देशको शिर उचा गर्ने किसान हामी नै हौ
रात दिन लागि पर्ने किसान हामी नै हौँ
अपनाउनु पर्छ अब आधुनिक खेती
जगतको पेट भर्ने किसान हामी नै हौँ
पारिसक्यो सरकारले ,कृषि माथि नजर
फेरी किन पछी सर्ने? किसान हामी नै हौँ
भन्छु म त किसान लाई संसारकै पिता
यत्र तत्र ज्योति छर्ने किसान हामी नै हौँ
लाग जाग आघि बढ उन्नत खेती तर्फ
होइन भने भोकै मर्ने किसान हामी नै हौँ
-प्रकाश अर्याल "चुकुप्रकाश"
Prakash Aryal 'chukuprakash'
Nalang 7 Baireni Dhading
विश्राम ४-४-६
राष्ट्रिय धान दिवस २०६१ को अवसरमा सम्पन्न भएको नालाङ कृषि महोत्सव तथा रोपाइँ कार्यक्रममा वाचन गरिएको
No comments:
Post a Comment