नारायण मगर
लाहुरे बा,की छोरी सुन्तली छिन् रे!!
मान्छे राम्री अली नक्कली छिन् रे!!
कस्तो खालको केटी भन्छन सबैले,
बानी त्यस्तै बिचारी चन्चली छिन् रे!!
मनमा लागेको कुरा सोच्दै नसोची,
बोली हाल्ने बिचैमा अथली छिन् रे!!
दुनीयाले बाहिरी कुरो जस्तो काटेनी,
भित्री रुपमा सुन्तली मखमली छिन् रे!!
मान्छे राम्री चट्ट जिउडाल मिलेको,
रुप रङगंले बगेकी सलसली छिन् रे!!
किती केटाहरुको त दिन रात उनिकै,
मुखमा नाम आँखभरी झलझली छिन् रे!!
No comments:
Post a Comment