तिमी फुल बनेर फुल्थ्यौ म नी फुल्थेँ तिम्रै वरीपरी
तिमी धुन बनेर भुल्थ्यौ म नी भुल्थेँ तिम्रै वरीपरी।
पिडाहरु एकातिर पन्छाएर हाँसो खुसी सजाएर
तिमी गुन बनेर घुल्थ्यौ म नी घुल्थेँ तिम्रै वरीपरी।
ईन्द्रेणीको रंग भर्दै रंग छर्दै त्यो निलो गगनमा सधैँ
तिमी सुन बनेर खुल्थ्यौ म नी खुल्थेँ तिम्रै वरीपरी।
जब सन्ध्या हुन्थ्यो डाँडापारी मन्द मन्द पवनमा सजिँदै
तिमी जुन बनेर झुल्थ्यौ म नी झुल्थेँ तिम्रै वरीपरी।

No comments:
Post a Comment