.
सपनीमा मातृभूमि देखेर रमाएँ
तड्पीदा यो मुटु मेरो सेकेर रमाएँ
.
चारैतिर मरुभूमि, बालुवा थ्यो जतै
धुलो माथि देशको नाम लेखेर रमाएँ
.
गरिबीले विदेशिएँ दु:ख खप्नै पर्यो
सिउँडीको काँडामा'नि टेकेर रमाएँ
.
सुख खोज्दै भौतारिदा बिराना बस्तीमा
गरिब मेरा दाजुभाइ भेटेर रमाएँ
.
सम्झिएर घर गाउँ आँखा रसाए'नि
परेलिमै सारा आँसु छेकेर रमाएँ
.
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग ,
No comments:
Post a Comment