गजल
मैले रुन्छु तिम्रो साटो तिमी मुस्कुराउ सधै
पूर्णीमाको जूनले जस्तै रात चम्काउ सधै ।।
बचनैको बाण हानी बरु तड्पाउ सधै ।।
पर्ने छैन दुखी बन्न मेरो कारण कतै
पीडा भुली खुशी खुशी तिमी रमाउ सधै ।।
भविस्यमा बन्ने छैन तिम्रो तगारो कहिँ
अतीतकै तिता मिठा याद पठाउ सधै ।।
बिसाएर बिन्ती मनको आयो "दिनेश" आज
हे ईश्वर उनी माथी खुसी बर्साउ सधै।।
दिनेश भाट
धारापानी ७ अर्घाखाँची
No comments:
Post a Comment