मुटुु बिच हानी तीर आएको छु आज फेरी
फुकाएर हल्का जंजीर आएको छु आज फेरी
फुकाएर हल्का जंजीर आएको छु आज फेरी
रोग व्यथा ग्रस्त थिए काप्दैँ थिए धड्कन हरु
घिसारेर आफ्नै शरीर आएको छु आज फेरी
घिसारेर आफ्नै शरीर आएको छु आज फेरी
मरे भने फूल माला लगाई दिन नर्बिसे है
क्यानभासमा राखी तस्वीर आएको छु आज फेरी
क्यानभासमा राखी तस्वीर आएको छु आज फेरी
चाह थियो मेरो पनि तिम्ले जस्तै गंगन चुम्ने
अल्झिएर तारे भीर आएको छु आज फेरी
अल्झिएर तारे भीर आएको छु आज फेरी
विवश तामै हर प्रहर डुब्ने भए गजल भित्र
फुटाएर आफ्नै तकदिर आएको छु आज फेरी
फुटाएर आफ्नै तकदिर आएको छु आज फेरी
विवश ज्ञवाली (असफल प्रेमी)
दिमिक स्याङ्जा
हाल यू . ए . र्इ




No comments:
Post a Comment