Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली कविता : धर्म [ सर्जक : वैरागी जेठा ]

नेपाली कविता : धर्म [ सर्जक : वैरागी जेठा ]

Jetha Bairagi

कविता
 धर्म
–वैरागी जेठा
 धर्म
 सफामनलिएर
आकाशमा घनश्याम उड्छ र
 मध्य शिशिरको बिहान
 आँसुका ढिक्का वर्सात गर्छ
 अचानक
 ज्वालाहरू फ्याँक्दै
 चिड्कीएर मेघ
 खलबलाउँछ
 धर्तिको किनारमा
 आफ्नो धर्ममा
 जङ्गल पस्छ विप्लव

 खिलखिलाएर हाँस्ने ठाउँछैन
 चिन्ताहरू बगिरहेछन्
 सेतीझैँ अटुटरुपले
 क¥याङकुरुङ चिच्याइरहेछन्
 भोको पेट छामेर
 चिप्लेकिराहरूको बोलीमा
 विप्लव फसेको छ
 उचालिएको छ
 उनीहरूले प्यास मेटाउन
 कुनै मुक्ति पाएकाछैनन्
 चलवल सलवल
 गरिरहेछ घनश्याम
 आफ्नो धर्म समाएर
 आकाश छेकिरहेछ
 आकाङछा उचालेर
 संविधानका फेरहरू समाएर
 हजारौँ ध्वजामा
 विप्लव उफ्रिन्छ
 एउटा भित्तामा
 वीरहरू आह्वान् गरिरहेछन्
 युगदेखि बाँजो जमिन सिँचित गर्न
 मुक्तिको कलशमा आगो झोसेर
 धर्म
 मानिसहरूको लाम पर्खिरहेछ
 काँगडाको बुलाकि पहिरिन
 बाटो कुरिरहीछन् आमा
 झोराको पाखोमा
 मकै फुलाउन
 मेरो धर्म हिँडेको छ
 यतिवेला
 काँगडाकी तरुनी
 मेरी धर्मलाई बोलाइरहिछे
 मनका भावमा सुसेलेर
 मानसरोवरी
 बाँसुरी बजाइरहिछ
 घनश्यामको धर्म
 गडगड गरेर कट्किनु हो
 सूर्यसँग जुहारी खेलेर
 चन्द्रमा झुक्छिन्
 मानिसहरू
 कोदालो बोकेर
 बारीका पाटाहरू खोस्रिरहेछन्
 मुक्ति पाउन
 अब रोकिनु हुन्न
 विप्लव
 तिम्रो महासागरमा
 चिप्ले किराहरू देखिनु हुन्न
 संविधान बनाउन
 उठ हिम शैलझैँ
 मानवहरू हो
 शिशिरको याममा
 घाम छेक्नु
 घनश्यामको धर्म हो
 म कवितामा निर्भर गर्छु
 त्यसैले गरीब भएको छु
 जम्नुपर्ने जमिनहरू पग्लिरहेछन्
 शरदऋतुमा
 हरिणको सिकार खेल्दै
 वारुदका
 अजङ्ग छालहरू
 घोडे जुत्तालगाएर
 धनेको छातीमा हिँडीरहेछ
 चन्द्रागिरिको कुनाबाट
 धैर्यगर धैर्य गर
 शब्दका पर्रा छुटिरहेछ
 दुष्ट माकुराहरू
 क्रान्तिका जालाबुनिरहेछन्
 मेरो फुच्चे बाख्रो
 लाप्चा मारेर
 रुपीको चिर्बिराइमा
 पेपिनिोल टोकिरहेछ
 आफ्नो धर्ममा उभिएर
 तिनै दुष्ट माकुराहरू
 क्रान्तिको पोखरीमा विष्टा छरिरहेछन्
 विष्टाको फुर्ति देखेर
 छातीले खँलाती फुक्छ
 गाक्ष् जस्ता जनसेनाहरूका
 लोतीहरू फतफत खस्लानझैँ
 स्पातीमैदान
 फुलोटी गाड सम्झेर
 मन अमिलीन्छ
 विप्लव
 सस्यनारुखबाट
 रुपीहरू आँसु वर्सात गरिरहेछन्
 धर्महरूको सम्झनामा
 बैकिनीको बहमा
 आँखा निचोरिरहेका
 कपाल टनटन बालीरहेका
 गोलीका मुसोका चुटाइ सहेर
 धने जस्ता धेरै धनेहरू
 बुढी गंगाझैँ
 निरन्तर बग्नु धर्म ठानिरहेछन्
 माकुराहरू हिर्काइरहेछन्
 विप्लवका मानिसहरूलाई
 आकाशको मेघझैँ
 घनश्यामको थर्काइबाट
 पान्लो हिँड्न नसकेर बाङ्गो हिँडीरहेछ
 कुरुप माकुरो
 विप्लवको बाटो भत्काउनु
 उसको धर्म हो ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger