आँसु रैछ हाँसो रैछ,हाम्रो काठमाडौँमा
धूलो,मैलो,ध्वाँसो रैछ,हाम्रो काठमाडौँमा
अर्कालाई खसालेर,कुरा काट्छन् सधैँ
अनावश्यक चासो रैछ,हाम्रो काठमाडौँमा
कतै देखेँ पिडा मात्रै,कतै छत्तोखेलो
कतै गल पासो रैछ,हाम्रो काठमाडौँमा
कता कता हराएछन्,आदिबासी मान्छे
नयाँ रासोबासो रैछ,हाम्रो काठमाडौँमा
थोत्रा थाम्रा चिथडाले,भरिएछ टन्नै
जताततै गाँसो रैछ,हाम्रो काठमाडौँमा
सास्ती दिँदै पछि लागे,बाधा अड्चन धेरै
दुखै मात्र टाँसो रैछ,हाम्रो काठमाडौँमा
बाँच्न सहज छैन यहाँ,अभावले डस्दा
जिन्दगी नै नासो रैछ,हाम्रो काठमाडौँमा
सुशान्तिको बाटो कुर्दै,थाकेकाछन् सबै
व्यक्ति व्यक्ति प्यासो रैछ,हाम्रो काठमाडौँमा
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क
अनावश्यक चासो रैछ,हाम्रो काठमाडौँमा
कतै देखेँ पिडा मात्रै,कतै छत्तोखेलो
कतै गल पासो रैछ,हाम्रो काठमाडौँमा
कता कता हराएछन्,आदिबासी मान्छे
नयाँ रासोबासो रैछ,हाम्रो काठमाडौँमा
थोत्रा थाम्रा चिथडाले,भरिएछ टन्नै
जताततै गाँसो रैछ,हाम्रो काठमाडौँमा
सास्ती दिँदै पछि लागे,बाधा अड्चन धेरै
दुखै मात्र टाँसो रैछ,हाम्रो काठमाडौँमा
बाँच्न सहज छैन यहाँ,अभावले डस्दा
जिन्दगी नै नासो रैछ,हाम्रो काठमाडौँमा
सुशान्तिको बाटो कुर्दै,थाकेकाछन् सबै
व्यक्ति व्यक्ति प्यासो रैछ,हाम्रो काठमाडौँमा
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क
No comments:
Post a Comment