दशैँ बिशेष(कबिता)
******************
खै दशैँ यसपाली कसरी आउँदैछौ तिमी
गरीबको दसा बनेर पक्कै आउँदैनौ होला
जड्ँयाको भट्टीबनेर पक्कै आउँदैनौ होला
यदी आउनेनै भए-----!
गरिबका ढुकुटीमा अन्न बनेर आउ
चिसो चुलोमा बाल्ने दाउरा बनेर आउ
रेष्टुरेन्टको महंगो परिकार चाहिन्न
गाँउ घरकै गुन्द्रुक सिन्की बनेर आउ
******************
खै दशैँ यसपाली कसरी आउँदैछौ तिमी
गरीबको दसा बनेर पक्कै आउँदैनौ होला
जड्ँयाको भट्टीबनेर पक्कै आउँदैनौ होला
यदी आउनेनै भए-----!
गरिबका ढुकुटीमा अन्न बनेर आउ
चिसो चुलोमा बाल्ने दाउरा बनेर आउ
रेष्टुरेन्टको महंगो परिकार चाहिन्न
गाँउ घरकै गुन्द्रुक सिन्की बनेर आउ
पजेरो चाड्नेसंग खसी बोका मागे पनि
गरिबसंग खसी बोका पक्कै माग्दैनौ होला
महलमा बस्नेसंग कोट प्यान्टमा टाई मागे पनि
हाम्रा फाटेका दौरा सुरवाल देख्दा भागदैनौ होला
त्यसैले आउन त आउ तिमी
तर गरिबकाे दसा बनेर नआऊ
बर्षमा एक चोटी आउने तिमी
खुसीयाली र मेलमिलापका जमरा लिएर आउ
बस्ती बस्तीमा मिठो आशि्रवाद लिएर आउ
अनि......
देशको मुहार फेर्ने नयाँ सोच बनेर आउ ।
टेक भण्डारी
Salisbury (Adelaide )
South Australia
गरिबसंग खसी बोका पक्कै माग्दैनौ होला
महलमा बस्नेसंग कोट प्यान्टमा टाई मागे पनि
हाम्रा फाटेका दौरा सुरवाल देख्दा भागदैनौ होला
त्यसैले आउन त आउ तिमी
तर गरिबकाे दसा बनेर नआऊ
बर्षमा एक चोटी आउने तिमी
खुसीयाली र मेलमिलापका जमरा लिएर आउ
बस्ती बस्तीमा मिठो आशि्रवाद लिएर आउ
अनि......
देशको मुहार फेर्ने नयाँ सोच बनेर आउ ।
टेक भण्डारी
Salisbury (Adelaide )
South Australia
No comments:
Post a Comment