सजाय
...................................................
निकै कोट्याउँछ
यो समय
तर के गर्नु ? -- पुगिसरि नै छैन ।
...................................................
निकै कोट्याउँछ
यो समय
तर के गर्नु ? -- पुगिसरि नै छैन ।
सेतै फुलेका छन् कपाल
बा-अामाका,
अाशा हुँदो हो --
छोरो सरकारी जागिर खाअोस् ।
तर के जानून्
कसेको लामो लार्इन
दफ्तर बाहिर जागिरकालागि
प्रमाणपत्र जो कमाएको थिएँ
टुप्पी कसेर
तर खैर,
निकै चोटिलोछ
यो समय
र के गर्नु ? -- भाग्यमा नै छैन ।
बा-अामाका,
अाशा हुँदो हो --
छोरो सरकारी जागिर खाअोस् ।
तर के जानून्
कसेको लामो लार्इन
दफ्तर बाहिर जागिरकालागि
प्रमाणपत्र जो कमाएको थिएँ
टुप्पी कसेर
तर खैर,
निकै चोटिलोछ
यो समय
र के गर्नु ? -- भाग्यमा नै छैन ।
साह्रै खुम्चेका छन् वैंशमा
पत्नीका गाला,
अाशा हुँदो हो --
भरपर्दो अाम्दानी तलब ल्याअोस् ।
तर के जानून्
हाकिमका मासिक चिन्ह
अाम्दानीका लागि धाएकोछु
सेवा जो गरेको थिएँ
र्इमान बेचेर
तर खैर,
निकै बिझाउँदोछ
यो समय
र के गर्नु ? -- कर्ममा नै छैन ।
पत्नीका गाला,
अाशा हुँदो हो --
भरपर्दो अाम्दानी तलब ल्याअोस् ।
तर के जानून्
हाकिमका मासिक चिन्ह
अाम्दानीका लागि धाएकोछु
सेवा जो गरेको थिएँ
र्इमान बेचेर
तर खैर,
निकै बिझाउँदोछ
यो समय
र के गर्नु ? -- कर्ममा नै छैन ।
साह्रै चञ्चले छन् बालकैमा
सन्तानका छवि,
अाँशा हुँदो हो --
लुटपुट काँखमा घुकुती खेलाअोस् ।
तर के जानून्
मान्छेका मुठ्ठीको समय
उसको अादेशमा गिरेकोछु
लिलाम जो गरेको थिएँ
पाैरखी अाचरण
तर खैर,
निकै सताउँदोछ
यो समय
र के गर्नु ? -- पुर्पुरोमा नै छैन ।
सन्तानका छवि,
अाँशा हुँदो हो --
लुटपुट काँखमा घुकुती खेलाअोस् ।
तर के जानून्
मान्छेका मुठ्ठीको समय
उसको अादेशमा गिरेकोछु
लिलाम जो गरेको थिएँ
पाैरखी अाचरण
तर खैर,
निकै सताउँदोछ
यो समय
र के गर्नु ? -- पुर्पुरोमा नै छैन ।
अझै कोट्याउँछ
यो समय
कोट्याइरा'छ ।
अब बाँकी के नै छ र ?
अाजकल बानी परेछ
त्यति असर नै छैन ।
तरपनि अझै कोट्याउँछ
यो समय ।।
यो समय
कोट्याइरा'छ ।
अब बाँकी के नै छ र ?
अाजकल बानी परेछ
त्यति असर नै छैन ।
तरपनि अझै कोट्याउँछ
यो समय ।।
(०४ अाश्विन २०७१)
दिपेन्द्र देव
दिपेन्द्र देव
No comments:
Post a Comment