गज़ल ______________
तिम्रो लागि म थे बिशाल धर्ती,आकाश त्यतिखेर
उजाड तिम्रो जिन्दगी को मधु मास त्यतिखेर ।।
पल्मोनरी सिराभरी रगत भइ बहेथे म तिम्रो,
मुटु,धड्कन झै बन्थे म तिम्रो हर श्वास त्यतिखेर।।
बिक्षिप्त उन्मादमा तिमी तड्पिन्थ्यौ मायाको भोकमा,
सहजै सक्थे म मेट्न त्यो तिम्रो प्यास त्यतिखेर ।।
बेहोसी यौवनका छाल मधुमत्त भै जाग्दथ्यो,
बेरिदा यी अंगालो भित्र थिएन सन्त्रास त्यतिखेर।।
फक्रदो प्रेम आकुरा जे हेर्यो सुन्दर दृश्य त्यो,
थेन दुख र कष्ट अभावको आभास त्यतिखेर।।
ढल्कियो उमेर ऐले सामर्थ्य जवानी पनि,
नदिने झर्न यौवनलाई थियो आश त्यतिखेर।।।
-सम्झना अर्याल "दर्पण"
हाल : अमेरिका

No comments:
Post a Comment