Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (26) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली कविता : भुइंफुट्टा मान्छे [ सर्जक : राजेश चोच्छे ]

नेपाली कविता : भुइंफुट्टा मान्छे [ सर्जक : राजेश चोच्छे ]


'भुइंफुट्टा मान्छे'

- राजेश चोच्छे 

म क्षयरोगग्रस्त भुइंफुट्टा मान्छे
मेरो समीप नआऊ
तिमिलाई पनि सर्नसक्छ यो रोग
यदि मेरो नजिक
आउन चाहन्छौ भने
चुँडाइदेउ शोषणका साङ्लीहरु
जसले मलाई
सदियौंदेखि जकडिरहेछ
मिल्काइदेउ अभावग्रस्त तारबारहरु
जसले मलाई
युगौंदेखि कैदी बनाइरहेछ
भत्काइदेउ विभेदका अग्ला पर्खालहरु
जसले मलाई
दूरदृष्टि लाउन रोक लगाइरहेछ ।
त्यसैले विन्ती
छाडिदेऊ न्यायको नौटंकी
तिम्रै भरौटेले भरिएको कचहरीमा
बन्दगर बलात्कार
सर्वहारा मनुवाहरुका आलो सपनामाथि
अब म सक्दिन
आफ्नै बहिनीको कुमारित्व बेचेर
तिम्रा हर साँझ रंगीन बनाउन
सक्दै सक्दिन
आफ्नै नौरंगी उद्यश्यहरुको
घाँटी निमोठेर
तिम्रा हरेक निर्लज्ज आश्वासनहरुको
साक्षि बक्न ।
ऊ ------ पर हेर त
देख्यौ ?
बुढी बदिनी
ओइलिएको जोवन काखि च्यापेर
डाँको छाड्दैछ
त्यसैको मास्तिर हेर त
ओभानो पाखाभरि
छाउगोठहरु कस्तरी
कुरुप खित्का छाडिरहेछ
अझै मास्तिर हेर त
हिमाली सकसहरु,
हामीलाई बाउसे बनाएर
तिमिले रोपेका फसल
यिनै हैन र !
म क्षयरोगग्रस्त भुइंफुट्टा मान्छे
आजाद भई निर्जन मसानबाट
भोकहरुका लश्कर अघिपछि लाउँदै
आउँदैछु तिम्रो शीशमहल तर्फ
मेचीकालीका आदीम सुस्केराहरु सुसेल्दै
नांगो आङहरुका राँकेजुलुस लिएर
आउँदैछु घोषणापत्रमा सिमित
तिम्रो दरिद्र चेत ब्युँताउन
र फहराउनेछु तिम्रै शीरमाथि
आफ्नै हातले सिएको
चन्द्र र सुर्य ।
हो सिंहदरवार !
एकमुठ्ठी विचारको पुल्ठो सल्काएर
एउटा सग्लो मगज
निर्माण गर्न आउँदैछु,
म क्षयरोगग्रस्त भुइंफुट्टा मान्छे
मेरो समीप नआऊ
तिमिलाई पनि सर्नसक्छ यो रोग ।।।
०७१।०७।१५ शनिबार, जोरपाटी ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger