'देव' सागर
स्याङ्जा
म यसरी परदेश पसे ..............
घर छोड्न नचाहेरै, पर्देशीएं म त ।
कर्मलाई दोस लगाएरै, पर्देशिएं म त ।
घर साहुको लीलामी भो, खेत बाढिले लाग्यो ।
केही उपाय नलाएरै, पर्देशिएं म त ।
देव सागर, स्याङ्जा
_________________________________________________________
हट्ने हैन डटी लड्न, एकता छ हाम्रो ।
मुटुभरी नेपालकै, ममता छ हाम्रो ।
प्यारो जन्मभुमी छोड्ने, रहर कस्लाई छ र ??
बिदेशिनु रहर हैन, बाध्यता छ हाम्रो ।
देव सागर, स्याङ्जा, हाल कोरिया
_______________________________________________________
बस्दिन यहाँ मरी-मरी, फर्कने छु प्यारी ।
घरमा केही खुशी भरी, फर्किने छु प्यारी ।
मेरो जन्मभुमी अनी,तिमिलाई भेट्न
एकै बर्श दु:ख गरी, फर्किने छु प्यारी ।
देव सागर , स्याङ्जा हाल कोरिया
_______________________________________________________
बुझ्ने मन छ बिशेष तिमी, किन हिंडेकी हौ ?
सुन्य पारी मधेस तिमी, किन हिंडेकी हौ ?
छोरी मान्छे घर छोडि, हिंड्न हुन्न भन्छन ।
घर छोडेर बिदेश तिमी, किन हिंडेकी हौ ?
देव सागर, स्याङ्जा , हाल कोरिया
_______________________________________________________
रहरमा मुग्लान पसी, फुर्ती नलाउ मित्र ।
अनी आफ्नै साथी डसी, फुर्ती नलौ मित्र ।
आफ्नै देशमा केही गरी, बसेको छु म त
कुल्ली बनी बिदेस बसी, फुर्ती नलाउ मित्र।
_____________________________________________________
बिदेशै बस्, तेरी श्वास्नी, भगाईदिन्छु साइला ।
तेरा पैसा मैले डाडा, नघाइदिन्छु साइला ।
धन्न बिदेश पसीछस् तं, मलाई रजाइ भयो
तेरो थोत्रो घरमा ताला, लगाइदिन्छु साइला ।
_______________________________________________________
ब्यर्थै बिदेश तरे भन्दै, ठुले रुन्छ पर्देशमा ।
अलपत्र परे भन्दै , ठुले रुन्छ पर्देशमा ।
दुख्ख काम, तातो घाम, पिडा खप्न नसकेर
लौ न म त मरे भन्दै, ठुले रुन्छ पर्देशमा ।
_______________________________________________________
नेपालमै भेडा अनी बाख्रा चराउ साथी ।
आफ्नै देशमा मेहनत, गरी देखाउ साथी ।
साथी सम्झी, यदी मैले, भन्या मान्ने भए
गिट्टी कुट नेपालमै, बिदेश नआउ साथी ।
_______________________________________________________
No comments:
Post a Comment