अञ्जनी कुमार
तिमीलाई हेर्छु मात्र छुन सक्दिन मचाहेर नि कै'ले तिम्रो हुन सक्दिन म
रहरहरू बालुवामा पानी जस्तै भए
छोरा मान्छे भएकोले रून सक्दिन म
सपनाको ठूलै भारि बोकि बसेको छु
धेरै धेरै माया दिन्छु सुन सक्दिन म
यो मुटुको पानाभरि तिम्रै छाप बस्यो
ज्यान दिन सक्छु तारा जून सक्दिन म
तिम्रै पीरले अञ्जनीको रक्तचाप बढ्यो
सबै कुरा खान सक्छु नून सक्दिन म
-अञ्जनी कुमार
No comments:
Post a Comment