Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » फेसबुकमा शुरु भयो बहर पाठशाला - पेज जसले गर्नेछ बहरको छलफल र अभ्यास

फेसबुकमा शुरु भयो बहर पाठशाला - पेज जसले गर्नेछ बहरको छलफल र अभ्यास

चुकुप्रकाश अनलाइन , 

नेपाली गज़लको विकाशमा ठाँउ ठाँउमा प्रयास भईरहेको छ | फेसबुक तथा वेबसाइट बाट पनि  नेपाली गजल लेखन को अभ्यास हुने भएको छ | त्यसै बीच बहर पाठशाला-पेजले पनि नया प्रयास थालेको छ | उक्त पेजमा आह्वान गरिएको छ - 
सकेसम्म यो पेज हामी बहर पाठशाला समूहमा क्रियाशील साथीहरू बीचमा नै अभ्यास गर्न कार्यशालाको रूपमा विकाश गरौँ । यसमा विभिन्न बहरका नाम तिनीहरूको परिचय सहितका थ्रेडहरू राखिनेछन् । आफ्ना सोही बहरमा भएका रचनाहरू त्यही थ्रेडमा राखिएमा भोलि अध्ययन गरेर अभ्यास गर्नेलाई सजिलो हुने छ । आफूले पनि अरू साथीहरूका रचना हेरेर थप कुरा सिक्न सकिन्छ ।

पेजबाट नवसर्जकहरुले भरपुर ज्ञान हासिल गर्न सक्ने दावी गर्दै यसरी भनिएको छ - 

पेज सबैको लागि खुला गर्ने । जसले जहाँ भेटिन्छ त्यहीँ टिप्पणी र तिनका प्रतिक्रिया दिने । सबैले समान अवशर पाउने ।
फाइदा : यसो गर्दा धेरै भन्दा धेरै साथीहरूले आफ्ना छुट्टा छुट्टै थ्रेड सुरु गर्न पाउनु हुनेछ । सबैले पेजलाई आफ्नो महशुश गर्नु हुनेछ ।
विषयवस्तु व्यवस्थापन गर्न सजिलो हुन्छ । खोजेको कुरा सजिलै भेटिन्छ । 

उसो त भर्खरै भएको एक सर्वेक्षणमा भनिएको छ नेपालमा २ लाख भन्दा धेरै गजल लेख्न प्रयास गर्ने हरु  छन् भने लाखौं को मात्रामा गजल मन पराउने र माया गर्ने व्यक्तिहरु छन् | सबैलाई यसले समेट्न सक्ला ? सबैको सुनुवाई गर्न  सक्षम होला ? फेसबुकमा यस्ता पेज थुप्रै भेटिन्छन् र यसलाई कसरी बिस्वास गर्ने त ? 
 हामीसंग जवाफ मुलक थुप्रै भनाइहरु सुरक्षित छन् जसले यस पेजको विश्वास उचा गरिदिएको छ , फेसबुकमा करुण थापाले बहर पाठशाला नामक एक ग्रुप निर्माण गरि त्यहीबाट अनलाइन प्रशिक्षण सेवा गर्दै आउनु भएको थियो | त्यहाँ भनिएको छ -  

बहरका बारेमा छलफल गर्ने मञ‍्च तथा बहरमा गजल सिक्न चाहने हामी सबैको साझा पाठशाला । यस पाठशालामा बहरका पाठ, छलफल र छलफल या अभ्यासको निम्ति राखिने बहरवद्ध गजल बाहेकका अन्य गजल, शेर र सूचना आदि तुरुन्त हटाइनेछ । गजल र शेरहरु पोष्ट गर्न अन्य ग्रुप सञ्चालित छन् ।
तसर्थ बेबहर गजल, शेरहरु र यो समूहसित असम्बन्धित सूचनाहरू यहाँ पोष्ट नगर्नुहोला ।

सबैको साझा पाठशाला भनेपनि यो समुह भने गोप्य राखिएको छ | यहाँ बहर लेखन अभ्यासमा भने बाधा देखिन्छ | यसैलाई मध्यनजर गर्दै सामुहिकरुपमा खुल्ला पेज सन्चाल गरिएको छ  बहर पाठशाला - पेज 

जहाँ बहरमा अभ्यास शृङ्खला यसरी गरिएको छ - 

नेपाली गजलमा आफ्नो कलम तिखार्दै रहनुभएका जिज्ञासु र प्रतिभाशाली साधकहरूको चासो र जिम्मेवारीवोधले नेपाली गजलमा फेरि नयाँ युगको उदघोष गर्दैछ । हिजो बहर र छन्द नबुझेर, नजानेर वा आफ्नो क्षमताले नभ्याएर गजलमा लय आवश्यक छैन, नेपाली भाषाले लय थेग्न सक्दैन भन्नेहरूलाई यी प्रतिभाशाली हातहरूले 'नेपाली भाषा गरीब छैन, नेपाली गजलकारहरू खुबीहीन छैनन् ' भन्ने पुष्टि गरिदिएका छन् । यो अभियानमा बहर पाठशाला समस्त साधक हरू सितै छ र रहनेछ ।

आज हामी अर्को एउटा बहरमा अभ्यास गर्ने छौं ।
अघिल्लो पाली हामीले तबील बहरमा अभ्यास गरेका थियौँ । आज अर्को मुरक्कब बहरको अभ्यास गर्छौँ । 
२२१२ मुसतफ्इलुन बहरे रमलको रुक्न हो । यस्तै २१२ फाइलुन मुतदारिक बहरको रुक्न हो । यी दुई रुक्नको मेलबाट बहरे 'बसीत' बन्छ । बहरे बसीत को अर्कान २२१२ २१२ को आवृत्ति हो । एउटा मात्र आवृत्ति भए बहरे बसीत मुरब्बा सालिम र दुईओटा आवृत्ति भए बसीत मुसम्मन सालिम भनिन्छ । यद्यपि चिन्नेबेलामा यी दुबै अवस्थालाई बहरे बसीत मात्रै भनेको पाइन्छ । झण्डै हाम्रो लोकभाका लोरीसित मिल्ने यो बहर साङ्गीतिक हिसाबले पनि मीठो बन्ने देखिन्छ ।

ल जाऊँ अब अभ्यास तर्फ
बहर : बसीत
मात्रा : २२१२ २१२//२२१२ २१२
लय : लालालला लालला, लालालला लालला
रुक्न : मुस्तफ्इलुन फाइलुन, मुस्तफ्इलुन फाइलुन
वर्ण सङ्ख्या : १४ 
मात्रा सङ्ख्या : २४
मध्यविश्राम अनिवार्य त हैन तर मध्य विश्राम नभएका मिसरा भन्दा भएका मिसरामा मिठास धेरै देखिने हुँदा त्यसमा सचेत भइदिनुहुन निवेदन गर्दछौँ ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger