गजल
मेरो सानो झुप्रो भित्र माटाको नै चुलो हुन्थ्यो
तिम्रो घर मेरो भन्दा कैयौ गुना ठुलो हुन्थ्यो
मेरो सानो झुप्रो भित्र माटाको नै चुलो हुन्थ्यो
तिम्रो घर मेरो भन्दा कैयौ गुना ठुलो हुन्थ्यो
तिमी जस्तो कार्पेट माथी पाऊ राख्ने परिएन
मेरो सुत्ने बिस्तर मुनि ढुङ्गो,माटो,धुलो हुन्थ्यो
मेरो सुत्ने बिस्तर मुनि ढुङ्गो,माटो,धुलो हुन्थ्यो
तिम्रो घरको वरीपरी मिठाई मात्र मिल्थे होलान
मेरो घरमा जतातत्तै ओखती र मुलो हुन्थ्यो
मेरो घरमा जतातत्तै ओखती र मुलो हुन्थ्यो
जीवन संग रमाएर खित्ता छोड़ी हास्थ्यौ तिमी
तर मेरो आँशु झरी बग्दै जाने कुलो हुन्थ्यो
तर मेरो आँशु झरी बग्दै जाने कुलो हुन्थ्यो
बनारसे साड़ी संगै सेंडेल लगाई तिमी हिड्दा
मैले लाउने भोटो भरी च्यातिएको दुलो हुन्थ्यो
मैले लाउने भोटो भरी च्यातिएको दुलो हुन्थ्यो
रमेश के.सी
अर्घाखाँची
अर्घाखाँची
No comments:
Post a Comment