हाँसी हाँसी तिम्ले घात गरे पछि मन दुख्यो !
बाँस मागि! उता डेरा सरे पछी मन दुख्यो !!
बाँस मागि! उता डेरा सरे पछी मन दुख्यो !!
कैले पनि छोड्ने छैन काली तिम्रा हात भनी !
अप्ठ्यारोको जंघार एक्लै तरे पछि मन दुख्यो !!
अप्ठ्यारोको जंघार एक्लै तरे पछि मन दुख्यो !!
माया गर्ने बाहाना मा मनका रहर पूरा गरी !
मेरो मनका सारा खुसि हरे पछि मन दुख्यो !!
मेरो मनका सारा खुसि हरे पछि मन दुख्यो !!
तिम्रै खुशी हेर्न भनी आफ्ना खुसि मेटे अनि !
तिमी बिना बाँच्ने आसा मरे पछि मन दुख्यो !!
तिमी बिना बाँच्ने आसा मरे पछि मन दुख्यो !!
तिमी बाहेक अंरुलाई त छुदै छुन्न भन्थ्यौ हिजो !
आज सिँउदो अरूको नै भरे पछि मन दुख्यो !!
आज सिँउदो अरूको नै भरे पछि मन दुख्यो !!
,शिला कार्की
काठमाण्डौ
हाल कुवेत सिटी
काठमाण्डौ
हाल कुवेत सिटी
No comments:
Post a Comment