Pages

Home » » मुक्तक दोहोरि तेस्रो शृंखला - छैटौं अंश

मुक्तक दोहोरि तेस्रो शृंखला - छैटौं अंश

Anuragi Binod Gaire 
 एक अर्काको चित्त बुझे मेरो भन्नु केहि छैन
घाम पानीमा सगैँ रुझे मेरो भन्नु केहि छैन
कामना छ हाँसि खुशि चलाउ अब जीवन लिला

तिम्लाई देउतै सम्झि पुजे मेरो भन्नु केहि छैन

..............................................................................
Anish Bista 
 Rashmi Rodan जि लाई

पोखरी लाई ताल कसरी देखे

तिम्रो मन बिशाल कसरी देखे
पिठ्युँ बाटै छुरा रोप्यौनी आखिर
कठै साहशी चाल कसरी देखे
-कालिकोटे...........................................................................

Anuragi Binod Gaire Anis lai
उस्को आफ्नै जिन्दगी छ दखल नगर्नु
स्वार्थी छ ससांर सम्झाउने पहल नगर्नु
 

आफ्नो लागि सोच्नु छोड्नु दुनियाको चिन्ता गर्न
बेफाईदाको समस्याको सरल नगर्नु

..........................................................................
 Anish Bista 
 Anuragi Gaire जि लाई

मैले भाग्न खोजे कै हो, उस्को यादले रोक्यो

अलग बाटो रोजे कै हो, उस्को यादले रोक्यो
उहीँ अतितले पोल्छ मेरो मन हरदिन
मृत्यु पनि सोचे कै हो, उस्को यादले रोक्यो

..........................................................................
Anuragi Binod Gaire 
 Anish lai
भुल्दै जानु बिस्तारै पागल नबन्नु
आफूलाई पुर्ने खाडल आफै नखन्नु
 

काला गए गोरा आउँछन बाच्नु पर्छ हाँसि हाँसि
उस्ले छोडि गई भनेर मर्छु नभन्नु

...................................................................

Anish Bista 
 Anuragi जि लाई

मुटु उतै साटियो अन्त केही सोच्या छैन

माया प्रेम बाडियो अन्त केही सोच्या छैन
मन परेको नपाए उरु कोहि चाहिन्न हजुर
जिन्दगी नै अड्कियो अन्त केही सोच्या छैन


.....................................................................
Anuragi Binod Gaire  
Anish lai
खुट्टा भए जुत्ता हुन्छ हतार नगर्नु
बिना सित्ती जिन्दगी बेकार नगर्नु

पाउनु मात्रै माया हैन गुमाउनु नि माया नै हो
एकल काँटे जीवनको बिचार नगर्नु

....................................................................

       
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger