Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (26) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » जीवनी : आदिकवि भानुभक्त आचार्य [ विजय सागर ]

जीवनी : आदिकवि भानुभक्त आचार्य [ विजय सागर ]

- विजय सागर
वि.सं. १८७१ आषाढ २९ गते आइतवारका दिन पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट भानुभक्तको जन्म भएको थियो ।
पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागे पछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए ।
दस बर्षको उमेरमा भानुभक्तको पहिलो विवाह चन्द्रकान्तादेवीका साथ भएको थियो । विवाह भएको केही महिना पछि चन्द्रकान्ताको मृत्यु भयो । भानुभक्तको दोश्रो विवाह एघार वर्षको उमेरमा तनहुँ जिल्लाको मानुङ्ग गाउँकी चन्द्रकलादेवी संग भयो ।
जीवनको अन्तिम घडीमा काशीमा देह त्याग गर्ने बाजेको इच्छा अनुसार भानुभक्त बाजे श्रीकृष्णका साथ काशी गएका थिए । वि.सं. १८८९ तिर बाजे श्रीकृष्णले काशीमा देह त्याग गरे पछि भानुभक्त आफ्नो गाउँ फर्के ।
काशीबाट आफ्नो गाउँ फर्कंदा यिनी १९ वर्षका लक्का जवान भई सकेका थिए । काशीवासको समयमा उनले त्यहाँ शास्त्रीय अध्ययन समेत गरेका थिए । साथै काशीमा विद्वानहरुका संगतले यिनमा गजबको कवित्व शक्ति जागृत भई सकेको थियो । समय पाउना साथ प्रसंग अनुसार रमाइला फुटकर रचनाहरु गरी हाल्दथे ।
एक पटक भानुभक्त ससुराली मानुङ्ग तर्पm जाँदा ज्यादै तिर्खा लागेकोले कुवाको पानी खाए । संयोगवस कुवा बनाउने घाँसीसंग यिनको भेट त्यही भयो (घाँसी – (१) प्रा.डा. व्रतराज आचार्यले ‘भानु दर्शन’ वर्ष ३२ अङ्क २ पूर्णाङ्क ८, २०६३ मा घाँसीको नाम चागुनारायण पन्थ लेखेका छन् । (२) नाट्यसम्राट बालकृष्ण समले आफ्नो भक्त भानुभक्त (नाटक) मा घाँसीलाई ठूले मगर भनि चिनाएका छन् । आदिकवि भानुभक्तको समयका घाँसी बाहुन थिए कि मगर खोजको विषय छ ।) । घाँसीले घाँस दाउरा गरेर आर्जन गरेको रकमले कुवा खनाएको जानकारी भानुभक्तलाई दिए । घाँसीको कुराले भानुभक्तको मन छोयो । अनि उनले कविता लेखे –
भर्जन्म घाँसतिर मन्–दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
जे छन् र चीजहरु छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरी आज दिएछ अर्ती ।
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।
यद्यपि समयकाल परिस्थिति अनुसार यो कविताको तालमेल नभएको भनि धेरै विद्वानहरुबाट विवादको घेरामा राखिएको छ । तथापि मोतीराम भट्टका अनुसार यो कविता वि.सं. १८९१ मा लेखिएको हो ।
भानुभक्तको अर्को आलोच्य कविता हो –
गजाधर सोतीकी घरबुढि अलच्छिनकि रहिछन् ।
नरक् जानालाई सबसित बिदाबादि भइछन् ।।
पुग्यौँ साँझमा तिन्का घर पिँडिमहाँ बास गरियो ।
निकालिन साँभैmमा अलिक पर गुज्रान गरियो ।।
यस कविता सन्दर्भमा प्रा. डा. व्रतराज आचार्य(१) लेख्छन् – “भानुभक्त वि.सं. १९०१ मामा यज्ञलालको भदाहा सालो कलाधरलाई गायत्रीमन्त्र सुनाउन भोर्लेटार जाँदा बीच बाटामा पर्ने तारुका गाउँमा गजाघर सोतीका घरमा बास माग्न पुगेका थिए तर सोतीका घरबूढीले उनलाई बास दिएनन् । उनले अलि पर गई अरुका घरमा रात गुजार्नु प¥यो । बाबु बाजेको पालादेखि चिनजान भएको र एक मानो खानलाउन पुग्ने परिवारकी नारीले साँझमा आएको पाहुनालाई बास नदिएको घट्ना गृहस्थी धर्मको विपरित थियो । फलतः भानुभक्तले गजाधर सोतीकी “घरबूढी” लाई “अलच्छिन्की” भनि गाली गर्दै कविता समेत रचना गरे ।
बाबु धनञ्जय जागिर छँदै परलोक भएकाले पिताको जागिरको हरहिसाब भानुभक्तले कुमारीचोकमा बुझाउन नजान्दा यिनी पाँच महिना कुमारीचोकको निगरानीमा थुनिए । थुनामा बस्दा यिनले रामायणका अयोध्याकाण्ड, आरण्यक काण्ड, किस्किन्धा काण्ड र सुदर काण्ड रचना गर्ने अवसर पाए । पछि कुमारी चोकबाट यिनलाई छुटकारा मिल्यो । तर थुनामा बस्दा त्याहाँको वातावरण र व्यवस्थापन सम्बन्धमा रमाइलो व्यङ्ग्यात्मक कविता लेखेका छन् –
रोज रोज दर्शन पाउँछु चरणको ताप छैन मनमा कछू ।
रात्भर नाच पनि हेर्छु खर्च नगरी ठूला चइन्मा म छू ।।
लाङखुट्टे उपियाँ उडूस सँगि छन् यिनकै लहरमा बसी ।
लाङखुट्टेहरु गाउँछन् ति उपियाँ नाच्छन् म हेर्छू बसी ।।
वि.सं. १९१९ तिर मित्र तारापतिको घरमा बास बस्दा राति तारापतिको पत्नी र बुहारीको झगडाले रातभर सुत्न नसकेका भानुभक्तले त्यही रात “बधूशिक्षा” नामक काव्य तयार गरे । यो “बधूशिक्षा” पनि आलोचनाको बडेमाको घेरा भित्र छ –
प्रातः कालमहाँ उठेर पहिले ध्यान ईश्वरकै गरून ।
सो ईश्वर पति हुन भनेर पछि त्यो भक्ती पतीमा धरून ।।
भक्तीले पति ईश्वरै बुझि पतीका पाऊतल्मा परून ।
पूजा हो पतिको भनेर घरका काममा अगाडी सरून ।।
हाँस्नू छैन कदापि नारिहरूले वेश्यै हुन्या हाँस्तछन् ।
वेश्या लौ नहउन तथापि घरका काम ता सभै नास्तछन् ।।
एक्लै हाँस्न हुँदैन कोहि नभयी अर्को संगी भो जसै ।
हाँस्तैमा दिन जान्छ यहि रितले काम वित्तछन् सब तसै ।।
यसरी आदिकवि भानुभक्तले केही फुटकर कविता प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला जस्ता लघुकाव्य र रामायण महाकाव्यको रचना गरे र वि.सं. १९२५ आश्विन शुक्ल पञ्चमीका दिन ५४ बर्षको उमेरमा इहलीला त्याग गरे ।
यसरी हामीले सानै देखि पढ्दै आएका आदिकवि भानुभक्त आचार्य सम्बन्धमा, भानुभक्त आचार्यनै नेपाली साहित्यका आदिकवि हुन वा हैनन? यस विषयमा केही विचारहरु उठेका छन् । यसै सन्दर्भमा केही विचारहरु प्रस्तुत गर्दछु –
● आदिकवि भानुभक्तको आदिकवित्वको सन्दर्भमा इतिहास विद, समालोचक बालचन्द्र शर्मा(२)ले आफ्नो भावना यसरी व्यक्त गर्छन् – “भानुभक्तले पनि वाल्मीकि र चासर झैँ यसरी नै स्वदेशी साहित्यको परम्परा बसाले । भनाईको तात्पर्य यो कि आदिकविमा जे जति श्रेय र प्रेय हुन्छ त्यसको सम्पूर्ण नै जनवादी हुन्छ – जनताकै भाषामा, जनताकै कुरा, जनताकै निमित्त । आदिकविको सरलतानै उसको विशेषता हुन्छ शिल्पचातुरी होइन । आदिकविको रचनाको सरलतामा जनभावनाको सोझो अवमुष्ठनरहित दर्शन हुनै पर्दछ र वाल्मीकि, चासर, भानुभक्तमा यही छ र यसैको आधारमा तिनीहरुको मूल्याङ्कन हुनु पर्दछ ।” ....
भानुभक्तलाई माथि आदिकविको विशेषण दिइएको छ । हुन त उनी भन्दा अघिदेखिनै नेपाली भाषामा कविता लेखियो र भानुभक्त त्यसव्रmम देखि सर्वता पृथक छैनन् तथापि केही यस्ता छन् जसले भानुभक्तलाई अरूदेखि भिन्न बनाएर आदिकवि कहलाउने अधिकार दियो ।
● श्रीकृष्णचरित्र काव्य (१८८४) का लेखक बसन्त शर्मालाई नेपाली साहित्यका आदिकविः बसन्त शर्मा हुन भानुभक्त हैनन् भनि समालोचक बामदेव पहाडी(३) यसरी आफ्नो विचार प्रवाह गर्छन् –
“मोतीराम भट्ट, बाबुराम आचार्य, बालचन्द्र शर्मा, सूर्य विव्रmम ज्ञवाली प्रभृत विद्वानहरूले भानुभक्तलाई नै आदिकवि, सर्वश्रेष्ठ कवि र धु्रवतारा जस्ता उपाधिले अलंकृत गरेका छन् । तर, यस्ता उद्गारहरुमा श्रद्धा तथा भावविभोरताको तत्व बढि रहेको देखिन्छ तर्क र अनुशीलनको कम ।” ....
“बसन्त शर्मालाई नै मैले आदिकवि भनेर प्रतिष्ठापित गर्दछु, र त्यसो गर्नेमा शायद म पहिलो हुँ । ....”
“बसन्त शर्मा आदिकवि हुन भन्ने पैला म भए पनि भानुभक्त, यो होइनन् भन्ने एक जमातको चर्चा प्रासंगिक भएको छ । भानुभक्तलाई आदिकवि नमान्नेहरुले, बसन्तलाई पनि मानेका छ्रैनन् शायद यस उसले कि बसन्त शर्मामा आदिकवि हुने गुण विद्यमान छ भनी कसैले कहिल्यै कुनै धारणा ज्थउयतजभकष्क पेश गरेन । यो अवश्य हो कि भानुभक्तको आदित्वदेखि पलायन गर्ने साहित्य मनीषीहरूले बसन्त शर्माको भन्दा अरूलाई नै आदिकविको संज्ञा दिए । कोहीले काम चलाउ आदिकवि भन्ने मन्त्रणा व्यक्त गरे त कसैले भानुभक्तलाई नकारे मात्र, अर्को कुनै कविलाई आदिकवि भन्ने बैचारिक खिचोलामा आपूm अल्झिएनन् । यस्ता स्वस्थ विचारकहरूमा मैले सर्वप्रथम दीननाथ सापकोटाको नाम उल्लेख गर्दछु । रघुनाथ पोखरेल (संवत १८६८ देखि १९१८ सम्म?) द्वारा रचित रामायण सुन्दरकाण्डको यिनले सम्पादन गरी संवत् १९८९ मा प्रकाशित गराए । भूमिका स्वरुप रहेको “मुखबन्द” मा यिनले आदिकवि रघुनाथलाई मानेका छन् । ....
अब नेपाली कविताको भर्खर शैशवकाल शुरू भएको थियो एवम् युगको चित्तवृत्तिले धर्म र आध्यात्मिक परिशोधनमा सहायक हुने ग्रन्थको अभाव महशूश गरि रहेको थियो त्यस बखत समग्र भाषागत अन्धकारलाई पूर्व रूपले विच्छिन्न पार्न भानुको पूर्ण आकार आकाशमा उदाई नसक्दै, प्रभावकालीन रक्ताभ बिंब, बसन्तले छरिसकेका थिए । भाषा, भाव, अभिव्यक्ति र कथानकको लागि कसैको मुखापेक्षी नभै आफ्नै शैली र अभिव्यन्जन स्वातन्त्रयको सास फेरेर आफ्नो कवितामा उ बाँचेका छन् । खण्डकाव्यको प्रथम प्रणेता तथा नैतिक र धार्मिक चिन्तनका स्वस्थ उन्नायक बसन्त शर्मा निशन्देह नेपाली जन र नेपाली भाषाका आदिकवि हुन ।”
● भानुभक्तलाई नै आदिकवि मानेर वरिष्ठ समालोचक हृदयचन्द्रसिंह प्रधान(४) यसरी आफ्नो विचार प्रवाह गर्छन् –
“पद्यको गोरेटोबाट आएर नेपाली भाषामा प्रथम साहित्यको क्षेत्र स्थापना गर्ने साहित्यिक प्रेमनिधि, गुमानी कवि, विद्यारण्य केशरी अज्र्याल, पं. वीशाली पन्त, बसन्त कवि, रघुनाथ भट्ट, इदिरस आदि मानिएका छन् । यिनमा आदि साहित्यिक को हुन ? यो अहिले सम्म पनि वैवादिक विषय भइ रहेर गडबडै छ ।”
“भानुभक्त आचार्य अघिका कवि वा साहित्यकार प्रतिनिधि रूपमा खडा भएका छैनन् तर नेपाली साहित्यलाई लिएर बोल्दा हाम्रो इमान्दारी उनीहरूको एकचोटी स्मरण गर्न अघि सरि हाल्छ । त्यसैले उनीहरूलाई हामीले नेपाली काव्यको ऐतिहासिक कुतकुती मान्नु पर्दछ ।”
“भानुभक्तका पूर्वगामी त्यतिका जना भएर पनि भानुभक्त आदिकवि मानिएको यसैले हो । भानुभक्तका कृतिमा कविता वा काव्यको केही आभास छ, प्रभा झल्किन्छ । उनी अघिका रचयिताहरूका रचनाहरूमा खाली पद्यता र छन्दको नियम मात्र छ । नेपाली भाषामा छन्दगीत ल्याएको श्रेयमा उनीहरूलाई कृतज्ञ नेपालीहरूले “कवि हुन कि ?” भन्ने झाँकी आँखाले हेरेका मात्रै हुन ।”
यसरी हामीले भानुभक्त आचार्य हाम्रो नेपाली साहित्यका आदिकवि हुन र आदिकवि हैनन भन्ने विचारहरु पढ्यौं । सुन जति खारिन्छ त्यतिनै शुद्ध हुन्छ भने झैं आदिकवि भानुभक्त आचार्य माथि पनि जति बढि टिका टिप्पणी हुन्छन् उनी त्यत्तिनै चम्किदै आउँछन् । आखिर उनीनै हाम्रो नेपाली साहित्याकाशका भानु हुन र हाम्रो नेपाली साहित्यका आदिकवि ।
वि.सं. २०२१÷२०२२ सालतिर तानसेन जनता विद्यालयमा कक्षा ९ र १० मा पढ्दा अन्ताक्षरीको निम्ति हामीले आदिकवि भानुभक्तका निम्न फुटकर कविताहरु लय हाली हाली कण्ठस्थ गथ्र्यौं । अहिले पनि लय हाली हाली स्कुले विद्यार्थी झैँ पढ्न मजा आउँछ यी कालजयी कविताहरु –
१. चपला अबलाहरू एक सुरमा ।
गुनकेसरीको फुल ली शिरमा ।।
हिंडन्या सखि लीकन ओरिपरी ।
अमरावती कान्तिपुरी नगरी ।।१।।
यति छन् भनि गन्नु काँहाँ धनियाँ ।
खुसि छन् बहुतै मनमा दुनियाँ ।।
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कान्तिपुरी नगरी ।।२।।
कँहिं भोट – र लण्डन – चीन – सरी ।
कँहिं काल् – भरि गल्लि छ दिल्ली – सरी ।।
लखनौ – पटना – मदरास – सरी ।
अलकापुरि कान्तिपुरी नगरी ।।३।।
तरवार कटार खुँडा खुकुरी ।
पिसतोल र बन्दुक सम्म भिरी ।।
अतिशूर – र – वीर – भरी नगरी ।
छ त कुन् – सरि कान्तिपुरी नगरी ।।४।।
रिस राग कपट् छल छैन जाँहाँ ।
तव धर्म कती छ कती छ याहाँ ।।
पशुका पति छन् रखवारी गरी ।
शिवकी पुरि कान्तिपुरी नगरी ।।५।।
२. यति दिन पछि मैले आज बालाजि देख्याँ ।
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ ।।
वरिपरि लहरामा भूmलि बस्न्या चरा छन् ।
मधुर वचन बोली मन् लिंदा क्या सुरा छन् ।।१।।
याँहाँ बसेर कविता यदि गर्न पाउँ, ।
यसदेखि सोख अरू थोक म के चिताऊँ ।।
उसमाथि झन असल सुन्दरी एक नचाऊँ ।
खैंचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ ।।२।।
३. विन्ती डिठ्टा विचारीसित म कति गरूँ चुप रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् ग¥या झैं अनि पछि दिनदिन भन्दछन् भोलिभोलि ।।
की ता सक्दीन भन्नूँ कि तब छिनिदिनू क्यान भन्छन् इ भोली ।
भोली भोली हुँदैमा सब घर वितिगो बक्सियोस आज झोली ।।

आदिकवि भानुभक्तका माथिका कविताहरुले इतिहासविद् समालोचक बालचन्द्र शर्माको – “आदिकविमा जे जति श्रेय र प्रेय हुन्छ त्यसको सम्पूर्ण नै जनवादी हुन्छ – जनताकै भाषामा, जनताकै कुरा, जनताकै निमिमत्त ।” जस्ताको तस्तै सार्थकता देखाएका छन् ।
आदिकवि भानुभक्तलाई कसीमा घोट्दा आज भन्दा दुई सय वर्ष अगाडिको समय र सामाजिक परिवेशलाई समेत कसीमा घोटेर हेर्नु पर्ने तथ्य हामीले विर्सनु हुँदैन ।
अन्तमा आदिकवि भानुभक्त आचार्यको पवित्र द्विशत बार्षिकको महान उपलक्षमा आदिकविमा यिनै शब्दगुच्छा अर्पण गर्दछु ।
पाद टिप्पणी २०७१.२.६
भैरहवा
१. प्रा.डा. व्रतराज आचार्य – “भानुभक्तको सङ्क्षिप्त जीवनी” भानु दर्शन (भानुका लघुकृति विशेषाङ्क) वर्ष ३२ अङ्क २ पूर्णाङ्क ८, वि.सं. २०६३ भानु प्रतिष्ठान अनामनगर काठमाण्डौं, पृष्ट – ८५ – ९२
२. बालचन्द्र शर्मा – “भानुभक्त र उनको युग” – साझा समालोचना साझा प्रकाशन ललितपुर २०५८ ः पृष्ट – ९१ – ११३
३. बामदेव पहाडी – “नेपाली साहित्यका आदिकवि ः बसन्त शर्मा” – विवेक र मन्थन, राजेन्द्रकुमार श्रेष्ठ भैरहवा २०३७ ः पृष्ट – २१ – ४८
४. हृदयचन्द्रसिंह प्रधान – “नेपाली साहित्यको गोरेटो” – हृदयचन्द्रका केही रचनाहरु, हृदयचन्द्रसिंह स्मृति प्रतिष्ठान काठमाण्डौ नेपाल – २०६८ ः पृष्ट – ४९ – ५२

- सोमबार, 26 जेठ, 2071
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger