
मायाले बोलाउदै सानु भन्छिन् मेरि आमा
राम्रो लाउनु मिठो खानु भन्छिन् मेरि आमा
जति दुख गरे पनि फल दिने देवता हुन्
मिल्छ भने मन्दिर जानु भन्छिन् मेरि आमा
पौरखले पाल्छ तिमिलाई कर्ममा बिश्वास राख
मुरि फलाउ रोपि मानु भन्छिन् मेरि आमा
हामी त डाँडाको जुन डुब्ने कुनै भर छैन
काशी गया केदार लानु भन्छिन् मेरि आमा
कालिकोटे अनिश
No comments:
Post a Comment