जलका दुई वटा महत्वपूर्ण तत्वहरु भाव र लय हुन् । बिशेष गरि लयका गजलहरु सांगीतिक रुपमा निकाल्ने उद्देश्यले वा सभाहरुमा लेखकले नै बिना संगीत गएर (तरन्नुम) प्रस्तुत गर्ने उद्देश्यले लेखिएको हुन्छ । तर आधुनिक समयमा नेपाली तथा अन्य भाषामा गजलहरु छन्दमा र छन्द बिहिन दुबै रुपमा लेखिंदै आएको छ ।
यदि गजलका सबै हरफहरु एउटै अक्षर संख्या वा मात्रामा वा बिश्राम मिलाएर लेखिएको छ भने त्यो नियमलाई छन्द भनिन्छ । संस्कृत वा नेपाली कविता / साहित्यमा पहिले देखि नै प्रयोग हुँदै आएका छन्दमा गजल लेख्न सकिन्छ ।
त्यस्तै गरि उर्दु वा अन्य भाषाहरुमा केहि निश्चित छन्द नियममा गजल लेखिन्छ । ति नियमहरुलाई बहर भनिन्छ । उर्दु भाषामा प्रचलित बहरहरुमा पनि नेपाली गजल लेख्ने गरिएको छ । नेपालीमा भाषामा बहर र छन्द शब्दलाई समानान्तर रुपमा प्रयोग गर्न सकिन्छ ।
आधुनिक नेपाली गजलमा शास्त्रीय छन्द वा बहरको अतिरिक्त नेपाली लोक लयमा पनि गजल लेख्ने गरिएको छ ।
केहि नेपाली लोक छन्द हरु यस प्रकार छन :
१. झ्याउरे छन्द
महाकबि लक्ष्मी प्रसाद देवकोटाले अमर कृति मुना मदनमा प्रयोग गर्नु भएको झ्याउरे छन्दलाई नेपाली गजलमा प्रयोग गर्न सकिन्छ ।
अक्षर : १६ (५-५-६)
(५ र १० अक्षरमा बिश्राम)
उदाहारण १ :
क्षेत्रीको छोरो, यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो, दिलले हुन्छ, जातले हुँदैन
उदाहरण २ :
हिमाली हावा बग्दै छ किन नौलो त्यो मातमा
२. सवाई
अक्षर : १६ (४-४-४-२)
(४, ८ र १२ अक्षरमा बिश्राम)
उदाहारण :
तिमीलाई जिताउन हार्न मन लाग्यो
उदाहरण २ :
हिमाली हावा बग्दै छ किन नौलो त्यो मातमा
किन हो कुन्नी रुँदै छ कोहि जुनेली रातमा
शब्द : लालीजन रावल
२. सवाई
अक्षर : १६ (४-४-४-२)
(४, ८ र १२ अक्षरमा बिश्राम)
उदाहारण :
तिमीलाई जिताउन हार्न मन लाग्यो
आफुलाई अन्त कतै सार्न मन लाग्यो
- मनु ब्राजाकी
३. स्वर्निर्मित लय
गजललाई आफ्नै नियममा छन्दो बद्ध गर्न पनि सकिन्छ । यसरि छन्द निर्माण गर्दा कि त मात्रा की त अक्षरको आधारमा गरिन्छ । मात्राको आधारमा गर्दा बढी गेयात्मक हुने र गजल लेख्न पनि सजिलो हुने मानिन्छ ।
No comments:
Post a Comment