SSI SII ISI ISI SS
हाँसेर नाँच्दछ हजार मुनाल हाम्रो/
देखेर कन्चन चटक्क हिमाल हाम्रो/
टेकेर सन्दुक नहाँस्नु बुवा तिमीले/
साँचेर इज्जत सजाउ विशाल हाम्रो/
फुल्दैछ फूलहरु यो भुमिमा अनेकौँ/
बैँशालु सुन्दर गुराँस उचाल हाम्रो/
दु:खी छ आँगन भरेर तनाब जाहाँ/
खोला र सागर बनेर पखाल हाम्रो/
माया र जीवन बराबर लाग्छ आमा/
बाँडेर जाउन मरे त पताल हाम्रो/
:- हर्कराज 'भूटानी'
No comments:
Post a Comment