Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश १२ औं मुक्तक दोहोरीमा भगवती लामा र मौलिक श्रीस बीच भएको केहि मुक्तक दोहोरि

चुकुप्रकाश १२ औं मुक्तक दोहोरीमा भगवती लामा र मौलिक श्रीस बीच भएको केहि मुक्तक दोहोरि

चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिकाको आयोजनामा Chukuprakash Muktak Dohori को फेसबुक वालमा  संविधान विशेष १२ औं  मुक्तक दोहोरी सम्पन्न भयो  | जहाँ  १६३ जनाको सक्रिय भूमिका रहेको थियो भने लाखौँ साहित्यकारहरु प्रभावित भए | दोहोरीमा ३१५० मुक्तक रहेको थियो |

हजारौं मुक्तक बीचबाट  भगवती लामाले हामीलाई पठाउनु भएको यो मुक्तक दोहोरी : 
मौलिक श्रीस
नवलपरासी सुखौरा"
हाल बगर भित्रबाट.
सवाल पनी हुनु पर्यो जवाफ पनी हुनु पर्यो
बोलेर मात्र हुदैन नि दबाब पनी हुनु पर्यो
म लेख्छु संबिधान सबै सबैलाई समेटेर
जनता पनी अधिकारबाट प्रभाव हुनु पर्यो
भगवती लामा
नुवाकोट रातमाटे
दबाब दिदा दिदा थाकिसके जनता
नेतालाई धपाउन लागिसके जनता
देश हाक्ने चालकको पारा देखेर
नेताको मनबाट भागिसके जनता
मौलिक श्रीस
आमोईनी तेसरी हुदैननी है रिसाएर
एकै छिन बस्या थियौ छलफल गर्दै बिसाएर
अब बनेर आउछ पक्कै पनी संबिधान
जनताको सम्पुर्ण मागहरु मिसाएर ।
भगवती लामा
हाम्रो देशका नेता फकाउन जान्नि
उठेको रिस राग भगााउन जान्नि
नौनिझै चिल्लो गफगाफ छाटेर
सोझा जनतालाई छकाउन जान्नि
मौलिक श्रीस
नेता बन्न पक्कै पनी चिल्लो बोल्न जान्नै पर्छ
तर पनी जनताले भनेको पनी मांन्नै पर्छ
भत्ता मात्र खान होइन फेरी सहमती नभए
आफु आफुमा खुट्टा पनी तान्नै पर्छ ।
आफु आफुमा खुट्टा पनी तान्नै पर्छ ।
भगवती लामा
यस्तै नेता जन्मेर देश तल भासिएको छ
देशको पारा देखेर वैरीमन हासीरहेको छ
मै हुँ ठूलो भनेर नाक फुलाई हिडे पनि
केथा त्यस्तालाई इज्जत नासिरहेको छ
मौलिक श्रीस
तपाईहरुकै निम्ति हामी दिनरात खटेका छौ
संबिधान लेखनको लागी मरिहत्ते डटेका छौ
तपाईहरु नबुझेर आक्रोस पोख्नु हुन्छर त
अघि सरेको हामीहरु अझ पछि हटेका छौ
भगवती लामा
मरिहत्ते गर्छौँ नेता विदेश जानलाई
छोराछोरी साथमा श्रीमती लानलाई
हात थाप्छौ विदेशिको शरण पछौँ
अनि मेटाउछौँ नेपाली शानलाई
मौलिक श्रीस
संबिधान नबन्दा सम्म बिदेश जादै जान्न म
सरकारी रकम त मरी गए खाँदै खान्न म
आबेशमा आएर होइन शान्त भएर भन्नुस्
तयार छु कसै गरी जे भने नि मान्न म
भगवती लामा
भत्ता खान्न भन्छन् भष्टचारी नाम राख्छन्
बिहेको दाइजो भनि बैँङ्मा दाम राख्छन्
केही पर्यो भने गुन्डा उठाउछन् कुट्न
तर नागरिकतामा नाम कृष्ण बलराम राख्छन्
मौलिक श्रीस
आज सम्म सुक्को मैले कमाएको छैन
भनेनि सरकारी भत्ता समाएको छैन
जनताको खुसीको लागि आफै पिरमा छु
धरो धर्मं म बिलकुल रमाएको छैन ।
भगवती लामा
मुखमा रामराम बगलीमा छुरा हुन्छ नेताको
भोट बटुल्न छलछाम कुरा हुन्छ नेताको
कार्यकर्ता पाल्नमा व्यस्त हुँदा सधै
देखाएको सपना टुहुरा हुन्छ नेताकोमौलिक
मौलिक श्रीस
च्याप च्याप्ति समाउछु सबलाई मान्छे खटाएर
मानेनन भने हतियार सहितको सेना पठाएर
नेता बिरोधी आन्दोलन गर्नेहरु सबैलाई अब
बाक्सामा राखेर छोड्नु पर्यो समुन्द कटाएर
भगवती लामा
नेता धेरै कि जनता धेरै हेरौँला म
सबै गनेर मात्र इतिहास केरौँला म
यस्ता घाति भष्ट नेताको रगत पिएर
शहिद बन्न आफ्नै घाटी सेरौँला म
मौलिक श्रीस
कुर्ची तानातान होइन पोइसो तानेको हो
सभासद भएर त यत्ति गर्न जानेको हो
यहाँ धेरै दलका नेता भएर कुरो मिलेन
नत्र जनताले भनेको त मैले मानेको हो ।
भगवती लामा
पैसाको लागि पद समाइराख्नेलाई
कालो धन्दाले धन कमाइराख्नेलाई
टुपिमा समाति लगाउछौँ घोक्रेठ्याक
सधै भरि मोज मस्तिमा रमाइराख्नेलाई
मौलिक श्रीस
जनताहरु यस्तै भन्छन् हामलाई केको डर
देशको बिकाश कौनो नेताले गर्या छर
धेरै बोले आफ्नो नै मुख मात्र थाक्छ यहाँ
बरु खुरु खुरु आफ्नै घरको काम गर
भगवती लामा
नियम नभएर कामको हिसाव भएन
देशको इतिहास बुझ्ने किताव भएन
सबै नेताको पछि मात्र लागेर यहाँ
गरिव निमुखाको पक्ष निसाफ भएन
मौलिक श्रीस
हजुर मैले गर्छु भन्दा टेर्दैनन कसैले
बिकाश गर्या ठाउँलाई हेर्दैनन कसैले
आखिर मैले अधिकार दिलाएर छोड़छु
मैले नगरे सन्तोसको स्वास् फेर्दैनन कसैले
भगवती लामा
त्यति पनि नगरे भोट देको बेकार हुनेछ
अनि बैमानिको संज्ञा भिराई हाकार हुनेछ
अरु नेतालाई पनि राम्रो काम गर्नु भन्नु
प्रशंसाको पत्रिकामा तपाईको अखबार हुनेछ
मौलिक श्रीस
हो यसरी माया गरी भने पो हुन्छ त
आफु पनी साथ दिने बने पो हुन्छ त
नेतालेनै सबै काम कहाँ गर्न सक्छन र
आफुले पहिला बाटो खने पो हुन्छ त
भगवती लामा
जनताको पक्ष हुने नेता सम्मानित हुनेछ
अनि सधै भरि उनैको मात्र जित हुनेछ
सुख दुख बाड्न आयो भने गाउघरमा
नेता र जनताबिच न्यानो प्रित हुनेछ
मौलिक श्रीस
म पनी आएको हूँ गर्छु नै भनेर
जनताले चुनेको योग्य नेता बनेर
यसरी माया पाए दुर्गम बस्तिमा पनी
गुड़ने छन गाड़ीहरु अब बाटो खनेर
भगवती लामा
यस्तै नेताको अभाब छ देशमा
उनैलाई समर्थन गर्ने लगाब छ देशमा
बाटो खन्दै गरौँला मोटर चढ्दै गरौँला
संविधान लेख्नुपर्ने दबाब छ देशमा
मौलिक श्रीस
चुकाउने छैन मैले गरेका ति बाँचाहरु
देशको भुभाग हेरेर बनाउदैछु ढाँचाहरु
डुबी सकेको देशलाई बाहिर ल्याउछु अब
तेस्लाई सधै आड़ दिने बनि सक्यो खाँचाहरु।
भगवती लामा
सपना बुन्दै गर्नु होला साथ दिनेछौँ
जहाँ पनि समर्थनको बात दिनेछौँ
सत्यवादी नेताको खुट्टा तान्नेलाई
पुरस्कार स्वरुप लात दिनेछौँ
मौलिक श्रीस
जनताहरु बसेका छन संबिधान ढुकेर
माघ आठलाई जान दिन्न म तेसै चुकेर
अब देशमा जनता ख़ुसी भएनन भने
कालो मसो दली दिनुस मुखभरी थुकेर
भगवती लामा
संविधान बन्ने खबर मैले सुन्दैछु
हो म स्वागत गर्न माला उन्दैछु
ऐतिहासिक दिन माघ आँठमा लौन
भनेको हन्छ कि मनमा गुन्दैछु
मौलिक श्रीस
यति ठुलो माया अनि सम्मान पाउदैछु
हो संबिधान लेख्नलाई म आउदैछु
कस्तो कस्तो अधिकार चाहिन्छ भनेर
सोध्दै खोज्दै सबैको घर घरमा धाउदैछु ।
भगवती लामा
संविधानमा महिलाको कुरा लेख्नु रे हजुरबाले भनेको
सडक बालबालिकालाई देख्नु रे हजुरबाले भनेको
जाडोमा कठ्याङ्ग्रिएका बुढापाकालाई पनि नबिर्सि
नेपालीको सबै पीडा समेट्नु रे हजुरबाले भनेको
मौलिक श्रीस
हजुरबाको बँचन् म पुरा गर्ने छु
यो काम मा एकदम लागि पर्ने छु
यो देशका जनताहरु रोएको देख्दा
सबैमा हाँसो छाउछु र बल्ल मर्ने छु
भगवती लामा
देश बनाउने मान्छे मर्नु हुन्न रे
समस्यामा हरेस खाने गर्नु हुन्न रे
हजुरबाको सुझाब छ नेता जि
एकै गाउँमा मात्र झर्नु हुन्न रे
मौलिक श्रीस
पक्कै ल्याउछु जनताको अधिकार मैले
खुसी राख्छु गरीबको परिवार मैले
जनताको साथ नपाएर अल्ली दुःख भो
अहिले भने हजुरको पाए आधार मैले
भगवती लामा
सबैले नेतालाई गाली गरेको देख्छु
भेट्दा नि गजबले आँखा तरेको देख्छु
म त भन्छु होला नि अनेक समस्या
तर सधै संविधान भनि कराएको देख्छु
मौलिक श्रीस
काग कराउदै जान्छ पिना सुक्दै जान्छ
जती करायो उति झन मुख दुख्दै जान्छ
जब मैले संबिधान लेखेर देखाउछु अनि
यिनीहरु सबैको शिर पक्कै झुक्दै जान्छ
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger