Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (26) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली लेख : भोगाई र देखाई [ सर्जक : विवश एस.वि ]

नेपाली लेख : भोगाई र देखाई [ सर्जक : विवश एस.वि ]

भोगाई र देखाई

यो अर्थहिन रंगिन संसार को कुनै मोड
मा यस्तो लाग्छ कहिलेकाही तेहि भिर बाट
गुल्टीदिउ, जिन्दगी को यात्रा समाप्त पारिदिन
मन लाग्छ। खै किन हो कुन्न यो समय नै
स्वार्थि लागिरहेको छ। किन संसार लाई धनी र
गरिब गरि दुई भाग मा विभाजन गरियो? अनि किन
मलाई गरिबीको शुचिमा राखियो? प्रश्न तेर्साउन
मन लाग्छ आफै सँग। २०५१साल देखि आज सम्म
आइपुग्दा बाबा आमाको मुहारमा एक
छिटो खुसीको पल देख्न पाएको छैन। २०६३ तिर
को कुरा हो ।म तेति बेला श्री नव
ज्योति प्राथमिक विद्यालय मा कक्षा ५ मा पढ्थे ।
विद्यालय बाट हेटौंडाको सहिद स्मारक लगिदै
थियो ।त्यो अवस्था मा मैले ५०रुपैयाँ जुटाउ न
सक्दा मेरो यात्रा नै स्थकित गर्नुपर्ने
अबस्थामा पुग्यो।आखिर यो दुनियाँमा यति धेरै
गरिबीको खाडल किन बद्दै गयो। मन लाग्छ कहिले
काहीँ यो संसार मरुभूमि बनाईदिन।
जसो तसो बुबा आमाले
मेरो शिक्षा एस.एल.सि सम्म त दिनु भयो त्यस पछि म
सहारा बिहिन भएर २०६८ सालमा slc पास गरेर
प्रमाणपत्र का साथ हेटौंडा को भिडभाड
मा जागीर को खोजीमा भौतारिन थाले।
ऐलेको समय परिस्थिति अनुसार slc कुन नै ठुलो छ र?
यहाँ मास्टर पढेर तरकारी खेती गर्ने,बाङ्गुर पालन गर्ने
युवाहरू को जमात धेरै छ।आखिर याँहा अशिक्षित
बेरोजगारी भन्दा पनि शिक्षीत
बेरोजगारि बढिरहेको देख्न सकिन्छ।
याहा अर्बौं रुपैयाँ भ्रष्टाचार, अनियमित
रुपमा दुरुपयोग गरिन्छ तर किन गरिबीनिवारण
को लागि खर्च गरिन्न ? प्रश्न छ यो सरकार सगँ?आज
धनी र गरिब बिचमा बनाईएको पर्खालमा रङ्गाउने
हरुले मेरो भविष्य माथि खेलवाड गर्दै छन।
मेरो जिन्दगी अन्धकार बनाउनेतर्फ बढीरहेका छन।अझ
यथार्थमा भन्नु पर्दा दुई कौडी साट्न मोलमोलाइ
गरिरहेका छन र म त्यही दुई कौडी बिक्न विवश छु
कारण गरिबी नै हो।
आखिर
सिसाको महलमा सजिने हरुको मात्र जिन्दगी हो?
दिन रात न भनी थाप्लोमा भारी बोक्ने
हरुको चाहिँ जिन्दगी हैन? आज विश्व मा सबै
धानी हरुको जमात भएको भए संसार कुन
अबस्थामा हुन्थ्यो होला? दैनिक प्रयोग गर्ने
खाद्यबस्तु हरु कस्ले उब्जाउथो होला ?आखिर दुई
पैसाको लागि दिन रात पसिना बगाउने
हरुको लागि किन यो समाजमा स्थान छैन?
सम्झदा अनौठो लाग्छ।
आखिर गरिबी निवारण को लागि किन सरकार
नीतिनिर्माण गर्न तत्परता देखाउदैन? देशमा उद्योग
कलकारखाना प्रसस्त मात्रामा संचालन गर्ने हो भने
यो सारा समस्या हटेर जान्छ । दैनिक
लाखौं युवा युवती हरु सुन्दर मुलुक नेपाल छोडेर
खाडी मुलुक जान बाध्य छन। तर सरकार टुलुतटुलु हेरेर
बस्न बाहेक केही गर्न सकेको छैन। सधै
युवा स्वोरोजगार को लागी बजेट यति छुट्टाएको छु
उति छुट्टाएको छु भन्दै अर्थमत्री भाषण दिन्छ्न तर
त्यो बजेट युबा सम्म आइपुदा कति आइपुगेको छ सरकार
लाई कुनै चासोको विषय बन्दैन ।
जनुद्धकाल छोरा गुमाए
का गोर्खा का नन्दप्रसाद अधिकारी अन्सनमै बिते
दुई चार दिन सबैलाई चासोको विषय बन्यो तर रात
रहेपछि अग्रख पलाउछ भने झै आज तीन
महिना बितिसक्दा पनि उहाँको शरीर अन्तिम
दाहसंस्कार हुन सकेन।यस्को पछाडी पनि गरिबी कै
कारण हुन सक्छ । एउटा ग्रामीण
समाजमा रहेको परिवार मा छोरा ले
राम्रो नतिजा ल्याएर slc पास गर्यो भने उस्ले
चाहेको विषय पढ्न पाउदैन ।उस्ले साहूको भाँडा मझेर
हुन्छ कि बिहान बिहान पत्रीका बेचेर पढ्न खर्च
जुटाउनु पर्छ। जस्को सिकार म स्वयम भोगिरहेको छु।
यस्ता समस्य धेरैका छन तर सुनिदिने
निकाय भने कमै मात्रामा छन।आसा छ यी र
यस्ता अन्य समस्या हरु जस्तै
गरिबी निवारण ,शिक्षा मा अनियमितता ,शिक्षा मा सरकारी छात्रवृत्ति जस्ता क्षेत्र
हरुमा पनि अनियमितता जस्ता समस्याहरुको को छिटो भन्दा छिटो समाधान
हुनेछ।
यी र यस्ता अनगिन्ती समस्य हरु
देख्दादेख्दै पनि किन मौन बस्छ सरकार ? एउटा गरिब
परिवार कि बालिका बलत्कृत भएर कानुन
को सहयोग माग्दा समेत दोसि लाई सजाय दिन
तत्परता देखाउदैन अदालत ।देश हाक्नेहरु औँठा छाप
लगाउने हरु भए हुन्छ तर दुख गरेर खाने ड्राइभर
हरुको योग्यता तोक्छ सरकार । आखिर
नेपालको शैक्षिक प्रणाली कुननै गतिलो छ र ?
उहीँ किताब घोकाउने नै त हो नि।खै ब्यबहारिक
शिक्षा ?
यी र यस्ता अनेकौं लुकेका तर असर हरु भने ठुला पर्ने
समस्यहरु अनेकौं छन ।यस्ता सरकार
वा सम्बन्धि निकाय हरु को समयमै अँखा पुगोस।
युवा स्वरोजगार लक्षीत कार्यक्रम हरु ले
प्राथमिकता पाओस। समयमै संविधान जारी होस र
सुन्दर समुन्नत नेपाल बनोस।सारा तीन करोड
नेपाली अभिलाषा यहिनै छ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger