Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली कविता : " नपुँशक काठमाडौँ " [ सर्जक : राजेश चोच्छे / धुलिखेल ]

नेपाली कविता : " नपुँशक काठमाडौँ " [ सर्जक : राजेश चोच्छे / धुलिखेल ]

" नपुँशक काठमाडौँ "
- राजेश चोच्छे
धुलिखेल - ५, काभ्रे
रात्रीबसमा खाँदिखाँदि ल्याउँछ
खसीबोका झैँ
गाउँगाउँबाट युवाहरू
अनि छाडिदिन्छ
यो आरसिसि जंगलमा,
चर्ने क्रममा खसीबोका जुधेझैँ
त्यहि युवाहरू जुधेको रमिता हेर्छ
जिब्रो पड्काइ पड्काइ
धरहराको टुप्पोबाट
नपुँशक काठमाडौँ ।
रत्नपार्कका तीखा स्तनका
चिसा दरिद्र सुस्केराहरु
सुन्दासुन्दा आजीत
एकथान टुँडिखेल
हरेक विक्रित स्खलन
उत्तानो परेर सहिरहन्छ,
र पनि चुपचाप रमिते छ
नपुँशक काठमाडौँ ।
कुर्सीका मुर्धन्य महायोद्धाहरु
कुनै चटकेको चमत्कारझैँ
रातारात
चप्पलबाट प्राडोमा पुग्दासमेत
थपडि पिटेर खुल्लामञ्च मार्फत
अनुमोदन गरिरहेकैछ
नपुँशक काठमाडौँ ।
सबै प्रजातन्त्र र तानातानको
सबै गणतन्त्र र हानाहानको
भण्डारखाल पर्व बिचमा
निसास्सिएका
पेटमा पटुकि कसेका
स्रमिकहरु
हूल बाँधेर
मरूभूमीतिर उड्दा समेत
समयको घडिभित्र
घण्टाघरको अक्करमा झुण्डिएर
प्रत्यक घण्टा
मृत्युको सुचना दिइरहन्छ
नपुँशक काठमाडौँ
हो,
यो नपुँशक काठमाडौँ ।
जोरपाटी, काठमाडौँ ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger