Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » युबराज गौतम "अंतर्मुखी" र दीपक अधिकारी "चञ्चल" ले गरे मेसेज मा मुक्तक दोहोरि बढ्दै छ मुक्तक दोहोरिको माया

युबराज गौतम "अंतर्मुखी" र दीपक अधिकारी "चञ्चल" ले गरे मेसेज मा मुक्तक दोहोरि बढ्दै छ मुक्तक दोहोरिको माया


साहित्यलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ | मेला पर्ब मा ठाडो भाका हाल्नु देखि पुस्तक प्रकाशित गर्नु साहित्य प्रस्तुतिको फरक पाटो हो | बिगत केहि महिना अघिदेखि चुकुप्रकाश साहित्यिक ब्लगले सुरु गरेको मुक्तक दोहोरि कार्यक्रम ऐले नेपाली साहित्य सर्जक सामु लोकप्रिय बन्न पुगेको छ | ब्लग बाट हरेक महिना विभिन्न सिर्सक बाट मुक्तक दोहोरि संचालन हुने गर्दछ | जहाँ हजारौं मुक्तकमन प्रभावित हुने गरेका छन् | मुक्तक सिक्ने र सिकाउने केन्द्र बिन्दु नै बनेको मुक्तक दोहोरि ऐले विभिन्न कार्यक्रम मा प्रस्तुत भएको पाहिन्छ | ऐले कुरा कुरामा मुक्तक दोहोरि , मेसेज मेसेज मा मुक्तक दोहोरि हुदै गर्दा यो मुक्तक दोहोरीले नेपाली साहित्य फाँटमा नया आयमा ल्याएको  छ मुक्तक दोहोरीले | डुब्दै गएको मुक्तक विधा ऐले निकै माथी परेको अनुभव सम्पूर्ण सर्जकहरुले गर्न थालेका छन् | र नेपाली मुक्तक लेखनमा पनि प्रचुर बिकास भएको छ | 

  मुक्तकलाई दोहोरीको माध्यमबाट प्रस्तुत गराउदै मुक्तकको बिस्तार मा अघि बढेको छ मुक्तक दोहोरि परिवार |फेसबुकमा Chukuprakash Muktak Dohori नामको एकाउन्ट बनाइएको छ ,  त्यहिँ खेलिन्छ मुक्तक दोहोरि |  सामाजिक संजाल फेसबुकको साहयताले हजारौं मुक्तककार सम्म पुगेको छ भने विभिन्न रेडियो को सहयोग बाट लाखौँ स्रोता सम्म मुक्तक दोहोरि अभियानको नारा | 
 ११ औं बृहत मुक्तक दोहोरी दाइजो बिशेष रहेको थियो | मुक्तक दोहोरीको  को सफल समापन पछी पनि मुक्तकमनमा भने मुक्तक दोहोरि खेल्ने चाह घटेको छैन | यसै सिलसिलामा मुक्तक दोहोरिलाइ माया गर्ने सहयोगी  मन तथा मुक्तक दोहोरि समितिका पूर्व ब्यबस्थापक दिपक अधिकारि चंचल  र सहयोगी युवराज गौतम अन्तर्मुखी बिच मेसेजमा भएको मुक्तक दोहोरि पनि निकै रोचक बनेको थियो | मुक्तककार गौतम धादिङबाट हुनुहुन्छ भने चंचल अर्घाखाँची बाट हुनुहुन्छ | हेरौं उहाहरु बीच भएको मङ्सिर बिषयको मुक्तक दोहोरि जस्ताको तस्तै : 


) दीपक

आउछु माग्न बाउ लाइ फकाएर राख |
छिट्टो बिहे गर्देउ भन्दै सताएर राख ||
जे गरेर हुन्छ हेर बिहे गर्नु पर्छ अब 
उसलाई माया गर्छु भन्दै बताएर राख |||

२) युबराज
भनेको जस्तो सजिलो हुन्न बा आमा मनाउन l
फर्केर छिट्टै आउनु है कान्छ बेहुली बनाउन ll
तिमी नै मेरो ताकेको मान्छे तिमी नै समर्पण्
हतार भयो तिम्रो नै नामको सिन्दूर लगाउन lll



३) दीपक
जसरी नी पर्छ काली बा आमा मनाउन l
मलाई हतार भै सक्यो आफ्नो बनाउन ll
चोखो माया गर्छेउ भने तिमीले मलाई 
यही मंसिरमा पर्छ अब सिउँदो रंगाउन lll

४) युबराज
तिम्रै भर पर्दा पर्दै आधि बैस गैसक्यो l
छिटो फर्की आउन अब ढिला भैसक्यो ll
अब कोही छैन गाउँमा एक्ली भए म
संगी साथी सबै डोली चढाइ लैसक्यो lll


५) दीपक
जुनि भरी मेरै भरमा पर्नु पर्छ तिमी l
माइती छोडी यता तीर सर्नु पर्छ तिमी ll
यतिन्जेल पर्खेउ भने अझै केहि दिन पर्ख
डोली चढ्नलाई प्रतीक्षा गर्नु पर्छ तिमी lll

६) युबराज
नपर्खेको कहाँ होर मैले तिम्लाई लाटा l
लर्को लागे माग्नलाई मलाई क्लिप काँटा ll
नाइ नाइ भन्दै कति भर्काउँ ति भमरालाई
छिटो भन्दा छिटो आउ लाग्नु पर्छ बाटा lll

७) दीपक 
दुई मुटु एक हुने दिन गनी बस लाटी l
सबै संग बिरानो झै बनी बस लाटी ll
बा आमाले अर्कै संग बिहे गर्न भने 
मैले अर्कै मन पराउछु भनी बस लाटी lll

८) युबराज
जवानीले छोपि सक्यो खै बुझेको तिम्ले कुरा l
ठुली भइ सकेँ अब नसोचन सँधै भुरा ll
ओठमा लाली गाजलु र रातो सारी संगै
लाउने रहर भयो मलाई लिइ आउनु चुरा lll


९) दीपक
सिंदूर पोते राता चुरा लिई धाउनेछु l
तिम्रो घरमा डोली सजाई पक्कै आउनेछु ll
रहर अब पूरा हुन्छ केहि दिन पछि 
यही हातले त्यो सिउँदो म सजाउने छु lll

१०) युबराज
धेरै भयो हजूरले यस्तो कुरा गर्या
बिर्स्या छैन अझै मैले पोहोर लगन टर्या ll
आउँछु आउँछु भन्दा भन्दै पछि सुन्नु पर्ला
अर्कैले जबर्जस्ती मेरो सिउँदो भर्या lll

११) दीपक 
अब यिनी सपनाहरू गर्नेछु पूरा l
ससुरा बा संग बिहेको चलाई कुरा ll
कस्ती हौली गुन्यू अनि चोलिमा तिमी
तेसै माथि हातै भरी लगाउँदा चुरा lll

१२) युबराज
हुन्छ हजूर छिटै आउनु नया जीवन सुरु गर्न l
आँधी हुरी संगै लडी संगै संगै सागर तर्न ll
जीवन जीउने अभियानमा हामी दुबै मिली
दुख सुख बटुलेर बाँच्ने अनी परे संगै मर्न ll


१३) दीपक
तिमी भए हासी हासी मर्न तैयार छू ।
पर्र्यो भने सात समुन्द्र तर्न तैयार छु ll
तिम्ले हुन्छ भन्न मात्र बाकी रयो अब 
छिटो भन्दा छिटो बिहे गर्न तैयार छु lll

१४) युबराज
मैले सबै सुम्पि सकेँ बिहे केरी गर्ने हजुर l
लगन आउनै लागिसक्यो सामन किन्न पर्ने हजूर ll
संगै मिली सल्लाह गरी किन्न पाए हुन्थ्यो
कहिले होत हजूर पनि बजार तिर झर्ने हजूर lll


१५) दीपक 
जाउला एकदिन समय मिलाई नआत्तेउ तिमी l
ल्याउला गुन्यू चोली दिलाई नआत्तेउ तिमी ll
भन बरू कुन साइजको लाग्छ तिमीलाई सानु 
ल्याउछु कपड़ा यतै सिलाई नआत्तेउ तिमी lll

१६) युबराज
हजुरको माया भए सारी चोली चाहियो किन l
चिम्टि सिन्दूर कुशकॊ औठी लिइ आउनु लिन ll
बरू भन्नुस् मेरा तर्फ बाट बाले
के के पर्छ उपहार हजुरलाई बाले दिन lll


१७) दीपक
तिमी जस्तो असल केटी पाइदैन अरू l
चोखो माया भए पुग्छ चाहिदैन अरू ll
टीको टालो गरी लान्छु पिर नगर सानु
फूलै फुलको माला बाहेक लाइदैन अरू lll

१८) युबराज
दुख सुख आज सम्म मलाई पाले l
चाहिने कुरा पैले भन जसो तसो दिन्छन् बाले ll
जोडिएर छुट्नु भन्दा नजोडिँदै राम्रो
राम्रो हुन्न यस्ता कुरा पछि गर्न थाले lll


१९) दीपक
जबरजस्ती गर्ने छैन मैले कत्ती पनी l
दाईजो भन्ने चाहिदैन मलाई रत्ती पनी ll
दिएको चीज चाहिन्न भन्ने छैन उ बेलामा
खुसी मनले दिन्छन् भने लिन्छु जत्ती पनी lll

२०) युबराज
तिम्रो कुरा राम्रो राजा बा आमाले कसो गर्लान l
दाइजो बिना आइ भन्दै आँखा तर्लान ll
छोरा अनि बुहारीको नजिक पर्नु साटो
रिसाएर तर्की तर्की झनै पर सर्लान् lll


२१) दीपक
बा आमाको कुरा छोड़ म मनाउछु l
शुख दुःख साट्ने जीवन साथी बनाउछु ll
जे जस्तो छ हासी हासी सँगै बसौला 
तिमी भए मेरो साथमा सधै रमाउछु lll

२२) युबराज
हुन्छ हजूर त्यसो भए हामी लागी परौं l
दाइजो माग्ने प्रथा अब अन्त्य गरौं ll
तपाई हामी मिली नमुना बे देखाएर
समाजमा सबै तिर राम्रो शिक्षा छरौं lll


तलको फेसबुक कमेन्ट बक्स मा कमेन्ट लेख्नुहोला  | 
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger