
जान्छेउ भने हासी हासी बाई भन्दिन्छु ll
को पर्छे तेरो भनी सोध्छन मलाई सबैले
खै चिन्दीन मैले भनी नाई भन्दिन्छु ll
जबरजस्ती गर्न सक्छन मनको बेथा खोल्न
थियो उसको दुई दिनको झाई भन्दिन्छु ll
माया थियो एक आपसमा छुटाएर गई
एता बाट अर्कै सङ्ग धाई भन्दिन्छु ll
म गरीब शुख चयन कहा दिन सक्छु
धनि बाउको एक्लो छोरो पाई भन्दिन्छु ll
नोट- रेडीमेड कमेन्ट गर्नेलाई ब्लाक गर्नेछु ।
दीपक अधिकारी चञ्चल
सन्धिखर्क अर्घाखाँची
No comments:
Post a Comment