घर छोड्न नचाहेरै, पर्देशीएं म त ।
कर्मलाई दोस लगाएरै, पर्देशिएं म त ।
घर साहुको लीलामी भो, खेत बाढिले लाग्यो ।
केही उपाय नलाएरै, पर्देशिएं म त ।
देव सागर, स्याङ्जा- Shiva Subedi दर्शन सम्पुर्ण मुक्तक मन हरुमा।।।_________________________________________________________
देव सागर सर ।।
नयन हरु भिजाउछु सधैं सधैं परदेशमा ।
स्वप्निल संसार फिजाउछु सधैं सधैं परदेशमा ।
बा-आमा प्यारी संगै लेक बेशिं सम्झिएर ।
भित्री मन बिझाउछु सधैं सधैं परदेशमा । - आफ्नै भाई बन्धुबाट बेचिएका कत्ति होलान ।।गाँश खोज्दै प्रदेशमा भासिएका कति होलान ।।दुख गरी मायाले झन पुरै पोल्टो भर्दिएसी ।उसैलाई जोगीबनाई टाढिएका कत्ति होलान ।।_________________________________________________________
सुमन दंगाल
काठमाण्डौ , हाल दोहा - जगत अधिकारी 'अनमोल' Shiva Subedi sir ko jawaf...._________________________________________________________
खै कस्ले पो दाया गर्छ परदेशमा
रातोदिन दुखगर्नु पर्छ परदेशमा
कामै कामले हातभरि निलो ठेला हुन्छ
मुखबाट काचो रगत झर्छ परदेरशमा |
जागत अधिकारि खोटाङ - राम चन्द्र क्षेत्री जगत सरलाई जवाफ है यो_________________________________________________________
फर्किएर आउ छोरा भन्दै छिन आमा
तिमी आउने दिन मैना गन्दै छिन आमा
बुढेसकालको साहारा तिमी मात्रै छौ
तिम्रै पिरले डुब्ने घाम बन्दै छिन आमा
राम चन्द्र क्षेत्री
पोखरा हाल अफ्गानिस्तान - 'देव' सागर @सबैमा_________________________________________________________
मर्नै परेपनी देशको, झन्डा चुकाउदिन ।
कही गएनी,यो नेपाली, सिर झुकाउदिन ।
आफ्नो सान उच्च राखी, मेहनत गर्छु
नेपालीको बानी, आफ्नो गल्ती लुकाउदिन ।
देव सागर, स्याङ्जा - भवानी हुमागाईं यस्तै भयेर दुख्छ मन परदेशमा सबैको ....._________________________________________________________
अझै एक दुई साललाई यतै बस्ने करार भएर दुखे म ,
समाउन सकिन यो मनलाई उतैतिर फरार भएर दुखे म
ति उकाली ओराली अनी झरी बादल आँखा भरी छन,
नमेटिने यादहरुले सताउदा मनभरी दरार भएर दुखे म
भवानी सुनामी
काठमाडौं ।। - Jak Parkas Rai आमा बाध्य ताको मारमा परि प्रदेशिए_________________________________________________________
साउहुको रिनको भारमा परी प्रदेशिए
दुख र कष्ट फाल्छु भनी हिढ्दैछु आज
दुखै दुख पिडा को बारमा परि प्रदेशिए
जक प्रकाश राई
पाँचथर सिदिन
हाल:मरुभूमि तिर धुलो उडाउदै - पर्देस बाट फर्की आउ चोलीको कुरा नगर_________________________________________________________
दसै तीहार अनी फेरी होलीको कुरा नगर
आसु झर्छ सम्झी ल्याउदा हीजो आज सधै
रूवाएर बर्तमानलाइ भोली को कुरा नगर
जगत - घरमै हुन्थें म अभाव नहुँदो हो त
साहुको मलाई दबाव नहुँदो हो त
राम्रो संग चिन्ने थिएँ होला सबैले
त्यो भगवानमा नकाव नहुँदो हो त
राम कँडेल बाग्लुङ
हाल दक्षिण कोरिया
चुकुप्रकाश सातौँ मुक्तक दोहोरि , जगत अधिकारि अनमोल को साथमा ( भाग - १ )
Labels:
दोहोरि
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment