III III SSS ISS ISS
गजल
कदम कदम चालेको तिमीले भुलेछौ/
शितल नहर तारेको तिमीले भुलेछौ//
म त ति नजरमा रम्दै डुलेथेँ पियारी/
अनि मुसुमुसु हाँसेको तिमीले भुलेछौ//
जब कि मिलनको धेरै अपेक्षा बढेथ्यो/
तब छमछम नाँचेको तिमीले भुलेछौ//
कति कति म रमाएँथे मिलेरै खुलेथेँ/
सपथ लिएर बाँधेको तिमीले भुलेछौ//
धडकन पनि रोके झैँ बनायौ निठूरी/
बचन दिएर मागेको तिमीले भुलेछौ//
-हर्कराज भूटानी
1 comment:
मिठो गजल दाइ ।
Post a Comment