Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » Chukuprakash Muktak Dohori (दाइजो बिशेष ) मा राजेश पाठक प्याशी आत्मा ले प्रस्तुत गर्नुभएको केहि मुक्तकहरु

Chukuprakash Muktak Dohori (दाइजो बिशेष ) मा राजेश पाठक प्याशी आत्मा ले प्रस्तुत गर्नुभएको केहि मुक्तकहरु

Chukuprakash Muktak Dohori मा 22 र 23 नोभेम्बर भएको मुक्तक दोहोरी कार्यक्रम दाइजो विशेष मुक्तक  दोहोरीमा राजेश पाठक प्याशी आत्मा  ले प्रस्तुत गर्नुभएको केहि मुक्तकहरु : 
आयोजक : चुकुप्रकाश डट साहित्यिक ब्लग  [ www.chukuprakash.blogspot.com/  ]
शिर्षक : दाइजो 


सहमत छु यो कुरामा हात मिलाउछु आजैदेखि 

जसले गर्छ बिरोध यसमा म रिसाउछु आजैदेखि
हो दाइजो लिन दिन हुन्न बुझेँ मैले पनि
नजानेका नबुझेकालाई म सिकाउछु आजैदेखि ॥
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
सबैजनाको लागि (१)
मिठो बोल्न सिकाएर छोरी पठाउनु
राम्रो सोच्न सिकाएर छोरी पठाउनु
दाइजो केही चाहिँदैन सासू ससुरा
पढ्न घोक्न सिकाएर छोरी पठाउनु !!!
राजेश पाठक
प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल साउदी
सबैलाई २
पराइको धनले साच्चै कस्को भाडो भर्यो
दाइजोको निउले हेर्नू कस्तो आपत पर्यो
के गल्ती थियो र बिचरी ती कन्याको
बिहेको लगनमा आत्महत्या गर्नु पर्यो
राजेश पाठक
प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
सृजना अर्याल अधिकरी जी को लागि जवाफ
के के चाहिन्छ मगाउनु म दिनेछु दाइजो
अझै माग बढाउनु म दिनेछु दाइजो
सम्पतीले पुग्छ भने सुन्नु सम्दिनी ज्यु
छोरो घरज्वाईं पठाउनु म दिनेछु दाइजो !!!
राजेश पाठक (प्याशी आत्मा )
गजुरी ५ धादिङ नेपाल
हाल साउदी अरब
सबैलाई मुक्त्क (4)
के चाहियो भनी प्रश्न गर्छौ किन
भन्न सजिलो छ तर गर्न छ कठिन
दिन्छौं भने यस्तो विधान दिनु देशमा
बन्द गरिदिनु अब दाइजो लिन दिन !!!
राजेश पाठक
प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल= अभागी बस्ती साउदी
Zindagi Bhogai R Anubhav ज्यु
त्यही त भन्छु यस्तो कु चलन फेर्नु पर्यो
स्वार्थमा पिल्सिएको मन फेर्नु पर्यो
दाइजो माग्ने ज्वाइँ अनि उनका बाआमालाई
आदर गर्ने तरिका सँगै वचन फेर्नु पर्यो !!!
राजेश पाठक (प्याशी आत्मा )
गजुरी ५ धादिङ नेपाल
हाल साउदी
Zindagi Bhogai R Anubhav ज्यु
दाइजो प्रथाको बिरोधमा कति छु म
यो कुराम जहिले पनि सहमती छु म
हजुरहरुको यो आत्मिय साथ पाउदा
मनले छोयो सगरमाथा खुशी अती छु म
राजेश पाठक (प्याशी आत्मा )
गजुरी ५ धादिङ नेपाल
(६) सबैलाई
हुनु पर्छ व्यबहारी सम्पत्तिको लागि होइन
बिहे गर्नु सुशील नारी सम्पत्तिको लागि होइन
बरु शिक्षा खोज्नु पर्छ आधुनिक जमानामा
शुद्ध बन्नु स्वार्थ मारी सम्पत्तिको लागि होइन !!
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
हाल= अभागी बस्ती साउदी
Zindagi Bhogai R Anubhav
Nayan Biwash Subba
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
हाल साउदी अरब मुक्तक (७) ‪#‎साहित्यप्रेमी‬ तेज बोहोरा सरको
मुक्तक १२ को प्रसंगमा
चाहिँदैन दाइजो ससुराबा छोरी पठाइदिनु
लगन जुराइ टीकाटालो गरि डोली चढाइदिनु
मेहनत गरि रोटी खान्छु अनुहार त्यति राम्रो छैन
हित चित्त मिल्छ भने ज्वाइँ बनाइदिनु !!!
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
हाल= साउदी अरब मुक्तक(8)
Zindagi Bhogai R Anubhav ज्यु
भन्ने मात्र होइन अब काम गर्ने हो
दाइजो माग्ने हरुसँग संग्राम गर्ने हो
भन्दाभन्दै नमानेमा स्वार्थी हरुले
हामी पनि मुक्तक बाटै जाम गर्ने हो
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादङ नेपाल
हाल साउदी मुक्तक (९)
कल्पना पौडेल,जिज्ञासु, जी को लागि ओपन च्यालेन्ज
बिरोधको कुरा मात्र किन बनाउछौ ?
दाइजो लिन दिन हुन्न भन्दै थर्काउछौ
यति कुरा कल्पनाले जानी राख्दा राम्रो
मैले दाइजो मागे भने तिमीले सुख पाउछौ !!!
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
दाइजो लिन नपाउने चिन्ताले साउदीमा
मुक्तक (10) सम्झना रेग्मी सानू ज्यु को (३७)
मरी मरी म काम गर्छु तिम्री छोरी क्रीम घस्छे
मंसिर महिना चटारो छ सधै माइत बस्छे
दाइजो बिना बिहे गर्दानी यस्तो हाल छ मेरो
पचास हजार ल्याइजे भन्दा चुट्न कम्मर कस्छे !!!
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
हाल साउदी अरेबिया
मुक्तक (11) Samjhana Aryal ज्यु को मुक्तक (२५) को लागि ।
मैले पनि यो घर झिटी दाइजोमानै पाएकी हुँ
बुहारीलाई पनि मैले उसकै खुसी चाहेकी हुँ
हेला किन गर्थेँर म आफ्नी बुहारीलाई
केहि ल्याउथीकी माइती बाट भनी रिसाएकी हुँ
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
साउदी बाट मुक्तक (१२) सबैलाई
सासु पनि बनियो आज बुहारी नी बनियो
दाइजो दिन्न भन्नेलाई नानाथरी भनियो
लोभले हो कि स्वार्थले हो बुझ्न सकिन
छोरी जस्तो बुहारी माथि अरिङ्गाल झैँ खनियो
राजेश पाठक (प्याशी आत्मा )
गजुरी ५ धादिङ नेपाल
हाल= साउदी अरब मुक्तक (१४) Samjhana Aryal जी
सबैलाई दिँदा दिदैँ साह्रै दुख पाएँ हजुर
हिजो दिएँ आज मागेँ मैले के बिराएँ हजुर
टन्न पैसा पाएपछि खुशी पनि किन्छु
दाइजो त चाहिन्छ है शर्त यो लगाएँ हजुर ॥
राजेश पाठक (प्याशी आत्मा )
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरब
मुक्तक (१५) Samjhana Aryal जी
मैले देको दाइजो लिएर यहि दुनियाँ रमाउने
मोटरसाइकल कार अनि धनसम्पती जमाउने
अहिले मेरो पालो आयो दाइजो माग्ने जब
मेरै घास मेरै नास मेरै कान समाउने ?
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
हाल= अभागी बस्ती साउदी
मुक्तक (१६) Samjhana Aryal जी
मुक्तक १७ Samjhana Aryal जी
कसले गर्छ छि छि दुर्दुर जिम्मल्बाको छोरी ल्याउछु
लगन जुराई ल्याउछु हजुर भन्दिन म चोरी ल्याउछु
काठमाडौंमा घर किनेर दाइजो तयार गर्याछन् रे
तिनको सम्पती गहना भरेर म बोरी ल्याउछु !!
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
हाल= साउदी अरेबिया
मुक्तक १८ Samjhana Aryal जी
त्यति शक्ति कहाँ छर धनुषमा बाणमा
जती शक्ति भेटेँ मैले धनपैसाको आडमा
यथार्थमा अरुको धन मेहनत गर्न नपर्ने
राख्छु स्वास्नी सजाएर मोतीको हारमा !!!
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मत हजुर अरु कुरा सोच्दै सोच्दिन
दाइजो लिने मिरो इच्छा कतै मोड्दिन
जसले चियो चर्चा गरोस् पिर छैन मलाई
मात्र बीस लाख चाहिएको छ अरु खोज्दिन !!!
Bimala Pandit
Bmala Pokhrel
Bini Bahadur
Zindagi Bhogai R Anubhav
Prabin Pathak
Rukmini Thapaliya
Kamana Sakchhi
राजेश पाठक (प्याशी पाठक)
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक १९ B.b. Tamang Ghising सरको जवाफ ५५ मा सहमति जनाउदै
मुक्तकको धेरै ठुलो नाम गरेँ मैले
सरको जवाफलाई सलाम गरेँ मैले
बिना दाइजो बिहे गर्ने कति राम्रो बिचार
यो सुनेर साच्चै पुण्यको काम गरेँ मैले ॥
राजेश पाठक (प्याशी आत्मा )
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक २० Samjhana Aryal जी
धन पैसामा हेर्नू कस्तो काम हुन्छ यहाँ
जसको दाम उसकै ठुलो नाम हुन्छ यहाँ
दाइजो नदिई थुपारेको धन बरु चोरी होला
यो राजेशलाई कति धेरै आराम हुन्छ यहाँ ॥
राजेश पाठक (प्याशी आत्मा )
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक २१ सबैजनाको लागि
रोक्न हुन्न यो कलमलाई चल्न दिनुपर्छ
दाइजो विरुद्धको आगो बल्न दिनुपर्छ
स्वार्थी र लोभीहरु नबद्लिए भने
मुक्तकको मैदानमा ढल्न दिनुपर्छ ॥
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक २२ Samjhana Aryal ji
दाइजोको नाउमा सम्पती चढाउने
धेरै छन् छनत आफ्नो बनाउने
मैले कारको ढोका खोली बाहिर निस्किदा
हजुरनै भए के गर्ने नी माला पहिराउने ॥
‪#‎कुरो‬
राजेश पाठक (प्याशी आत्मा)
गजुरी ५ धादिङ नेपाल
मुक्तक २३ Samjhana Aryal जी
धनको बलमा जमानालाई हत्केलामा नचाउछु
एक्लै होइन सँगसँगै हाँस्छु अनि हसाउछु
भोलि के पो हुन्छ कुन्नि कसले पो देख्या छ र
आजलाई दाइजो लिई सुन्दर संसार बनाउछु !!!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
मुक्तक २४ Samjhana Aryal जी
लागेन कतै जिबनको पार मैले के गरुँ त
धनकै भरमा चल्छ संसार मैले के गरुँ त
केही नलिई बिहे गरेनी श्रीमतीको माग घट्दैन
टार्नै पर्ने रैछ ब्यबहार मैले के गरुँ त ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ
बिदाई मुक्तक २५
आज धेरै बेर जागेँ भोलि भेटोेला
रात छिप्यो सुत्न लागेँ भोलि भेटोेला
पर्देशको बन्धकमा छु छुट्टी छैन कत्ति
आजलाई म चैँ भागेँ भोली भेटोेला ।
राजेश पाठक प्याशी
मुक्तक २६ Samjhana Aryal जी
हजुरकै बिचारमा म लाग्छु अब धरोधर्म
भो लिदिन दाइजो भाग्छु अब धरोधर्म
सारा संसार घुमेर हेर्छु बरु कता छिन्
आफु जस्तै स्वाभिमानी माग्छु अब धरोधर्म !!!
‪#‎बिदामागेँभोलीसम्मकोलागी‬
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
मुक्तक २७ सबैजना अग्रज तथा सहभागी सबैलाई ।
झटारोले हानीदिनु
काँडेतारले बानिदिनु
दाइजो माग्ने सबैलाई
अङ्कुसेले तानिदिनु !!!!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल= अभागी बस्ती साउदी
मुक्तक 28 शुभ बिहानी सबैमा। सहभागी भएँ है
मलाई छोरी दिन भनी जम्दार बा आको देखेँ
सपनामा मैले आज थुप्रै दाइजो पाको देखेँ
रमझम बेन्ड बाजा रमाइलो धेरै थियो
जन्ती पनि रमाउदै घोर्ले खसी खाको देखे ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ
साउदी बाट
मुक्तक २९ सबैमा समर्पित
एकैछिनमा रंगमन्चको वरिपरि आँसु झर्यो
आँगनमा बिहेघरको कठैबरी आँसु झर्यो
भनेजति दाइजो दिन नसक्दा बा आमाले
विष पिएर जग्यमानै छोरी मरी आँसु झर्यो ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
मुक्तक ३० Shyam Shrestha सरको मुक्तक २ को प्रसंगमा
दाइजोको विरुद्धमा पत्थर छु हजुर
अरु भन्दा धेरै गुणले अन्तर छु हजुर
टीकाटालो लगाएर पठाइदिने भए
हजुरको बहिनी रोज्न तत्पर छु हजुर ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल साउदी
मुक्तक ३१ सबैजनालाई
हाम्रो अभियान निकै मिठो बनेको देखियो
दाइजोको कारण धेरैको घर जलेको देखियो
टीका सिँदुर चुरा पोते चोली सारीले पनि
गहना बिना दुलही धेरै सजेको देखियो ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक ३२ Dilu Thapa Magar जी
फुलेरे झर्नु पर्दैन यता मेरो दिल छ खाली
दाइजो केही चाहिँदैन पिर नगर दिलु काली
जन्ती पनि आफै ख्वाउछु हसाउछु नचाउछु
मंसिर महिना केही पिर छैन लान्छु यसैपली !!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक ३३ Shyam Shrestha सर
जाड रक्सी चुरोट खैनी केही पनि खान्न
साउदीमा दुख गर्छु घर गृस्ती धान्न
टिको लगाइ बहिनी मात्र पठाइदिनु मलाई
दाइजो पात सुन चादी केही पनि लान्न ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ
साउदी बाट
मुक्तक ३४ Shyam Shrestha सर
बहिनी दिने वचन सुनी मख्खै छु मै पनि
कुरो छिन्न तनहुँ तिर जाने भैं त नी
हामी दुइमा कुन रोज्नुभो भन्नू भएन
किन किन सङ्खामा परेँ तैपनि !!!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक ३५ सबैमा समर्पण
दाइजो लिनु हुन्न रैछ कुरो बुझेँ मैले
कतीलाई सुनाए अनि कति सुनेँ मैले
दाइजो माग्दा माग्दै मेरो बिहे भएन
अब देखि दाइजो को कुरै भुलेँ मैले
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
मुक्तक ३६ Suman Smarika जी
पहिल्यै बिचार पुर्याएर सोच्नु पर्थ्यो नी
हामी जस्तो इमानदारी खोज्नु पर्थ्यो नी
आफ्नै कारण पछुतोमा जल्नु भयो कि
दाइजो होइन माया दिने रोज्नु पर्थ्यो नी !!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
मुक्तक ३८ Zindagi Bhogai R Anubhav ३० को लागि ।
कलममा जुन शक्ति छ त्यो बन्दुकमा कहाँ
कलमनै साथी हुन्छ हर दुखमा जहाँ
हामी सबै मिलेर बिरोध मुक्तक लेखेर
बदल्नेछौ आजैदेखि आँसु सुखमा यहाँ !!!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
मुक्तक खुल्ला ३९
कुविचार तिर लाग्ननै नहुनी
रहेछ दाइजो माग्ननै नहुनी
आफू सरहको खोज्नु रे जोडी
साहुको छोरी ताक्ननै नहुनी !!!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
मुक्तक ४० सबैलाई बिन्ती
दुनियाँ बाट सम्पत्तिको असर मेटाइदेउ
दाइजो लिने दिने दुबै रहर मेटाइदेउ
गाउँ बाट उठ नारी बस्ती बाट उठ पुरुस
धनलाई आफ्नो ठान्ने लोभी नजर मेटाइदेउ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
अभागी बस्ती साउदी बाट
मुक्तक ४१ जनचेतनाको लागि ।
पत्थर कहिल्यै आगोले गल्दैन
बिषको बोटमा अमृत फल्दैन ,
मेटाइदेउ हटाइदेउ यो चलन
दाइजोले कहिल्यै संसार चल्दैन ॥
राजेश पाठक (प्याशी आत्मा )
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक ४२ प्रतिबद्धता सबैलाई ।
बिचारले अब यहाँ नाली पनि शुद्ध हुन्छ
घमण्डले भरिएको ब्वाँसो पनि बुद्ध हुन्छ
चल्छ अब कलमको यस्तो हतियार
हरेक पाइला दाइजोको विरुद्ध हुन्छ
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
मुक्तक ४४ सबैलाई
धर्ती फोरेर मुक्तक लेखेँ
आकाश ओढेर मुक्तक लेखे
हुदैन दाइजो लिनदिन भन्ने
उदेश्य बोकेर मुक्तक लेखेँ ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक ४५ सबैलाई
भुमिको माटो छोएर कसम राख्नेछु म
मैले मानिआएको देवी देउता भाक्नेछु म
सुध्रेछ समाज भने यो आवाजले तब मात्र
बनेछ मेरो मुक्तक भन्नी ठान्नेछु म ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ
हाल साउदी
मुक्तक ४६ Zindagi Bhogai R Anubhav ज्यु
मैदानमा पनि गइन्छ अब
सहिद पनि भइन्छ अब
दाइजो लिए भने लोभीहरुले
रगतको खोला पनि बहिन्छ अब !!!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ
मुक्तक ४७ दाइजो लिनेहरुलाई ।।
धम्की होइन मेरो मुक्तक सुझाव सम्झनु
यहाँ सहभागी कलमहरु गुलाफ सम्झनु
मान्नुस् अब दाइजो लेनदेन छोड्नुस महोदय
गर्नुपर्छ लोभ लालचको बिनास सम्झनु ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
साउदी बाट
मुक्तक ४८ Zindagi Bhogai R Anubhav ज्यु
सहभागी आत्मीय को साथ भए पुग्छ
चाहिँदैन दिन यही अँध्यारो रात भए पुग्छ
सखाप पार्छु जरैदेखि दाइजोका भोगीहरु
जोसिला यी मेरै मनको आँट भए पुग्छ ॥
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger