Rashmi Rodan
आफु भन्दा ठुलाहरुलाई मान्न पर्छ बाबै।
बाउ बाजेको पुर्ख्यौली सान धान्न पर्छ बाबै।
मलाई तिमी तिमीलाई म यत्ती भर का पुग्छर?
बाउ आमाको मनले खाकी छान्न पर्छ बाबै।
(रोदन)
.................................................................................
Pa Chuks
Rashmi Rodan
आमा मलाई मुटु ठान्छिन मैले तिम्लाई ठान्छु
आफ्नो मुटु गुमाइ गुमाई किन पुर्खा मान्छु ?
सिधा कुरा तिमि बिना बाँच्न पनि सक्दिन म
माने मान्छन नमाने भगाएर तिमीलाई लान्छु
-chuku
...............................................................................
Rashmi Rodan
तिमीले पनि माया माया गर्छौ मैले पनि गर्छु।
खै के खै के म त चुकु दोधारमा पो पर्छु।।
तिमीलाई हेरी झ्याप्पै आटौं समाज तर्केलाकी?
भईगो बरु गाउ नै छोडि अन्त कतै सर्छु।
(रोदन)
...........................................................................
Pa Chuks
Rashmi Rodan .. feri
मैले पनि खोज्या त्यै हो कुराले मेल खायो
नसुन्ने ल ! समाजमा कसले के गित गायो
एक्लो हुन्छौ हामि त्यहाँ तर माया पाउछौ
साथि भन्छन् चुकु ले त माया को घर छायो
-चुकु
................................................................................
Rashmi Rodan
हुन्छ चुकु फेरी धोका दिन पाउने छैन।
तिमी नै हौ देउता मेरो मन्दिर धाउने छैन।
आशु हासो हर घडीमा तिमिले साथ दिए।
दु:ख पाउदा माइती घरमा रुन आउने छैन।
(रोदन)
.................................................................................
Pa Chuks
Rashmi Rodan ji
मैले पनि तिम्लाई आफ्नै मान्न पाउनु पर्छ
माया गरि पाट्ट पुट्ट हान्न पाउन पर्छ
कैले कैले रिसै रिसले खटन पनि लाउला
त्यो मनको भित्रि चाह जान्न पाउनु पर्छ
-चुकु
.......................................................................................
Rashmi Rodan
तिमीले कुटे शहन्छु म हात फर्काउन नपरोस है।
ज्वाँईले पिटे आमा भन्दै कुरा लाउन नपरोस है।
बुढा बुढीको झगडा त परालको आगो भन्छन्।।
पारपाचुके पत्र बोकी चौकी धाउन नपरोस है।।
(रोदन)
....................................................................................
Pa Chuks
Rashmi Rodan जी लाइ यो ल ...
घर सल्लाह खास्याक्खुसुक माइतीलाई नभन्नु नि
कैले काहिको ठट्याक्ठुटुक माइतीलाई नभन्नु नि
छिन छिनमै तानातान त कैले चप्पल् हानाहान
हामि बिचको कच्याक्कुचुक माइतीलाई नभन्नु नि
-चुकु
................................................................................................
मुक्तक दोहोरि तेस्रो शृंखला - पाँचौ अंश
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- परदेश विशेष मुक्तक दोहोरि सातौँ शृंखला जगत आधिकारी 'अनमोल' को साथ मा
- चुकुप्रकाश सातौँ मुक्तक दोहोरि , जगत अधिकारि अनमोल को साथमा ( भाग - २ )
- चुकुप्रकाश सातौँ मुक्तक दोहोरि , जगत अधिकारि अनमोल को साथमा ( भाग - ३ )
- चुकुप्रकाश सातौँ मुक्तक दोहोरि , जगत अधिकारि अनमोल को साथमा ( भाग - १ )
- आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भन्तानाको साथमा
- पाँचौ मुक्तक दोहोरि - भण्डारी दाइको साथ मा
- मुक्तक दोहोरि तेस्रो शृंखला - सातौँ अंश
- मुक्तक दोहोरि तेस्रो शृंखला - छैटौं अंश
- मुक्तक दोहोरि तेस्रो शृंखला - तेस्रो अंश

Labels:
दोहोरि
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment