Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » मृत्यु बिषयलाइ लिएर मुक्तक को घमासान दोहोरि भाग -१

मृत्यु बिषयलाइ लिएर मुक्तक को घमासान दोहोरि भाग -१

नमस्कार ! 
म Pa Chuks , निकै मिठा र गहकिला मुक्तक हरु आए मेरो गजल मा र त्यसैलाई जवाफ फर्काउने कोसिस गर्दागर्दै निकै रमाइलो प्रस्तुति बन्न पुग्यो | गजलमा प्रतिक्रिया गर्नु हुने सम्पूर्णलाई धन्यबाद दिदै यस मुक्तक दोहोरीमा सहहागी हुनुहुने सम्पूर्णलाई विशेष धन्यबाद तथा आभार प्रकट गर्न चाहन्छु |

हुन त साहित्य कुलो जस्तै हो  जता लाग्यो उतै जान्छ , जता बगायो उतै सलल बग्छ तर त्यहाँ पनि पानी बाधक रहेको हुन्छ , जसले भद्रगोल हुन दिदैन  , यहाँ पनि सब्दहरु त्यसरी नै आफ्नो केन्द्रमै रहेर बहस भएको छ , सबैले आ-आफ्नो बिचार ब्यक्त गर्नुभएको छ !

निकै रोचक लागेर मलाई यहाँ राखौ झैँ लाग्यो , अब यस्तै घोषित मुक्तक दोहोरी चलाएर यहाँ सजाउने भएको छु , आसा छ यहाँहरु पुन: साथ मा रहनुहुनेछ

दोहोरीको मुख्य जड गजल :-


गजल _______________
रमितेको हुल बनाइ घेर्छन् होला मलाइ पनि 
चोखो भन्दै पिताम्बर बेर्छन् होला मलाइ पनि 

अकालमै मर्नेलाइ त चिरफार गर्छन् यहाँ 
टुक्रा पार्दै सरिर नै सेर्छन् होला मलाई पनि 

सेतै लाउने नुन बार्ने छन् कि मेरा कतै कोहि 
स्वोर्ग जाने वस्त्र कात्रो फेर्छन् होला मलाइ पनि 

लावालस्कर भिड हुन्छ संख को त्यो धुन हुन्छ 
पाखा बसी गिर्दा लाग्दै हेर्छन् होला मलाइ पनि 

आँसु धारा बग्लान् कतै कोलाहाल बन्ला कतै 
शोकाकुल श्रद्धाञ्जली केर्छन् होला मलाइ पनि

-प्रकाश अर्याल “चुकुप्रकाश” 
हाल : भारत



दोहोरीमा सगभागी हुनुहुने यहाँहरुलाई धन्यवाद !!

 











हेरौ कस्तो बन्यो यो मुक्तक दोहोरि -


Bimal Parajuli 
मान्छे मर्दा के चाहिन्छ जोहो गर्दै गर !!
कस्तो कात्रो ओढाइन्छ जोहो गर्दै गर !!

मलामीले ल्याउदा हुन बजाउने शंख !
हरियो बाँस काँ पाइन्छ जोहो गर्दै गर !!
.................................................
Pa Chuks

राखे राखून फाले फालून मृत लासलाई
जतन गरि पाले पालून मृत लासलाई
मरे पछी के नै हुन्छ जे गरेनी उसलाई
घाटमा लागि बाले बालुन मृत लासलाई
................................................

Bimal Parajuli  -

हेर्ने मन भए यहिँ ढलेको छु हेर !!
चितामाथी कात्रो ओढी जलेको छु हेर !!
राम नाम सत्य हो को गुञ्जायस सँगै !
जोर संख अघि लगाई चलेको छु हेर!!
.................................................
Pa Chuks

Bimal Parajuli जी को लागि जवाफ ..

कसलाई हेरौ कहाँ हेरौ आफै ढलिसकें !!
झरेको त्यो फल जस्तै आफै गलिसके !!
पाखा पाखा संख ध्वोनी गुन्जेको छ यहाँ !
मलामी नि जान पाइन आफै बलिसकें !!

.................................................
Prem Katwal जी लेख्नु हुन्छ -

राम नाम सत्य जप्दै मलामीका तातले!
घाट पुर्याई दाग बत्ति देलान कस्को हातले!!
रित्तै जानु पर्छ नत कात्रै गोजिवाला!
बेकार छ मै हुँ भन्नु मानिसको जातले!!

.................................................

Pa Chuks
प्रेम जी को लागी उत्तर -

देस जलिसक्यो यहाँ मान्छे बलिसक्यो !!
जताततै रुख रुखमा मान्छे फलिसक्यो !!
संख फुक्ने को छ यहाँ घाट लाने हो छ !
दाग बत्ति दिने पनि मान्छे ढलिसक्यो !!
.................................................

Prem Katwal

आफ्नै दुनो सोझो पारौं, किन चिन्ता लिनु!
जे भएनि बाँच्ने आसा, राख्नु पर्छ झिनु!!
कोहि जान्छन मिति पुगि, कोहि आफैं फल्छन्!
मर्ने मर्छ बाँच्ने ले त, फाल्नै पर्यो सिनु!!

.................................................

Pa Chuks
 यसरि उत्तर दिएँ ..

मरे पछि फाल्ने यहाँ कोहि भेटिदैन
बाचुन्जेल पाल्ने यहाँ कोहि भेटिदैन
दुनियालाई बिगार्नेछन् पैसा पाएपछी
भत्केकोलाइ टाल्ने यहाँ कोहि भेटिदैन
.................................................


क्रमसः भाग २ 
Share this article :

5 comments:

Unknown said...

Prakas vai nepali unicod ta xaina....roman mai alikati la....


Mrityu paxi bacheko din ganne kohi vae..
Aam manis bhanda bhinna anya kohi vae..
Bhete jasto hunthyo hola jindagiko aartha..
Mare paxi estai hunxa vanne kohi vae..

Unknown said...

मैले पनि जानि नजानी लेख्ने कोशिश गरेको छु ।

मरेपछि सबै घाटतिर चल्नुपर्छ लासले ।।
संस्कार पुरा गर्दै चितामा जल्नुपर्छ लासले ।।
कति जल्छन् चितामा खरानी हुन अनि कति ।
खाडल भित्रै माटोसँग गल्नुपर्छ लासले ।।

Unknown said...

मैले पनि जानि नजानी लेख्ने कोशिश गरेको छु ।

मरेपछि सबै घाटतिर चल्नुपर्छ लासले ।।
संस्कार पुरा गर्दै चितामा जल्नुपर्छ लासले ।।
कति जल्छन् चितामा खरानी हुन अनि कति ।
खाडल भित्रै माटोसँग गल्नुपर्छ लासले ।।

Prakash blog store said...

धन्यबाद यहाँहरु सम्पूर्णलाइ ,
दाजु (निरज भट्ट) , यसै ब्लग को Right Side मा Nepal and Nepali भन्ने Option छ , जहाँ बाट नेपाली युनिकोड प्रयोग गर्न सकिन्छ | हजुरको यो मुक्तकलाइ ब्लगमा स्थान दिनेछु | धन्यबाद !

Prakash blog store said...

parshuram pradhan सर ,
यहालाई धन्यबाद ! हजुरको यो मुक्तक स-सम्मानित ब्लग मा समाबेस गर्नेछु | धन्यबाद !

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger