गजल
(असारे झ्याउरे लयमा )
३+२+३+२+३+३
(असारे झ्याउरे लयमा )
३+२+३+२+३+३
शान्तिको दिप बाल्नुछ,,बुद्ध फर्केर आउन !
अशान्ति लाई फाल्नुछ,,बुद्ध फर्केर आउन !!
अशान्ति लाई फाल्नुछ,,बुद्ध फर्केर आउन !!
हत्या र हिंसा फैलियो ,,धेरै इगाउँ बस्तीमा !
पापीको सत्ता ढाल्नुछ ,,बुद्ध फर्केर आउन !!
पापीको सत्ता ढाल्नुछ ,,बुद्ध फर्केर आउन !!
होमिएँ यहाँ मनुष्य ,,सबै पापकै मार्गमा !
मानवी धर्म पाल्नुछ ,,बुद्ध फर्केर आउन !!
मानवी धर्म पाल्नुछ ,,बुद्ध फर्केर आउन !!
संस्कृति लाई बेचिन्छ ,,यहाँ पैसाको आढमा!
बिकृती रोक्न थाल्नुछ ,,बुद्ध फर्केर आउन !!
बिकृती रोक्न थाल्नुछ ,,बुद्ध फर्केर आउन !!
अस्तित्व तिम्रो खोज्दैछ,,लुट्न बैरीले अचेल !
बैरीको मुख टाल्नुछ,, बुद्ध फर्केर आउन !!
बैरीको मुख टाल्नुछ,, बुद्ध फर्केर आउन !!
बिश्राम ८/८ अक्षरमा
हरीहर कँडेल
पाली अर्घाखाँची
पाली अर्घाखाँची
No comments:
Post a Comment