Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली गजलमा नेपाली छन्द (बहरको) प्रयोग

नेपाली गजलमा नेपाली छन्द (बहरको) प्रयोग

गजलमा नेपाली छन्द (बहरको) प्रयोग
santosh spandan
गजल नेपाली साहित्यमा सर्बाधिक लोकप्रिय विधा स्थापित भैसकेको छ |गजल सम्बन्धि नियम जानेर या नजानेर गजलको सिर्जना गर्ने गजलकारको संख्या दिनानुदिन बढ्दो छ | बिभिन्न संचार माध्यमबाट गजलका नियमबारे सूचना साथै गोष्ठी , संगठन समारोह जस्ता बिभिन्न क्रियाकलापको प्रक्रिया पनि दिन प्रतिदिन बढ्दै गैरहेको छ |तिनै संचारका माध्यमबाट डा. कृष्णहरी बराल, मनु ब्राजाकीका अन्तरबार्ताहरु सुनेका पनि छौ | उहाहरु भन्नुहुन्छ गजललाई बहरमा लेखिएन भने कविता हुन्छ | यस्तो सिर्जनालाई गजल नभनिकन गजलको स्वरुपमा लेखिएको कविता भन्नु उपुक्त हुने उहाहरुको भनाइ छ |
गजलका सामान्य नियममा आधारित रहेर गजल सिर्जना गर्नु निकै नै सजिलो छ तर शास्त्रीय बहरहरुमा निपुणता प्राप्त नभएका गजलकारहरुलाई शास्त्रीय बहरहरुमा गजल सिर्जना गर्नु जटिल बिषय हो |शास्त्रीय बहरमा गजल रचना गर्न रुक्न (गण) र अर्कान (गण संकेत वा गणहरुको मेल) को साथै बहरहरुको यथेस्ट जानकारी हुनु आबस्यक छ | नेपाली बहरमा गजल लेख्दा वा स्वनिर्मित छन्दमा गजल लेख्दा वर्णमात्रिक छन्दको आवस्यकता पर्दैन मात्रिक छन्द नै पूर्ण हुन्छ | मात्रलाई आधार मानेर पनि गजलहरु लेखिएका छन् |मात्रामा आधारित बहरहरुमा लयमा आबद्द गजलका शेरहरुको अक्षरको होइन ,मात्राको गणना हुन्छ |गजलमा मात्राको गणना गर्दा ब्याकरणको नियम अनिवार्य हुदैन | लेख्दा बकरणको नियम अनुसार लेख्ने र उच्चारण गर्दा लयलाई आधार मानी उपयुक्त ढंगले ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व गर्न सकिन्छ | यस्तो नियमलाई मात्रा गिरावटको नियम भनिन्छ |
शक्ति बिनाको दिल अभिलाषी
आशा लाग्ने बन्न प्रत्याशी
– डा. घनश्याम परिश्रमी
बास्तबमा लयुक्त उच्चार्य अक्षरको एकरुपता आफैमा एक प्रकारको छन्द हो | नेपालीमा प्राथमिक कालिन गजलहरु शास्त्रीय छन्दमा नै लेखिएको थियो |
बिस्तारमा ललिजन रावल ,मनु ब्राजाकी आदिले उच्चार्य अक्षरको एकरुपतालाई आधार बनाएर गजल लेख्न थाले | हाल अधिकांस गजलकारहरुले यहि परम्परालाई निरन्तरता दिनु भएको छ |यो नियम या पद्दति नया गजलकारहरुलाई सिक्ने सजिलो माध्यम पनि बनेको छ | नेपाली गजलमा प्रयोग गरिएका केहि शुत्र र गजल शेर :
१ चार चार अक्षरमा यति हुने ८ अक्षरको मिसरा
बिरामी छ माटो यहाँ -(४ x २ शुत्रको)
बिग्रको छ बाटो यहाँ
– डा घनश्याम परिश्रमी (घामको छहारीमा )
२ तीन तीन अक्षरमा यति हुने ६ अक्षरको मिसरा (३X २ शुत्रको )
सतायो भोकले
दुख्यो मन शोकले
छ खुद्रा मारमा
दबायो थोकले
– डा घनश्याम परिश्रमी (प्रतिभा -२०६१)
प्रजातन्त्र आ छ
जे भने नी भा छ
पराल हैन अचेल
गाईले मासु खा छ
– रबि प्रान्ज्वल (उही बाढी उही भेल )
३ पाँच पाँच अक्षरमा यति हुने १० अक्षरको मिसरा (५+५ शुत्रको)
एउटा साथी मारेर गयो
याद मुटुमा छरेर गयो
– राजेश्वर रेग्मी (झिझिल्का : गजलबिशेस)
प्रिय केहि त दिएर जाउ
फाटेको दिल सिएर जाउ
– सुमित्र वान्ग्देल चेली (गंगाजल )
पानी पर्ला झैं छ आज
मन मर्ला झैं छ आज
धेरै कोशिष गरें सहन
आँशु झर्ला झैं छ आज
– मनोज काफ्ले मनसुन (फेसबुक बाट )
४ चार चार अक्षरमा यति हुने १६ अक्षरको मिसरा (४X ४ शुत्रको)
ह्र्दयको अगेनामा फेरी आगो बाले हुन्छ
हुन्छ साथी अलि धेरै मट्टीतेल हाले हुन्छ
– मनु ब्राजाकी
नखोलेरै राखिएको बन्द यौटा खाम थियो
भित्र के के थियो कुन्नि बाहिर मेरै नाम थियो
– ललिजन रावल (बन्द एउटा खाम)
५ पाँच तीन छ अक्षरमा यति हुने १४ अक्षरको मिसरा (५+३+६ सूत्रको)
कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा
-सन्तोष स्पन्दन (स्पन्दन -२०६४)
६ चार चार र पाँच अक्षरमा यति हुने १३ अक्षरर्को मिसरा (4x ४+५ सूत्रको )
सुनाउ की बाँसुरीको धुन हजुरलाई
चहान्छु म त्यो मुटुमा छुन हजुरलाई
-सरला जोसी (पत्रिका बाट)
यसरि अक्षरको सन्तुलन मिलाएर गजल निकै लेखिएका छन् |यस्ता गजलहरु गजलकार स्वयमले निर्माण गर्न सक्दछन | यसरी निर्माण गरिएको छन्दलाई नेपाली छन्द वा स्वनिर्मित बहर भनिन्छ | बहर निर्माण गर्दा एउटा मिसरामा कम्तिमा ६ अक्षर् देखि २० अक्षर सम्म हुनुपर्दछ | यसरी स्वनिर्मित बहर बनाउदा भने लयमा ध्यान दिनु आवस्यक छ भने मात्रा बहरमा १० मात्रा देखि ३२ मात्रा सम्म भएका मिसरा रचना गर्न सकिन्छ | यो त रह्यो नेपाली छन्द जसलाई हामी स्वयमले निर्माण गर्न सक्छौ तर यतिले मात्र पुग्दैन मात्रिक र वर्णमात्रिक छन्द दुबैको ज्ञान हुनु उत्तिकै आवस्यक छ |फारसी र संस्कृत निकट सम्बन्ध रहेको भाषा हुनाले छन्द र बहर बीच पनि सम्बन्ध छ | उदाहरारण :
नपर्खेर हुन्छ
नफर्केर हुन्छ
म भित्र छ बेग
नधर्केर हुन्छ
– सुनिल स्पन्दन (फेसबुक/ पल्लब पत्रिका)
माथिको मिसरा नपर्खेर हुन्छ (ISS ISS ) नेपाली पिंगल छन्दमा शङ्ख नारी छन्द अन्तर्गत पर्दछ | शास्त्रीय मान्यता अनुरुप फउलुन (ISS X २) बहरे मुतकरिब मुरब्बा सलिम अन्तर्गत पर्दछ |
छन्दशास्त्रमा ह्रस्वलाई लघु (I ) रा दीर्घलाई गुरु (S ) भनिन्छ|
गुरु -गुगुगु (SSS ) दीर्घ
जस्तै : आकार + ईकार+ ऊकार, एकार, ओकार, औकार अंकार रा अ:कार पर्दछन
उदाहरण :बिसर्ग लागेका अक्षर फूल ,नेपाली, समीप आदि
लघु -ल ल ल (III ) ह्रस्व
जस्तै :अकार , इकार, उकार आदि पर्दछन
उदाहरण : कलह ,कुकुर शिशिर आदि
शब्दको अन्तमा आउने हलन्त (खुट्टा काटिएको ) बर्ण भन्दा पूर्वको अक्षर लघु भएपनि दीर्घ मानिन्छ |
र हलन्त बर्णको गणना हुदैन
मित्रबत् – SIS
भन्छन् – SS
बस्छन् – SS
मिसरामा पाउको अन्तयमा पर्ने लघु मात्रालाई पनि गुरु मानिन्छ |यो नियम फारसी ,उर्दु र हिन्दी गजलमा भने लागु हुदैन | (डा .घनश्याम )
बढेको नदीमा पसे झैँ भए म
कतै अनयासै फसे झैँ भए म
म ( अकार) लघु हो तर माथिको मिसरको अन्तयमा म ले गुरु अर्थात् दीर्घ (s )को काम गरेको छ |
अन्तयमा गजल रदिफ काफिया र सामान्य नियमले मात्रै पूर्ण नहुने हुदा बहरबारे छोटो जानकारी खोजिमेली गरेको छु | आशा छ यहाहरुले सल्लाह सुझाब पक्कै पनि दिनुहुनेछ | अनि यो ट्रांस्लेट पद्दतिबाट लेखिएको हुदा ह्रस्व दीर्घ मा देखिएका त्रुटीप्रति क्षमा चहान्छु|
केहि छ्न्दोब्द्द गजलका शेरहरु :
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा
- लेखनाथ पौड्याल (दशैं)
रातो चन्द्र र सुर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो
- गोपाल रिमाल (जंगी निशान)
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन्
- मोतीराम भट्ट
मफाईलुन् क्ष४(ISSSX4) छन्द -विधाता
मान्छे किनबेच गर्ने पसल पनि देंखे
खराब मान्छे मात्र होइन असल पनि देंखे
- ललिजन रावल (सिरानीमा आँशु)
कसका लागि उन्न थाल्यौ आज फूलमालाहरु
गन तिमि फूलका थुंगा गन्दै छु म प्यालाहरु
-मनु ब्राजाकी (गजल गङ्गा )
उडाएर के भो सेता ती परेवाहरु
लडाईले रगतको खोलि चलेको छ
-कृष्ण पहारी (बारुदका धुँवाहरु)
अँधेरिमै हिड्छु बरु साथ नआउ जून
आधी बाटफर्क्योउ भने एक्लै पर्छ रुन
-दीपक समीप (भूगोल भित्र नकोरिएको देश)
बहरे मुतकारिब मुसद्द्स सलिम
फऊलुन X ३ (ISS X ३)
मेरो दिल/को धडकन / तिमी हौ
म बाँचेको जिबन तिमी हौ
- डा.धनु परिश्रमी (मधुपर्क)
बहरे मुतदारिक मुरब्बा सलिम
फाईलुन x २(SIS X २)
प्यारमै/हेलिएँ
हारमै /जेलिएँ
-गोर्खे साइलो (मुस्कान)
बहरे हजज मुसद्द्स महजुफ़ (पिंगल छन्द -सुमेरु )
फाईलातुन +फाईलुन (SISS +SIS )
आज मेरो मन दुख्यो
प्रेमले जीवन दुख्यो
- गोपाल अश्क
@खोजिमेली @
*डा घनश्याम परिश्रमी २०५६ गजलको सैदान्तिक चिनारी
* ललिजन रावल , बन्द एउटा खाम
*सन्तोष काफ्ले , स्पन्दन २०६४
* मधुपर्क , २०६८
* डा धनश्याम परिश्रमी, गजल सौन्दर्य मिमांशा
* फेसबुक , पल्लव इ- पत्रिका
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger