अधुरो सपना
सपना हजारौ बोकेर हिडेको
नयाँ ठाऊ
नयाँ परिभेष
नयाँ परिचय
बनाऊनै हिडैको
त्यो भिडमा एक्लो म
अनि सपना मेरा
लिलामि हुदैथिए बिस्तारै बिस्तारै
म केही गर्न सकिरहेको छैन
त्यो भिड भित्र
त्यो महङ्गि मा
म अनि मेरा सपना को कुनै किमत भेटिन
सबैको नजर परेको छ
जसरि माछा भुरा को पर्खाइमा देखिन्छन
मेरो पनि त्यहि हालत मा छु
इश्वरको ओकालत मा छु
मेरा इच्छा
सपना मेरा
अनि चाहना
आखाँबाट झरि भै बर्षिरहेछ
हतारको निर्णय ले सपनामा सबैको छ काठमान्डौ तर यथार्थ मा छैन
गाँऊमा शन्देष पुर्याऊनु छ
केहि सिकाऊनु छ
केहि बुझाऊनु छ
गुण केहि लगाऊनु छ
मलाइ रित्यायर
केहि देखाऊनु छ
इतिहास मा नाम लेखाऊनु छ
जिन्दगी का पल खुशिले बिताऊनु छ
अनि सपना चिहाऊनु छ
औशि संगै
अन्धकार हटाऊनु छ
शन्देष लेखि पठाऊनु छ
तिमिले कोरेको भाग्य चम्काऊनु छ
खुशिको दिप जलाऊनु छ
अनि तिम्रो सामु आऊनु छ
रमाऊनु छ
केही आशु बगाऊनु छ
सजिब प्राणी को निर्जन
बस्तीमा जिन्दगी लाइ
समय बाट केही सीक्नु छ
मेरो सपनाको आकार दिनु छ
सपना थियो
तर
सपना अधुरो छ
जिन्दगी मधुरो छ
यात्रा एकुरो छ
म हरायँ
के पाँय के गुमाय
काठ्मान्डौमा हराएँ
अनि डराएँ
पागल भै कराएँ
बाटो बिराएँ
आफैलाइ गुमाएँ
मेरो सपना तुहाएँ
अब रित्तो जिन्दगी
न लक्ष्य छ
ऊदेस्य
अब सपना नि रित्तो छ
सबै पथ बन्द भए
अनि मेरा सपना ओइलिए
एक एक गरि डालिबाट तोडिए
अनि म एक्लो छ
रित्तो छु
सपना छैन्नन
आफ्ना छैन्नन
................!
No comments:
Post a Comment