नेपाली गजलमा बिभिन्न नियमहरुलाई बिभिन्न नामहरुमा छन्दको रुप दिइएको छ । यी नामहरु प्राय हिमालको आधारमा राखिएका छन् ।
१. काङ्फुगातो छन्द
१. काङ्फुगातो छन्द
अक्षर : १४ (३-४-३-४)
(७ अक्षरमा विश्राम, ३ र १० मा अर्धविश्राम )
(७ अक्षरमा विश्राम, ३ र १० मा अर्धविश्राम )
उदाहरण:
तास झैं प्रेयसीको भाउमै भाउ लाग्यो
खालमा धाँधली भो दाउमै दाउ लाग्यो
शीरमा राख्छु भन्दै हातमा जून थापें
धर्तिमा पाइला थे पाउमै पाउ लाग्यो
खालमा धाँधली भो दाउमै दाउ लाग्यो
शीरमा राख्छु भन्दै हातमा जून थापें
धर्तिमा पाइला थे पाउमै पाउ लाग्यो
शब्द: पोष्टराज चापागाईं
२. चाङ्ला छन्द
अक्षर : १६
(४, ८ र १२ अक्षरमा विश्राम)
उदाहरण :
अकासकी जून रैछ्यौ जुनू भन्दा कसो होला
निधारमा जून थापी बुनू भन्दा कसो होला
शब्द: पोष्टराज चापागाईं
३. डाँफे छन्द
अक्षर : ८
(४ अक्षरमा विश्राम)
उदाहरण :
ढलमा छू तान् न साथी
अब रक्सी खान्न साथी
सिउने काँ टाल्ने केले ?
मुटु फाट्यो ठान् न साथी
शब्द: पोष्टराज चापागाईं
४. फुकाङ छन्द
अक्षर : १६
(४ र ९ अक्षरमा विश्राम)
उदाहरण :
कहाँ थिए, र कठीनका, ती आग्रहका कुरा
बुझें बुझें, सजिलै बुझें, ! पूर्वाग्रहका कुरा
अमूक थे, र अमूर्त थे, टेढा मत लेखका
पढें गुनें, अनि पो बुझें, ! दूराग्रहका कुरा
शब्द: पोष्टराज चापागाईं
५. पुत्रुङ छन्द
अक्षर : १५
( ८ अक्षरमा विश्राम )
उदाहरण:
पलभर प्रिय छामें दिल टाँसेर फोटो
अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो
पुलकित यति पारी मयुरीले नसोध
छमछम र त नाचें दिल टाँसेर फोटो
शब्द: पोष्टराज चापागाईं
६. भृकुटी छन्द
अक्षर : १४
(७ अक्षरमा विश्राम)
७. छुकुङरी छन्द
अक्षर : १३
(४ र ८ अक्षरमा विश्राम)
८. क्याबुरा छन्द
अक्षर : १२
(३, ७ र १० अक्षरमा विश्राम)
९. निरेखा छन्द
अक्षर : १४
(४ र ८ अक्षरमा विश्राम)
(४ र ८ अक्षरमा विश्राम)
१०. गौगिरी छन्द
अक्षर : १२
(३ र ६ अक्षरमा बिश्राम)
११. पुत्खाङ छन्द
अक्षर : १०
(५ अक्षरमा विश्राम)
(५ अक्षरमा विश्राम)
No comments:
Post a Comment