ पिङ्गल छन्द - दिगम्बरी
सूत्र - मफाईलुन् + मफाईलुन् + मफाईलुन् + फऊलुन्
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ ।ऽऽ
पखालेँ पीर यो दिलको म तिम्रो यो सहरमा
जलाएँ दीप मायाको म तिम्रो यो डहरमा । - हुसैन खाँ

२६, बहरे हजज मुसम्मन् अखरब क
सूत्र - मफ्ऊलु + मफाईलुन् + मफ्ऊलु + मफाईलुन्
ऽऽ। ।ऽऽऽ ऽऽ। ।ऽऽऽ
बुझिन्छ व्यथा जस्को त्यो प्रीत भएको छु
आकाश तरी झर्ने त्यो शीत भएको छु। - हुसैन खाँ

२७, बहरे हजज मुसम्मन् अखरब ख पिङ्गल छन्द - सारङ
सूत्र - मफ्ऊलु + मफ्ऊलु + मफ्ऊलु + मफ्ऊलु
ऽऽ। ऽऽ। ऽऽ। ऽऽ।
यो जिन्दगी दाउमा राख्न आएछु
माया तिमीसङ्ग नै साट्न आएछु । - हुसैन खाँ

२८, बहरे हजज मुसम्मन् मक्बूज पिङ्गल छन्द - पाचचामर
सूत्र - मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन्
।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ
अर्धममा खुँखार नै मनुष्य भै सक्यो यहाँ
मनुष्यको सिकार नै मनुष्य भै सक्यो यहाँ। - पल्लव साहित्यिक पत्रिका- १३

२९, बहरे हजज मुसम्मन् अस्तर
सूत्र - फाइलुन् + मफाईलुन् + फाइलुन् + मफाईलुन्
ऽ।ऽ ।ऽऽऽ ऽ।ऽ ।ऽऽऽ
पीर औ व्यथा मेरो सुक्खमा भुलाएछौ
निष्ठुरी भएकी छौ प्रेम नै जलाएछौ । - हुसैन खाँ

३०, बहरे हजज मुसम्मन् अखरब मक्बूज
सूत्र - मफ्ऊलु + मुफाइलुन् + मफ्ऊलु + मफाइलुन्
ऽऽ। ।ऽ।ऽ ऽऽ। ।ऽ।ऽ
बग्छन् जब आँसु आँखाबाट ‘ हुसैन’ का
पीडा र व्यथा सबै सोरेर बगाउछन् । - पल्लव साहित्यिक पत्रिका- १३

३१, बहरे हजज मुसम्मन् अस्तर मक्बूज पिङ्गल छन्द - चामर/तूणक
सूत्र - फाइलुन् + मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन्
ऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ
मस्त नै छ कोइली वसन्तको बहारमा
प्रीत बन्धकी पर्यो म पो परेँ उधारमा । - पल्लव साहित्यिक पत्रिका- १३

३२, बहरे हजज मुसम्मन् मक्बूज अस्तर
सूत्र - मुफाइलुन् + फाइलुन् + मुफाइलुन् + फाइलुन्
।ऽ।ऽ ऽ।ऽ ।ऽ।ऽ ऽ।ऽ
बग्यो सुगन्धी बतास शान्तिको नाममा
चलाउँ हे पाखुरा विकासको काममा । - पल्लव साहित्यिक पत्रिका- १३

३३, बहरे हजज मुसम्मन् अस्तर महजूफ अखरब
सूत्र - फाइलुन् + फऊलुन् + मफ्ऊलु + फाइलुन्
ऽ।ऽ ।ऽऽ ऽऽ। ऽ।ऽ
पीर औ व्यथाको खोला तरौँ पृया
यो स्वदेशलाई माया गरौँ पृया । - पल्लव साहित्यिक पत्रिका- १३

३४, बहरे हजज मुसम्मन् मक्फूफ
सूत्र - मफाईलुन् + मफाईलुन् + मफाईलुन् + मफाईलु
।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ।
बडो जुल्मी जमाना यो दुखाई दिल बसेको छु
बगाई आँसुको धारा रुझाई दिल बसेको छु । - हुसैन खाँ

३५, बहरे हजज मुसम्मन् अखरम अखरब मक्फूफ महजूफ
पिङ्गल छन्द - मत्तमयूरी
सूत्र - मफ्ऊलुन् + मफ्ऊलु + मफाईलु + फऊलुन्
ऽऽऽ ऽऽ। ।ऽऽ। ।ऽऽ
लोभीको संसार डुल्यौ आज तिमीले
मेरो माया-प्रेम भुल्यौ आज तिमीले । - हुसैन खाँ

३६, बहरे हजज मुसम्मन् मक्फूफ अखरब
सूत्र - मफाईलु + मफ्ऊलु + मफाईलु + मफ्ऊलु
।ऽऽ। ऽऽ। ।ऽऽ। ऽऽ।
पुरानो कहानी म भुलाएर आएछु
र तिम्रै बनी बस्छु म ठानेर आएछु । - हुसैन खाँ

३७, बहरे हजज मुसम्मन् अखरब मक्फूफ महजूफ क
सूत्र - मफ्ऊलु + मफाईलु + मफाईलु + फऊलुन्
ऽऽ। ।ऽऽ। ।ऽऽ। ।ऽऽ
संसार अनौठो छ र सर्कार कहाँ छ
हत्या अनि िहंसा छ यहाँ प्यार कहाँ छ - गोर्खेसाइँलो
३८, बहरे हजज मुसम्मन् अखरब मक्फूफ महजूफ ख
सूत्र - मफ्ऊलु + मफाईलु + मफाईलुन् + फऊलुन्
ऽऽ। ।ऽऽ। ।ऽऽऽ ।ऽऽ
संसार छ जाली म कहानी के सुनाऊँ
यो रात छ काली म कहानी के सुनाऊँ । - हुसैन खाँ

३९, बहरे हजज मुसम्मन् अखरम महजूफ पिङ्गल छन्द - वैश्वदेवी
सूत्र - मफ्ऊलुन् + मफ्ऊलुन् + फऊलुन् + फऊलुन्
ऽऽऽ ऽऽऽ ।ऽऽ ।ऽऽ
अर्कैको दोस्ती भै डुलेछौ तिमीता
मेरो माया मारी भुलेछौ तिमीता । - गोर्खेसाइँलो

४०, बहरे हजज मुसम्मन् महजूफ मक्फूफ पिङ्गल छन्द - कन्द
सूत्र - फऊलुन् + फऊलुन् + फऊलुन् + मफाईलु
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ।
सबै दुःख-पीडा भुलाई बसेको छु
तिमीसँग माया लगाई बसेको छु । - पल्लव साहित्यिक पत्रिका- १३

४१, बहरे हजज मुसम्मन् अखरब महजूफ पिङ्गल छन्द - मणिमाला
सूत्र - मफ्ऊलु + फऊलुन् + मफ्ऊलु + फऊलुन्
ऽऽ। ।ऽऽ ऽऽ। ।ऽऽ
संसार छ जाली संसार भुलाऊँ
आऊ र बसौँ नौलो रीत चलाऊँ । - पल्लव साहित्यिक पत्रिका- १३

४२, बहरे हजज मुसम्मन् अखरब मक्बूज अबतर पिङ्गल छन्द - इन्द्रवज्रा
सूत्र - मफ्ऊलु + मफ्ऊलु + मुफाइलुन् + फा
ऽऽ। ऽऽ। ।ऽ।ऽ
आकाश धर्ती जगतै रिझाएँ
यै मृत्तिकामा नव-प्रीत लाएँ । - पल्लव साहित्यिक पत्रिका- १३

४३, बहरे हजज मुसम्मन् अखरब अस्तर
सूत्र - मफ्ऊलु + फाइलुन् + फाइलुन् + मफाईलुन्
ऽऽ। ऽ।ऽ ऽ।ऽ ।ऽऽऽ
संसारको उकाली चढ्यौ तिमी आफै
छाडेर प्रेम-माया सर्यौ तिमी आफै । - पल्लव साहित्यिक पत्रिका- १३

४४, बहरे हजज मुसम्मन् महजूफ अखरम
सूत्र - मफाईलुन् + मुस्तफ्इलुन् + फाइलातुन्
।ऽऽऽ ऽऽ।ऽ ऽ।ऽऽ
बिहानीमा एक्लै हँसायौ तिमीले
म खोज्दैथेँ बाटो बतायौ तिमीले । - पल्लव साहित्यिक पत्रिका- १३

४५, बहरे हजज मुसम्मन् अखरम मक्बूज अस्तर
सूत्र - मफ्ऊलातु + फाइलातुन् + मफ्ऊलातु + फा
ऽऽऽ। ऽ।ऽऽ ऽऽऽ।
गीता औ कुरानमा चल्दा पो जिन्दगी
मायाको बहारमा बग्दा पो जिन्दगी । - पल्लव साहित्यिक पत्रिका- १३

४६, बहरे हजज मुसद्दस् महजूफ पिङ्गल छन्द - सुमेरु
सूत्र - मफाईलुन् + मफाईलुन् + फऊलुन्
।ऽऽऽ ।ऽऽऽ ।ऽऽ
नमुना-१, हुरीले पात हल्लाएछ आज
सुगन्धी वासना आएछ आज । - पल्लव साहित्यिक पत्रिका- १३

नमुना-२ सियासत की लडाई चल रही है
रियासत आज सारी जल रही है । - पल्लव साहित्यिक पत्रिका- १३

४७, बहरे हजज मुसद्दस् मक्बूज
सूत्र - मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन्
।ऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ
प्रभा बनी म विश्व नै जगाउँछु
उनीसँगै म प्रेम गीत गाउँछु । - गोर्खेसाइँलो

४८, बहरे हजज मुसद्दस् अस्तर अखरब
सूत्र - फाइलुन् + मफ्ऊलु + फाइलुन्
ऽ।ऽ ऽऽ। ऽ।ऽ
ईशसँगै प्रीत गर्नु छ
यो जमाना छाडि मर्नु छ । - हुसैन खाँ

४९, बहरे हजज मुसद्दस् अखरम अस्तर महजूफ
सूत्र - मफ्ऊलुन् + फाइलुन् + फऊलुन्
ऽऽऽ ऽ।ऽ ।ऽऽ
खै ! कस्को लोभमा भुलेछौ
माया छाडेर नै हिँडेछौ । - हुसैन खाँ

५०, बहरे हजज मुसद्दस् अखरब मक्बूज महजूफ
सूत्र - मफ्ऊलु + मुफाइलुन् + फऊलुन्
ऽऽ। ।ऽ।ऽ ।ऽऽ
पीडा दिलमा खपेछु मैले
विश्वास अझै गरेछु मैले । - हुसैन खाँ

५१, बहरे हजज मुसद्दस् अस्तर पिङ्गल छन्द - पीयूसवर्ष
सूत्र - मफाईलुन् + मफाईलुन् + फाइलुन्
।ऽऽऽ ।ऽऽऽ ऽ।ऽ
नबूझेरै चलाए आरा यहाँ
तिमीसँगै लगाए नारा यहाँ । - गोर्खेसाइँलो

५२, बहरे हजज मुसद्दस् अखरम पिङ्गल छन्द - रुपामाली
सूत्र - मफ्ऊलुन् + मफ्ऊलुन् + मफ्ऊलुन्
ऽऽऽ ऽऽऽ ऽऽऽ
प्यूँदै प्याला गाएछन् हाँस्दै
माया बोकी आएछन् हाँस्दै । - हुसैन खाँ

५३, बहरे हजज मुरब्बा मक्बूज पिङ्गल छन्द - प्रमाणिका
सूत्र - मुफाइलुन् + मुफाइलुन्
।ऽ।ऽ ।ऽ।ऽ
स्वदेशभित्र बग्छु म
नवीन सृष्टि गर्छु म । - हुसैन खाँ

५४, बहरे हजज मुरब्बा अखरम मक्बूज
सूत्र - मफ्ऊलातु + फाइलुन्
ऽऽऽ। ऽ।ऽ
आशामा भुलेछु म
पासोमा परेछु म । - हुसैन खाँ

५५, बहरे हजज मुरब्बा अखरम पिङ्गल छन्द - विद्युल्लेखा
सूत्र - मफ्ऊलुन् + मफ्ऊलुन्
ऽऽऽ ऽऽऽ
निर्मोही आएछन्
एक्लै मुस्काएछन् । - हुसैन खाँ

५६, बहरे हजज मुरब्बा अखरब महजूफ पिङ्गल छन्द - तनुमध्या
सूत्र - मफ्ऊलु + फऊलुन्
ऽऽ। ।ऽऽ
मुस्कान उठायौ
मद्होश बनायौ । - हुसैन खाँ

५७, बहरे हजज मुरब्बा अखरब पिङ्गल छन्द - मन्थान
सूत्र - मफ्ऊलु + मफ्ऊलु
ऽऽ। ऽऽ।
ईस्यॉ भुले हुन्छ
माया गरे हुन्छ । - हुसैन खाँ

५८, बहरे हजज मुरब्बा महजूफ
सूत्र - मफाईलुन् + फऊलुन्
।ऽऽऽ ।ऽऽ
बिहानीमा झुलेँ म
तिमीसङ्गै भुलेँ म । - पल्लव साहित्यिक पत्रिका- १३

५९, बहरे हजज मुरब्बा अस्तर
सूत्र - फाइलुन् + मफाईलुन्
ऽ।ऽ ।ऽऽऽ
चाँदनी रिसाएछिन्
प्रेम नै जलाएछिन् । - पल्लव साहित्यिक पत्रिका- १३

६०, बहरे हजज मुरब्बा अस्तर मक्बूज
सूत्र - फाइलुन् + मुफाइलुन्
ऽ।ऽ ।ऽ।ऽ
डाह नै गरे उनी
अन्त नै सरे उनी । - पल्लव साहित्यिक पत्रिका- १३

!V) बहरे रमलबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ऽ।ऽऽ को महजूफ ऽ।ऽ
!!) ऽ।ऽऽ को मख्बून ॥ऽऽ
!!!) ऽ।ऽऽ को मक्फूफ ऽ।ऽ।
!V) ऽ।ऽऽ को मशकूल ॥ऽ।
V) ।ऽऽ को मक्तुअ ऽऽ
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ मुख्य बहर
ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽ मुसम्मन् महजूफ छन्द - मेनका/गीतिका
ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽऽ मुसम्मन् मक्तुअ
ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ मुसम्मन् महजूफ मक्तुअ क
ऽ।ऽऽ।ऽऽऽऽऽ मुसम्मन् महजूफ मक्तुअ ख
ऽ।ऽऽ॥ऽऽऽ।ऽऽऽ मुसम्मन् मख्बून महजूफ मक्तुअ
ऽ।ऽऽऽ।ऽऽ॥ऽऽऽ।ऽ मुसम्मन् मख्बून महजूफ
ऽ।ऽऽऽ।ऽऽ॥ऽऽऽऽ मुसम्मन् मख्बून मक्तुअ क
ऽ।ऽऽ॥ऽऽ॥ऽऽऽऽ मुसम्मन् मख्बून मक्तुअ ख
ऽ।ऽ।॥ऽऽ॥ऽऽऽऽ मुसम्मन् मक्फूफ मख्बून मक्तुअ
ऽ।ऽ।ऽ।ऽऽ।ऽ।ऽ।ऽ मुसम्मन् मक्फूफ महजूफ छन्द - माजुला
ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ। मुसम्मन् मक्फूफ छन्द - चाचला
॥ऽ।ऽ।ऽऽ॥ऽ।ऽ।ऽऽ मुसम्मन् मशकूल
ऽऽऽऽ॥ऽ।ऽऽ मुसम्मन् मक्तुअ मशकूल
ऽ।ऽ।ऽऽऽ।ऽ।ऽऽ मुसम्मन् मक्फूफ मक्तुअ

ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ मुख्य बहर
ऽ।ऽऽऽ।ऽऽऽ।ऽ। मुसद्दस् मक्फूफ
ऽ।ऽऽऽ।ऽऽऽ।ऽ मुसद्दस् महजूफ
ऽ।ऽऽ॥ऽऽऽऽ मुसद्दस् मख्बून मक्तुअ
ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मक्फूफ महजूफ छन्द - श्येनिका
ऽ।ऽ।॥ऽ।ऽ।ऽ मुसद्दस् मक्फूफ मशकूल महजूफ छन्द - रथोद्धता
ऽ।ऽ।ऽ।ऽ।ऽऽ मुसद्दस् मक्फूफ मक्तुअ छन्द - मयूरसारिणी

ऽ।ऽऽऽ।ऽऽ मुख्य बहर
ऽ।ऽऽऽ।ऽ मुरब्बा महजूफ छन्द - मालिका
ऽ।ऽ।ऽ।ऽ मुरब्बा मक्फूफ महजूफ छन्द - समानिका

६१, बहरे रमल मुसम्मन् महजूफ पिङ्गल छन्द - मेनका/गीतिका
सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फाइलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽ
नमुना-१, मृत्युको छाया डुलेको रै’छ मेरो गाउँमा
बम् र गोला ली हिँडेको रै’छ मेरो गाउँमा । - पल्लव साहित्यिक पत्रिका- १३

नमुना-२, होशियारी कर ‘हुसैन’ वक्तको जाया न कर
काफिरी मेँ ही चली जाएगी सारी जिन्दगी । - पल्लव साहित्यिक पत्रिका- १३

६२, बहरे रमल मुसम्मन् मक्तुअ
सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फैलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽऽ
शून्यजस्तै भैसकेको जिन्दगानी मेरो
बुझ्न छाड्यो यो जमानाले कहानी मेरो । - हुसैन खाँ

६३, बहरे रमल मुसम्मन् महजूफ मक्तुअ क
सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फा
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
तारा मुस्केको जुनेली रात आएछ
प्रेम गर्ने हर्षको बसा्रत आएछ । - हुसैन खाँ

६४, बहरे रमल मुसम्मन् महजूफ मक्तुअ ख
सूत्र - फाइलातुन् + मफाईलुन् + फैलुन्
ऽ।ऽऽ ।ऽऽऽ ऽऽ
रातसँगै बिहानी बाँकी छ
भन्नु पर्ने कहानी बाँकी छ । - हुसैन खाँ

६५, बहरे रमल मुसम्मन् मख्बून महजूफ मक्तुअ
सूत्र - फाइलातुन् + फिइलातुन् + फाइलातुन् + फा
ऽ।ऽऽ ॥ऽऽ ऽ।ऽऽ
गाउँदै गीत तिनी त्यै प्रेम-मायाको
मुस्कुराएर जुनेली रातमा आए । - हुसैन खाँ

६६, बहरे रमल मुसम्मन् मख्बून महजूफ
सूत्र - फाइलातुन् + फाइलातुन् + फिइलातुन् + फाइलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ॥ऽऽ ऽ।ऽ
अल्झिएछन् फेरि नेताहरू मायाजालमा
युद्धको पीडा अझै बढ्छ यही नेपालमा । - हुसैन खाँ

६७, बहरे रमल मुसम्मन् मख्बून मक्तुअ क
सूत्र - फाइलातुन् + फाइलातुन् + फिइलातुन् + फैलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ॥ऽऽ ऽऽ
फूलको थुङ्गा उनी हार बनाएँ मैले
खै ! कता भागे उनी चाल न पाएँ मैले । - हुसैन खाँ

६८, बहरे रमल मुसम्मन् मख्बून मक्तुअ ख
सूत्र - फाइलातुन् + फिइलातुन् + फिइलातुन् + फैलुन्
ऽ।ऽऽ ॥ऽऽ ॥ऽऽ ऽऽ
आजभोली जलधारा हिउँझैँ जम्दैछ
देशको दुःख र पीडा दिलमा गम्दैछ । - हुसैन खाँ

६९, बहरे रमल मुसम्मन् मक्फूफ मख्बून मक्तुअ
सूत्र - फाइलातु + फिइलातुन् + फिइलातुन् + फैलुन्
ऽ।ऽ। ॥ऽऽ ॥ऽऽ ऽऽ
याद गर्छु म सधैँ शान्त बिहानीलाई
सुम्पिएछु दिल यो प्रेम कहानीलाई । । - पल्लव साहित्यिक पत्रिका- १३

७०, बहरे रमल मुसम्मन् मक्फूफ महजूफ पिङ्गल छन्द - माजुला
सूत्र - फाइलातु + फाइलुन् + फाइलातु + फाइलुन्
ऽ।ऽ। ऽ।ऽ ऽ।ऽ। ऽ।ऽ
कोइली वसन्तको गीत नै भुली सक्यो ।
प्रेम के गरौँ र खै ! मार्ग नै थुनी सक्यो । - हुसैन खाँ

७१। बहरे रमल मुसम्मन् मक्फूफ पिङ्गल छन्द - चाचला
सूत्र - फाइलातु + फाइलातु + फाइलातु + फाइलातु
ऽ।ऽ। ऽ।ऽ। ऽ।ऽ। ऽ।ऽ।
जे हुने भई सक्यो र भूल एउटा भएछ
प्रेमले पखालिने उपाय एउटा रहेछ । - पल्लव साहित्यिक पत्रिका- १३

७२, बहरे रमल मुसम्मन् मशकूल
सूत्र - फिइलातु + फाइलातुन् + फिइलातु + फाइलातुन्
॥ऽ। ऽ।ऽऽ ॥ऽ। ऽ।ऽऽ
दिलमा बहार आयो दिलदार देखिएन
जनता सघाइ हिँड्ने सरकार देखिएन । - पल्लव साहित्यिक पत्रिका- १३

७३, बहरे रमल मुसम्मन् मक्तुअ मशकूल
सूत्र - मुस्तफ्फैलुन + फिइलातु + फैलुन्
ऽऽऽऽ ॥ऽ। ऽऽ
माटो नै हो अखिलेश मेरो
धर्तीकै नन्दन देश मेरो । - पल्लव साहित्यिक पत्रिका- १३

७४, बहरे रमल मुसम्मन् मक्फूफ मक्तुअ
सूत्र - फाइलातु + फैलुन् + फाइलातु + फैलुन्
ऽ।ऽ। ऽऽ ऽ।ऽ। ऽऽ
एक रात मीठो बातमा भुलायौ
झन् उठेर भाग्यौ प्रातमा भुलायौ । - पल्लव साहित्यिक पत्रिका- १३

७५, बहरे रमल मुसद्दस् मक्फूफ
सूत्र - फाइलातुन् + फाइलातुन् + फिइलातु
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽ।
दुःख पीडाको बिहानी याद हुन्छ
भित्र मायाको कहानी याद हुन्छ । - गोर्खेसाइँलो

७६, बहरे रमल मुसद्दस् महजूफ
सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽ
नमुना-१, गाउँ-बस्तीमा छ चर्चा यारको
हल्लिएछन् पात मेरो प्यारको । - हुसैन खाँ

नमुना-२, इस जहाँ का ताज है नेपाल ये
हर दिलोँ का साज है नेपाल ये । - हुसैन खाँ

७७, बहरे रमल मुसद्दस् मख्बून मक्तुअ
सूत्र - फाइलातुन् + फिइलातुन् + फैलुन्
ऽ।ऽऽ ॥ऽऽ ऽऽ
शान्तिका दीप जलाए आज
बागमा फूल रमाए आज । - हुसैन खाँ

७८, बहरे रमल मुसद्दस् मक्फूफ महजूफ पिङ्गल छन्द - श्येनिका
सूत्र - फाइलातु + फाइलातु + फाइलुन्
ऽ।ऽ। ऽ।ऽ। ऽ।ऽ
बागमा वसन्तको बहार छ
नीदमा त मस्त आज यार छ । - हुसैन खाँ

७९, बहरे रमल मुसद्दस् मक्फूफ मशकूल महजूफ पिङ्गल छन्द - रथोद्धता
सूत्र - फाइलातु + फिइलातु + फाइलुन्
ऽ।ऽ। ॥ऽ। ऽ।ऽ
हुन्छ झेल त नि राजनीतिमा
देखिएन तर प्रेम प्रीतिमा । - हुसैन खाँ

८०, बहरे रमल मुसद्दस् मक्फूफ मक्तुअ पिङ्गल छन्द - मयूरसारिणी
सूत्र - फाइलातु + फाइलातु + फैलुन्
ऽ।ऽ। ऽ।ऽ। ऽऽ
पीर औ व्यथा भनेर आएँ
प्रेमको कुरा गरेर आएँ । - गोर्खेसाइँलो

८१, बहरे रमल मुरब्बा महजूफ पिङ्गल छन्द - मालिका
सूत्र - फाइलातुन् + फाइलुन्
ऽ।ऽऽ ऽ।ऽ
प्रेमको बर्षातमा
हर्ष पाएँ साथमा - गोर्खेसाइँलो

८२, बहरे रमल मुरब्बा मक्फूफ महजूफ पिङ्गल छन्द - समानिका
सूत्र - फाइलातु + फाइलुन्
ऽ।ऽ। ऽ।ऽ
वासना छरयो तिमी
यो दिलै हरयो तिमी । - हुसैन खाँ

खबहरे रजजबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ऽऽ।ऽ को मख्बून ।ऽ।ऽ
!!) ऽऽ।ऽ को मक्फूफ ऽऽ॥
!!!) ऽऽ।ऽ को मुतव्वी ऽ॥ऽ
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
ऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽ मुख्य बहर
।ऽ।ऽऽ॥ऽ।ऽ।ऽऽ॥ऽ मुसम्मन् मख्बून मतव्वी
ऽऽ।ऽ।ऽ।ऽ।ऽ।ऽऽऽ।ऽ मुसम्मन् मुरव्बून
ऽऽ॥ऽऽ।ऽऽऽ॥ऽऽ।ऽ मुसम्मन् मक्फूफ
ऽ॥ऽऽऽ।ऽऽ॥ऽऽऽ।ऽ मुसम्मन् मुतव्वी
ऽ॥ऽ।ऽ।ऽऽ॥ऽ।ऽ।ऽ मुसम्मन् मुतव्वी मख्बून

ऽऽ।ऽऽऽ।ऽऽऽ।ऽ मुख्य बहर
ऽ॥ऽ।ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मुतव्वी मख्बून क
ऽऽ।ऽऽ॥ऽ।ऽ।ऽ मुसद्दस् मुतव्वी मख्बून ख इन्द्रवंशा
।ऽ।ऽऽ॥ऽ।ऽ।ऽ मुसद्दस् मख्बून मुतव्वी वंशस्थ
ऽऽ।ऽऽऽ।ऽ मुख्य बहर
ऽ॥ऽऽ॥ऽ मुरव्बा मुतव्वी छन्द - माणवक
ऽऽ।ऽ।ऽ।ऽ मुरब्बा मख्बून क
।ऽ।ऽ।ऽ।ऽ मुरब्बा मरव्वून ख
ऽ॥ऽ।ऽ।ऽ मुरब्बा मुतव्वी मख्बून

८३। बहरे रजज मुसम्मन् मख्बून मुतव्वी
सूत्र - मुफाइलुन् + मुफ्तइलुन् + मुफाइलुन् + मुफ्तइलुन्
।ऽ।ऽ ऽ॥ऽ ।ऽ।ऽ ऽ॥ऽ
हिमाल-पाहाड-मधेश भाग हुन् यो दिलका
हुसैनलाई न दुखाउ हे जमाना यसरी । -हुसैन खाँ

८४, बहरे रजज मुसम्मन् मख्बून
सूत्र - मुस्तफ्इलुन् + मुफाइलुन् + मुफाइलुन् + मुस्तफ्इलुन्
ऽऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ ऽऽ।ऽ
संसारका कुना-कुना डुलेर आएछन् उनी
मायालु जिन्दगी कतै भुलेर आएछन् उनी । -हुसैन खाँ

८५। बहरे रजज मुसम्मन् मक्फूफ
सूत्र - मुस्तफ्इलु + मुस्तफ्इलुन् + मुस्तफ्इलु + मुस्तफ्इलुन्
ऽऽ॥ ऽऽ।ऽ ऽऽ॥ ऽऽ।ऽ
सत्ता अनि भत्ता लिने सर्कार बनाए यहाँ
सामन्त र लोभीहरू नेपाल जलाए यहाँ । - गोर्खेसाइँलो

८६। बहरे रजज मुसम्मन् मुतव्वी
सूत्र - मुफ्तइलुन् + मुस्तफ्इलुन् + मुफ्तइलुन् + मुस्तफ्इलुन्
ऽ॥ऽ ऽऽ।ऽ ऽ॥ऽ ऽऽ।ऽ
आज यहाँ यो प्रीतको दीप जलाएछौ तिमी
भोट लिने निक्कै नयाँ रीत चलाएछौ तिमी । -हुसैन खाँ

८७, बहरे रजज मुसम्मन् मुतव्वी मख्बून
सूत्र - मुफ्तइलुन् + मुफाइलुन् + मुफ्तइलुन् + मुफाइलुन्
ऽ॥ऽ ।ऽ।ऽ ऽ॥ऽ ।ऽ।ऽ
यो दिलमा बहारका फूलहरू सुकी सके
पीर-व्यथा बढ्यो सधैँ सुक्खहरू बगी सके । - पल्लव साहित्यिक पत्रिका- १३

८८, बहरे रजज मुसद्दस् मुतव्वी मख्बून क
सूत्र - मुफ्तइलुन् + मुफाइलुन् + मुफाइलुन्
ऽ॥ऽ ।ऽ।ऽ ।ऽ।ऽ
पीर-व्यथाहरू भुलेछ आज त्यो
गाउँ-सहर सबै डुलेछ आज त्यो । - पल्लव साहित्यिक पत्रिका- १३

८९, बहरे मुसद्दस् मुतव्वी मख्बून ख पिङ्गल छन्द - इन्द्रवंशा
सूत्र - मुस्तफ्इलुन् + मुफ्तइलुन् + मुफाइलुन्
ऽऽ।ऽ ऽ॥ऽ ।ऽ।ऽ
सामन्तले घात गरेर लूट्दछन्
आनन्द-उल्लास जमेर लूट्दछन् । - पल्लव साहित्यिक पत्रिका- १३

९०, बहरे रजज मुसद्दस् मख्बून मुतव्वी पिङ्गल छन्द - वंशस्थ
सूत्र - मुफाइलुन् + मुफ्तइलुन् + मुफाइलुन्
।ऽ।ऽ ऽ॥ऽ ।ऽ।ऽ
बनेर बत्ती हर साँझ बल्दछु
सुवास छर्दै दिल माझ बस्दछु । - गोर्खेसाइँलो

९१, बहरे रजज मुरब्बा मुतव्वी पिङ्गल छन्द - माणवक
सूत्र - मुफ्तइलुन् + मुफ्तइलुन्
ऽ॥ऽ ऽ॥ऽ
मानिसको आँगनमा
प्रेम ठुलो जीवनमा । - पल्लव साहित्यिक पत्रिका- १३
९२, बहरे रजज मुरब्बा मख्बून क
सूत्र - मुस्तफ्इलुन् + मुफाइलुन्
ऽऽ।ऽ ।ऽ।ऽ
बोली-वचन् र भेषको
रक्षा गरौँ स्वदेशको । - पल्लव साहित्यिक पत्रिका- १३

९३, बहरे रजज मुरब्बा मख्बून ख
सूत्र - मुफाइलुन् + मुफाइलुन्
।ऽ।ऽ ।ऽ।ऽ
वसन्तको बहारमा
खुसी बढेछ यारमा । - हुसैन खाँ

९४, बहरे रजज मुरब्बा मुतव्वी मख्बून
सूत्र - मुफ्तइलुन् + मुफाइलुन्
ऽ॥ऽ ।ऽ।ऽ
देश अझै जल्यो यहाँ
पीर-व्यथा बढ्यो यहाँ । - पल्लव साहित्यिक पत्रिका- १३

ख, मुरक्कब बहरबाट बनेका मुजाहिफ बहरहरू
नियम बाँकी जिहाफ
!) ऽऽऽ। को मुतव्वी ऽ।ऽ।
!!) ऽऽऽ। को मारफो ऽ।ऽ
!!!) ऽऽऽ। को मन्हूर
!V) ऽ।ऽऽ को मक्सूर ॥ऽ
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
ऽ।ऽऽऽऽ।ऽऽ।ऽऽ बहरे खफीफ मुख्य बहर
ऽ।ऽऽ।ऽ।ऽऽ।ऽऽ मुसद्दस् मख्बून क
॥ऽऽ।ऽ।ऽ॥ऽऽ मुसद्दस् मख्बून ख
ऽ।ऽऽ।ऽ।ऽऽऽ मुसद्दस् मख्बून मक्तुअ
॥ऽऽ।ऽ।ऽ॥ऽ। मुसद्दस् मख्बून मशकूल
ऽ।ऽऽऽ॥ऽऽऽ मुतव्वी मक्तुअ
ऽऽऽऽ॥॥ऽऽ मक्तुअ मक्फूफ मख्बून छन्द - मत्ता

ऽऽ।ऽऽऽऽ।ऽऽ।ऽऽऽऽ। बहरे मुन्सरेह मुख्य बहर
ऽ॥ऽऽ।ऽ।ऽ॥ऽऽ।ऽ। मुसम्मन् मुतव्वी
ऽ॥ऽऽ।ऽऽ॥ऽऽ।ऽ मुसम्मन् मुतव्वी मारफो
ऽ॥ऽऽऽऽ।ऽ॥ऽऽ मुसम्मन् मुतव्वी मन्हूर क
ऽ॥ऽऽऽ॥ऽऽ मुसम्मन् मुतव्वी मन्हूर ख छन्द - चम्पकमाला
ऽ॥ऽऽऽ॥ऽऽ ह् २ मुतव्वी मन्हूर मुदाइफ
ऽ॥ऽऽ।ऽ।ऽ॥ऽऽ मुसम्मन् मुतव्वी मन्हूर ग

।ऽऽऽऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ बहरे मुजारे मुख्य बहर
।ऽऽ।ऽ।ऽ।।ऽऽ।ऽ।ऽ। मुसम्मन् मक्फूफ
।ऽऽऽ॥ऽऽ।ऽऽऽ॥ऽऽ मुसम्मन् मख्बून
ऽऽ।ऽ।ऽऽऽऽ।ऽ।ऽऽ मुसम्मन् अखरब छन्द - दिक्पाल
ऽऽ।ऽ।ऽ।।ऽऽ।ऽ।ऽ मुसम्मन् अखरब मक्फूफ महजूफ
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽऽऽ मुसम्मन् मक्बूज मख्बून मक्तुअ
ऽऽऽऽऽ।ऽऽ।ऽऽ मुसम्मन् अखरम मक्तुअ मक्फूफ छन्द - शालिनी
ऽऽ।ऽऽऽऽ।ऽऽ मुसम्मन् अखरब मक्तुअ

ऽऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ।ऽऽ बहरे मुज्तस मुख्य बहर
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽ॥ऽऽ मुसम्मन् मख्बून
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽऽऽ मुसम्मन् मख्बून मक्तुअ
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽ॥ऽ मुसम्मन् मख्बून मक्सूर
ऽ॥ऽऽऽऽ॥ऽऽऽ मुसम्मन् मुतव्वी मक्तुअ

ऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ बहरे असम मुख्य बहर
ऽ।ऽ।ऽऽ।ऽ।ऽ मुसद्दस् महजूफ मक्फूफ छन्द - दु्रता
॥ऽ।ऽऽ।ऽ।ऽ मुसद्दस् मशकूल अखरब महजूफ
ऽ।ऽऽ।ऽ।ऽऽ।ऽ मुसद्दस् मक्बूज महजूफ

।ऽऽऽ।ऽऽऽऽ।ऽऽ बहरे करीब मुख्य बहर
।ऽऽ।।ऽऽ।ऽ।ऽ। मुसद्दस् मक्फूफ
।ऽऽऽ।ऽऽऽ॥ऽऽ मुसद्दस् मख्बून
।ऽऽऽ।ऽऽऽ।ऽऽ मुसद्दस् महजूफ

ऽऽऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ।ऽ बहरे मुक्तजिब मुख्य बहर
ऽ।ऽ।ऽ॥ऽऽ।ऽ।ऽ॥ऽ मुसम्मन् मुतव्वी

ऽ।ऽऽ।ऽऽऽ।ऽऽऽ बहरे मुशाकिल मुख्य बहर
ऽ।ऽ।।ऽऽ।।ऽऽ। मुसद्दस् मक्फूफ
ऽ।ऽऽ।ऽ।ऽ मुसद्दस् महजूफ अबतर मक्बूज

ऽऽ।ऽऽऽ।ऽऽऽऽ। बहरे सरीअ मुख्य बहर
ऽ॥ऽऽ॥ऽऽ।ऽ। मुसद्दस् मुतव्वी
ऽ॥ऽऽ॥ऽऽ।ऽ मुसद्दस् मुतव्वी मारफो

।ऽऽ।ऽऽऽ।ऽऽ।ऽऽऽ बहरे तवील मुख्य बहर
।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ।ऽ मुसम्मन् मक्बूज
।ऽ।ऽऽ।।ऽ।ऽऽ मुसम्मन् मक्बूज अखरब महजूफ छन्द - उपेन्द्रवज्रा
ऽऽऽऽ।।ऽऽ।ऽऽ मुसम्मन् अस्लम अखरब महजूफ छन्द - वातोर्मि

ऽ।ऽऽऽ।ऽऽ।ऽऽऽ बहरे कलीब मुख्य बहर
ऽ।ऽ।॥ऽ।।ऽऽ मुसद्दस् मक्फूफ मशकूल महजूफ छन्द - स्वागता
ऽऽ॥ऽ।।ऽ।ऽ मुसद्दस् मक्तुअ मशकूल मक्बूज छन्द - उपस्थिता
॥ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मशकूल मक्फूफ अबतर छन्द - भुजङ्गसङ्गता

।ऽऽऽऽ।ऽऽऽ।ऽऽ बहरे सरीम मुख्य बहर
ऽऽऽ॥ऽ।ऽ।ऽ मुसद्दस् अखरम मशकूल महजूफ छन्द - शुद्धविराट
ऽऽ।ऽऽऽऽ × २ मुसद्दस् अखरब मक्तुअ मुदाइफ

ऽऽ।ऽऽ।ऽऽऽ।ऽऽ।ऽ — बहरे बसीत मुख्य बहर
ऽऽ।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ मुसम्मन् मख्बून छन्द - प्रभात

ऽऽ।ऽऽ।ऽऽऽऽ।ऽ बहरे सगीर मुख्य बहर
ऽऽ॥ऽऽऽ॥ऽ मुसद्दस् मक्फूफ मक्तुअ मुतव्वी छन्द - सुषमा

ऽ।ऽऽऽ।ऽऽऽऽ।ऽ बहरे जदीद मुख्य बहर
॥ऽऽ॥ऽऽ।ऽ।ऽ मुसद्दस् मख्बून
ऽ।ऽ।ऽ।ऽ।ऽऽ॥ मुसद्दस् मक्फूफ

ऽऽ।ऽऽऽऽ।ऽऽऽ। बहरे सलीम मुख्य बहर
ऽ॥ऽऽ।ऽ।ऽ।ऽ। मुसद्दस् मुतव्वी
ऽऽ॥ऽ।ऽऽ।ऽ मुसद्दस् मक्फूफ मारफो

ऽ।ऽऽऽ।ऽऽ।ऽऽऽ।ऽ बहरे मदीद मुख्य बहर
॥ऽऽ॥ऽ॥ऽऽ॥ऽ मुसम्मन् मख्बून
ऽ।ऽ।ऽ।ऽऽ।ऽ।ऽ।ऽ मुसम्मन् मक्फूफ
॥ऽ।ऽऽ॥ऽ।ऽऽ मुसम्मन् मशकूल मक्तुअ

ऽऽऽ।ऽ।ऽऽऽऽऽ। बहरे हमीद मुख्य बहर
ऽ।ऽ।ऽ।ऽऽऽ।ऽ। मुसद्दस् मुतव्वी
ऽ।ऽऽ।ऽऽऽ।ऽ मुसद्दस् मारफो
ऽ।ऽऽऽऽ।ऽऽऽ।ऽ बहरे हमीम मुख्य बहर
॥ऽऽ।ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मख्बून
ऽ।ऽऽऽ॥ऽऽ॥ऽ मुसद्दस् मुतव्वी
ऽ।ऽऽ॥ऽऽऽ।ऽ मुसद्दस् महजूफ मुतव्वी

ऽऽऽ।ऽऽऽ।ऽऽ।ऽ बहरे कबीर मुख्य बहर
ऽ।ऽ।ऽ।ऽ।ऽ॥ऽ मुसद्दस् मुतव्वी
ऽ।ऽऽ।ऽऽऽ।ऽ मुसद्दस् मारफो

१, बहरे खफीफ मुसद्दस् मख्बून क
सूत्र - फाइलातुन् + मुफाइलुन् + फाइलातुन्
ऽ।ऽऽ ।ऽ।ऽ ऽ।ऽऽ
याद आयौ तिमी बिहानै-बिहानै
मुस्कुरायौ तिमी बिहानै-बिहानै

२, बहरे खफीफ मुसद्दस् मख्बून ख
सूत्र - फिइलातुन् + मुफाइलुन् + फिइलातुन्
॥ऽऽ ।ऽ।ऽ ॥ऽऽ
कविता-गीत-नज्म हुन्छ गजलमा
सुर औ ताल हुन्छ हुन्छ बहरमा

३, बहरे खफीफ मुसद्दस् मख्बून मक्तुअ/बहरे हजज मुसद्दस् अस्तर
सूत्र - फाइलुन् + फाइलुन् + मफाईलुन्
ऽ।ऽऽ।ऽ।ऽऽऽ
चाँदनी रात झल्मलाएछ
जिन्दगीसँग मुस्कुराएछ । - हुसैन खाँ

४, बहरे खफीफ मुसद्दस् मख्बून मशकूल
सूत्र - फिइलातुन् + मुफाइलुन् + फिइलातु
॥ऽऽ ।ऽ।ऽ ॥ऽ।
वनमा कोइली सरयो किन आज
दिलले सम्झना गरयो किन आज - हुसैन खाँ

५, बहरे खफीफ मुसद्दस् मुतव्वी मक्तुअ
सूत्र - फाइलातुन् + मुफ्तइलुन् + फैलुन्
ऽ।ऽऽ ऽ॥ऽ ऽऽ
सम्झनामा आज उनी आए
एक छाया भै दिलमा छाए । - हुसैन खाँ

६, बहरे खफीफ मुसद्दस् मक्तुअ मक्फूफ मख्बून पिङ्गल छन्द - मत्ता
सूत्र - फैलुन् + मुस्तफ्इलु + फिइलातुन्
ऽऽ ऽऽ॥ ॥ऽऽ
हाँसी-हाँसी नयन चलाए
आफूसँगै रसिक बनाए । - हुसैन खाँ

७, बहरे मुन्सरेह मुसम्मन् मुतव्वी
सूत्र - मुफ्तइलुन् + फाइलातु + मुफ्तइलुन् + फाइलातु
ऽ॥ऽ ऽ।ऽ। ऽ॥ऽ ऽ।ऽ।
के छ र के छैन है ! स्वदेश जलेको छ हेर ¤
मानिसको आत्मभित्र दुष्ट पसेको छ हेर । - हुसैन खाँ

८, बहरे मुन्सरेह मुसम्मन् मुतव्वी मारफो
सूत्र - मुफ्तइलुन् + फाइलुन् + मुफ्तइलुन् + फाइलुन्
ऽ॥ऽ ऽ।ऽ ऽ॥ऽ ऽ।ऽ
यो दुनिया नै रमायो धनको लोभमा
प्रेम र माया जलायो धनको लोभमा । - हुसैन खाँ

९, बहरे मुन्सरेह मुसम्मन् मुतव्वी मन्हूर क
सूत्र - मुफ्तइलुन् + मफ्ऊलात + मुफ्तइलुन् + फा
ऽ॥ऽ ऽऽऽ। ऽ॥ऽ
यो दिलभित्रै माया छरीकन भागे
पागल प्रेमीका झैँ गरीकन भागे । - हुसैन खाँ

१०, बहरे मुन्सरेह मुसम्मन् मुतव्बी मन्हूर ख पिङ्गल छन्द - चम्पकमाला/रुक्मवती
सूत्र - मुफ्तइलातुन् + मुफ्तइलातुन्
ऽ॥ऽऽ ऽ॥ऽऽ
यो दिलभित्रै दीप जलाए
आज मसङ्गै प्रीत लगाए । - हुसैन खाँ

११, बहरे मुन्सरेह मुसम्मन् मुतव्बी मन्हूर मुदाइफ
सूत्र - मुफ्तइलातुन् + मुफ्तइलातुन् + मुफ्तइलातुन् + मुफ्तइलातुन्
ऽ॥ऽऽ ऽ॥ऽऽ ऽ॥ऽऽ ऽ॥ऽऽ
हे प्रभु कस्तो युग आयो स्वर्गसरी मेरो धरतीमा
दानवताको बादल छायो स्वर्गसरी मेरो धरतीमा । - गोर्खेसाइँलो

१२, बहरे मुन्सरेह मुसम्मन् मुतव्वी मन्हूर ग
सूत्र - मुफ्तइलुन् + फाइलात + मुफ्तइलुन् + फा
ऽ॥ऽ ऽ।ऽ। ऽ॥ऽ
यो दुनियामा रमेर गीत भुलाए
प्रेम गरी प्रेमको त रीत भुलाए । - पल्लव साहित्यिक पत्रिका- १३

१३, बहरे मुजारे मुसम्मन् मक्फूफ
सूत्र - मफाईलु + फाइलातु + मफाईलु + फाइलातु
।ऽऽ। ऽ।ऽ। ।ऽऽ। ऽ।ऽ।
उनीसँग एक दीप जलाएछ यो हुसैन
दिलैमा मिठो बतास चलेको छ भित्र-भित्र । - हुसैन खाँ

१४, बहरे मुजारे मुसम्मन् मख्बून
सूत्र - मफाईलुन् + फिइलातुन् + मफाईलुन् + फिइलातुन्
।ऽऽऽ ॥ऽऽ ।ऽऽऽ ॥ऽऽ
पुरानो रीत र चाला भुलाएको छु म आज
यही माटो सिउँदोमा लगाएको छु म आज । - हुसैन खाँ

१५, बहरे मुजारे मुसम्मन् अखरब पिङ्गल छन्द - दिक्पाल
सूत्र - मफ्ऊलु + फाइलातुन् + मफ्ऊलु + फाइलातुन्
ऽऽ। ऽ।ऽऽ ऽऽ। ऽ।ऽऽ
संसारको कहानी पढ्दा उनी रमाए
सङ्घर्षको चुलीमा चढ्दा उनी रमाए । - हुसैन खाँ

१६, बहरे मुजारे मुसम्मन् अखरब मक्फूफ महजूफ
सूत्र - मफ्ऊलु + फाइलातु + मफाईलु + फाइलुन्
ऽऽ। ऽ।ऽ। ।ऽऽ। ऽ।ऽ
खै ! के भनौँ र आफ्नु कहानी उनीसित
साटौँ म के गरेर जवानी उनीसित । - हुसैन खाँ

१७, बहरे मुजारे मुसम्मन् मक्बूज मख्बून मक्तुअ
सूत्र - मुफाइलुन् + फिइलातुन् + मुफाइलुन् + फैलुन्
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽऽऽ
कुरा सुनी मुटुमा पीर नै बढेको छ
उही छ रीत अझै जीत नै ढलेको छ । - पल्लव साहित्यिक पत्रिका- १३

१८, बहरे मुजारे मुसम्मन् अखरम मक्तुअ मक्फूफ पिङ्गल छन्द - शालिनी
सूत्र - मुस्तफ्फैलुन् + फाइलातुन् + फऊलुन्
ऽऽऽऽ ऽ।ऽऽ ।ऽऽ
मोतीका जस्तै दिलैले ‘हुसैन’
कापीमा लाऊ कलमको निशाना । - हुसैन खाँ

१९, बहरे मुजारे मुसम्मन् अखरब मक्तुअ
सूत्र - मुस्तफ्इलुन् + मफ्ऊलात + फैलुन्
ऽऽ।ऽ ऽऽऽ। ऽऽ
मेरो सहरमा आएर भागे
झन् प्रेम-माया लाएर भागे । - पल्लव साहित्यिक पत्रिका- १३

२०, बहरे मुज्तस मुसम्मन् मख्बून
सूत्र - मुफाइलुन् + फिइलातुन् + मुफाइलुन् + फिइलातुन्
।ऽ।ऽ ॥ऽऽ ।ऽ।ऽ ॥ऽऽ
गरौँ विकास यही चाहना छ यो धरतीको
र शान्ति छाइरहोस् कामना छ यो धरतीको । - पल्लव साहित्यिक पत्रिका- १३

२१, बहरे मुज्तस मुसम्मन् मख्बून मक्तुअ/बहरे मुजारे मुसम्मन् मक्बूज मख्बून मक्तुअ
सूत्र - मुफाइलुन् + फिइलातुन् + मुफाइलुन् + फैलुन्
।ऽ।ऽ ॥ऽऽ ।ऽ।ऽ ऽऽ
उडेछ बादल पानी झरेर आएछ
उदास बाग रमाएर गुन्गुनाएछ । - पल्लव साहित्यिक पत्रिका- १३

२२, बहरे मुज्तस मुसम्मन् मख्बून मक्सूर
सूत्र - मुफाइलुन् + फिइलातुन् + मुफाइलुन् + फिइलुन्
।ऽ।ऽ ॥ऽऽ ।ऽ।ऽ ॥ऽ
घुमेर फेरि म आएँ भुलाउनै नसकी
व्यथा घटेछ मभित्रै बताउनै नसकी । - पल्लव साहित्यिक पत्रिका- १३

२३। बहरे मुज्तस मुसम्मन् मुतव्वी मक्तुअ
सूत्र - मुफ्तइलुन् + फैलुन् + मुफ्तइलुन् + फैलुन्
ऽ॥ऽ ऽऽ ऽ॥ऽ ऽऽ
दङ्ग परेका छन् गाउँ-सहर मेरो
फेरि त्यही पीडा फर्किरहेको छ । - पल्लव साहित्यिक पत्रिका- १३

२४, बहरे असम मुसद्दस् महजूफ मक्फूफ पिङ्गल छन्द - दु्रता
सूत्र - फाइलुन् + मफा + फाइलुन् + मफा
ऽ।ऽ ।ऽ ऽ।ऽ ।ऽ
सम्झना गरी छल्किएछु म
प्यारमा सधैँ अल्झिएछु म । - गोर्खेसाइँलो

२५, बहरे असम मुसद्दस् मशकूल अखरब महजूफ
सूत्र - फिइलातु + मफ्ऊलु + फाइलुन्
॥ऽ। ऽऽ। ऽ।ऽ
मन मुग्ध हावा चली रहयो
दिलभित्र माया बढी रहयो । - हुसैन खाँ

२६, बहरे असम मुसद्दस् मक्बूज महजूफ
सूत्र - फाइलातुन् + मुफाइलुन् + फाइलुन्
ऽ।ऽऽ ।ऽ।ऽ ऽ।ऽ
आज कस्तो लहर उठेको यहाँ
वायु ताजा अझै चलेको यहाँ। - पल्लव साहित्यिक पत्रिका- १३

२७, बहरे करीब मुसद्दस् मक्फूफ
सूत्र - मफाईलु + मफाईलु + फाइलातु
।ऽऽ। ।ऽऽ। ऽ।ऽ।
सुक्यो फूल भने वासना हुँदैन
जमेको दिलमा चाहना हुँदैन । - पल्लव साहित्यिक पत्रिका- १३

२८, बहरे करीब मुसद्दस् मख्बून
सूत्र - मफाईलुन् + मफाईलुन् + फिइलातुन्
।ऽऽऽ ।ऽऽऽ ॥ऽऽ
बिहानीमा जगायौ आज तिमीले
कुरा मीठो सुनायौ आज तिमीले । - हुसैन खाँ

२९, बहरे करीब मुसद्दस् महजूफ
सूत्र - मफाईलुन् + फऊलुन् + फाइलातुन्
।ऽऽऽ ।ऽऽ ऽ।ऽऽ
कुबेलामा रिसाएछन् उनी त
न दुख्ने दिल दुखाएछन् उनी त । - पल्लव साहित्यिक पत्रिका- १३

३०, बहरे मुक्तजिब मुसम्मन् मुतव्वी
सूत्र - फाइलातु + मुफ्तइलुन् + फाइलातु + मुफ्तइलुन्
ऽ।ऽ। ऽ॥ऽ ऽ।ऽ। ऽ॥ऽ
घातका कुरा कहिले गर्नु हुन्न जीवनमा
देश छाडि अन्त कतै सर्नु हुन्न जीवनमा । - पल्लव साहित्यिक पत्रिका- १३

३१, बहरे मुशाकिल मुसद्दस् मक्फूफ
सूत्र - फाइलातु + मफाईलु + मफाईलु
ऽ।ऽ। ।ऽऽ। ।ऽऽ।
ओम शान्ति हुने रीत चले छैन
प्रेमको मठमा दीप जले छैन । - हुसैन खाँ

३२, बहरे मुशाकिल मुसद्दस् महजूफ अबतर मक्बूज/बहरे हजज मुसद्दस् अस्तर अबतर मक्बूज
सूत्र - फाइलातुन् + मुफाइलुन्
ऽ।ऽऽ ।ऽ।ऽ
वैगुनीझैँ गरे उनी
अन्त माया छरे उनी । - पल्लव साहित्यिक पत्रिका- १३

३३, बहरे सरीअ मुसद्दस् मुतव्वी
सूत्र - मुफ्तइलुन् + मुफ्तइलुन् + फाइलातु
ऽ॥ऽ ऽ॥ऽ ऽ।ऽ।
शोषण गर्ने दिलमा प्रीत हुन्न
कर्म नगर्दा कहिले जीत हुन्न । - हुसैन खाँ

३४, बहरे सरीअ मुसद्दस् मुतव्वी मारफो
सूत्र - मुफ्तइलुन् + मुफ्तइलुन् + फाइलुन्
ऽ॥ऽ ऽ॥ऽ ऽ।ऽ
खै ! किन हो आँसु बगायौ तिमी
यो दिल पो आज रुवायौ तिमी । - हुसैन खाँ

३५, बहरे तवील मुसम्मन् मक्बूज
सूत्र - फऊलुन् + मुफाइलुन् + फऊलुन् + मुफाइलुन्
।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ।ऽ
तिमीले सधैँ कुरा गरेछौ छलीछली
अविश्वासको नदी तरेछौ छलीछली । - हुसैन खाँ

३६, बहरे तवील मुसम्मन् मक्बूज अखरब महजूफ पिङ्गल छन्द - उपेन्द्रवज्रा
सूत्र - मुफाइलुन् + मुफ्तइलुन् + फऊलुन्
।ऽ।ऽऽ॥ऽ।ऽऽ
अझै यहाँ शोषकको जमाना
गरीब बन्छन् उनकै निशाना । - हुसैन खाँ

३७, बहरे तवील मुसम्मन् अस्लम अखरब महजूफ पिङ्गल छन्द - वातोर्मि
सूत्र - मुस्तफ्फैलुन् + फिइलातुन् + फऊलुन्
ऽऽऽऽ॥ऽऽ।ऽऽ
आए मायालु खजाना लिएर
मायाको गीत र गाना लिएर । - हुसैन खाँ

३८, बहरे कलीब मुसद्दस् मक्फूफ मशकूल महजूफ पिङ्गल छन्द - स्वागता
सूत्र - फाइलातु + फिइलातु + फऊलुन्
ऽ।ऽ।॥ऽ।।ऽऽ
शान्त सुन्दर विचार तिमी हौ
आउ सुस्त दिलदार तिमी हौ
३९, बहरे कलीब मुसद्दस् मक्तुअ मशकूल मक्बूज पिङ्गल छन्द - उपस्थिता
सूत्र - मफ्ऊलु + फऊलु + मुफाइलुन्
ऽऽ।।ऽ।।ऽ।ऽ
डुल्ने मन हुन्छ घरी-घरी
आफैसँग हुन्छ घरी-घरी । - हुसैन खाँ

४०। बहरे कलीब मुसद्दस् मशकूल मक्फूफ अबतर पिङ्गल छन्द - भुजङ्गसङ्गता
सूत्र - फिइलातु + फाइलातु + फा
॥ऽ।ऽ।ऽ।ऽ
जब स्वच्छ भावना उठ्यो
तब प्रेमको हुरी चल्यो । - हुसैन खाँ

४१, बहरे सरीम मुसद्दस् अखरम मशकूल महजूफ पिङ्गल छन्द - शुद्धविराट
सूत्र - मफ्ऊलातु + मुफाइलुन् + मफा
ऽऽऽ। ।ऽ।ऽ ।ऽ
प्रेमी पागल भै हिँड्यौ तिमी
माया यो दिलमा छरयौ तिमी । - हुसैन खाँ

४२, बहरे सरीम मुसद्दस् अखरब मक्तुअ मुदाइफ
सूत्र - मुस्तफ्इलुन् + मफ्ऊलुन् + मुस्तफ्इलुन् + मफ्ऊलुन्
ऽऽ।ऽ ऽऽऽ ऽऽ।ऽ ऽऽऽ
दुख्दैछ मेरो छाती पीडा छरेको हेर्दा
यो देशलाई तिम्ले हेला गरेको हेर्दा । - हुसैन खाँ

४३, बहरे बसीत मुसम्मन् मख्बून पिङ्गल छन्द - प्रभात
सूत्र - मुस्तफ्इलुन् + फाइलातु + फाइलातुन् + मफा
ऽऽ।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ
यो जिन्दगीको व्यथा भुलाउने के गरी
िहंसा बढ्यो देशमा हटाउने के गरी । - हुसैन खाँ

४४, बहरे सगीर मुसद्दस् मक्फूफ मक्तुअ मुतव्वी पिङ्गल छन्द - सुषमा
सूत्र - मुस्तफ्इलु + मफ्ऊलातु + मफा
ऽऽ॥ ऽऽऽ। ।ऽ
मेरो दिलभित्रै बीज छरी
गर्छौ किन हेला प्रेम गरी । - हुसैन खाँ

४५, बहरे जदीद मुसद्दस् मख्बून
सूत्र - फिइलातुन् + फिइलातुन् + मुफाइलुन्
॥ऽऽ ॥ऽऽ ।ऽ।ऽ
मुटुको घाउ लुकाऊँ म के गरी
दिलको पीर सुनाऊँ म के गरी । - हुसैन खाँ

४६, बहरे जदीद मुसद्दस् मक्फूफ
सूत्र - फाइलातु + फाइलातु + मुस्तफ्इलु
ऽ।ऽ। ऽ।ऽ। ऽऽ॥
आज फेरि त्यो कुरा सुनायौ किन
घाउमाथि घाउ नै बढायौ किन

४७, बहरे सलीम मुसद्दस् मुतव्वी
सूत्र - मुफ्तइलुन् + फाइलातु + फाइलातु
ऽ॥ऽ ऽ।ऽ। ऽ।ऽ।
आज उनीसँग भा’ छ एक बात
प्रेम र माया बढेछ साथ-साथ । - पल्लव साहित्यिक पत्रिका- १३

४८, बहरे सलीम मुसद्दस् मक्फूफ मारफो
सूत्र - मुस्तफ्इलु + फाइलुन् + फाइलुन्
ऽऽ॥ ऽ।ऽ ऽ।ऽ
खै ! मित्रसरी न जाग्यौ तिमी
जल्दैछ स्वदेश भाग्यौ तिमी । - पल्लव साहित्यिक पत्रिका- १३

४९, बहरे मदीद मुसम्मन् मख्बून
सूत्र - फिइलातुन् + फइलुन् + फिइलातुन् + फइलुन्
॥ऽऽ ॥ऽ ॥ऽऽ ॥ऽ
दिलले प्रेम गर्यो रसिलो जीवन भो
प्रणयी दीप जल्यो रसिलो जीवन भो । - पल्लव साहित्यिक पत्रिका- १३

५०। बहरे मदीद मुसम्मन् मक्फूफ
सूत्र - फाइलातु + फाइलुन् + फाइलातु + फाइलुन्
ऽ।ऽ। ऽ।ऽ ऽ।ऽ। ऽ।ऽ
प्रेमले यता सरौँ प्रेमका कुरा गरौँ
दुःखको नदी तरौँ प्रेमका कुरा गरौँ । - गोर्खेसाइँलो

५१, बहरे मदीद मुसम्मन् मशकूल मक्तुअ
सूत्र - फिइलातु + फैलुन् + फिइलातु + फैलुन्
॥ऽ। ऽऽ ॥ऽ। ऽऽ
कति दुःख दिन्छौ भन जिन्दगीमा
जगमा छ ठूलो मन जिन्दगीमा । - पल्लव साहित्यिक पत्रिका- १३

५२। बहरे हमीद मुसद्दस् मुतव्वी
सूत्र - फाइलातु + फाइलातुन् + फाइलातु
ऽ।ऽ। ऽ।ऽऽ ऽ।ऽ।
प्रेमको हुरी चलाई बार-बार
दुःख नै दियौ मलाई बार-बार । - हुसैन खाँ

५३, बहरे हमीद मुसद्दस् मारफो
सूत्र - फाइलुन् + फाइलातुन् + फाइलुन्
ऽ।ऽ ऽ।ऽऽ ऽ।ऽ
प्रेम-माया भुलाएछौ तिमी
देश आफ्नो जलाएछौ तिमी । - हुसैन खाँ

५४, बहरे हमीम मुसद्दस् मख्बून
सूत्र - फिइलातुन् + मुफाइलुन् + मुफाइलुन्
॥ऽऽ ।ऽ।ऽ ।ऽ।ऽ
वनमा पो वसन्तको बहार छ
तर मेरो त बेइमान यार छ । - हुसैन खाँ

५५, बहरे हमीम मुसद्दस् मुतव्वी
सूत्र - फाइलातुन् + मुफ्तइलुन् + मुफ्तइलुन्
ऽ।ऽऽ ऽ॥ऽ ऽ॥ऽ
सम्झनाको दीप जलाएर तिमी
फर्कि आऊ दुःख भुलाएर तिमी । - हुसैन खाँ

५६, बहरे हमीम मुसद्दस् महजूफ मुतव्वी/बहरे रमल मुसद्दस् मख्बून महजूफ
सूत्र - फाइलातुन् + फिइलातुन् + फाइलुन्
ऽ।ऽऽ ॥ऽऽ ऽ।ऽ
आज मेरो दिलमा आयौ तिमी
प्रेमको मौसमझैँ छायौ तिमी । - हुसैन खाँ

५७, बहरे कबीर मुसद्दस् मुतव्वी
सूत्र - फाइलातु + फाइलातु + मुफ्तइलुन्
ऽ।ऽ। ऽ।ऽ। ऽ॥ऽ
आज द्वन्द्वको हुरी चलेछ यहाँ
काटमार बेसरी भएछ यहाँ। - हुसैन खाँ

५८, बहरे कबीर मुसद्दस् मारफो
सूत्र - फाइलातुन् + मफाइलुन् + मफा
ऽ।ऽऽ ।ऽऽऽ ।ऽ
रक्तले रङ्गिएछिन् मृत्तिका
दुःखमा पि_िल्सएछिन् मृत्तिका । - हुसैन खाँ

ग, अन्य मुजाहिफ बहरहरू
१, सूत्र - फाइलातु + फाइलातु + फाइलातु + फा
ऽ।ऽ। ऽ।ऽ। ऽ।ऽ।
प्रेमको बहारमा बहर सबै भुलेँ
देशको विकासमा कहर सबै भुलेँ । - गोर्खेसाइँलो

२, सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + फा
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ
सामन्तीको स्वार्थी बत्ती बाल्दैछन् मान्छे
बेमानीका गोटी मात्रै चाल्दैछन् मान्छे । - हुसैन खाँ

३, सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फैलुन् + फा
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽऽ
साँझ पर्दा चाँदनीझैँ यो जमाना तिम्रो नै
नैनले घायल् बनायौ यो निशाना तिम्रो नै । - हुसैन खाँ

४, सूत्र - मफ्ऊलु + मुस्तफ्फैलुन् + मफाईलुन् + मुस्तफ्फैलुन्
ऽऽ। ऽऽऽऽ ।ऽऽऽ ऽऽऽऽ
दूषित् भएको पानी उमाले पो केही हुन्छ
ढुङ्गा बनेको दिल यो पगाले पो केही हुन्छ । - हुसैन खाँ

५, सूत्र - मुफ्तइलुन् + फिइलातु + मफाईलुन् + मुस्तफ्फैलुन् + फा
ऽ॥ऽ ॥ऽ। ।ऽऽऽ ऽऽऽऽ
मन्दिर-मस्जिद-चर्च र गुम्बा धाएँ उन्कैलागि
गीत-गजल-कविताहरू लेखी गाएँ उन्कै लागि । - पल्लव साहित्यिक पत्रिका- १३

क्र म शः …
नोटः बहरमा गजल रचना गर्न रुचाउनुहुने स्रष्टाहरूलाई यसले केही मद्दत पुग्नेछ भन्ने आशामा छु । र हाललाई लेख लामो हुने भएको कारण र केही पुराना पुस्तकहरू नपाएको कारणले यो लेख पुरा हुन सकेको छैन । लेख पुरा भएपछि मात्र यसका शन्दर्भ सुचीहरू प्रकाशन हुनेछन् । साथै यो लेख पल्लव साहित्यिक पत्रिका- १३ गजल बिशेषमा ‘हुसैन खाँको डायरी भित्र लहरिदा’ शिर्षकमा प्रकाशन भैसकेको ब्यहोरा अनुरोध छ ।

गोर्खेसाइँलो, गजल कुटेरी, नारायणगढ, चितवन
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger