Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » सन्धिखर्क अर्घाखाँचीका गजलकार दीपक अधिकारी चंचल को केहि गजलहरु

सन्धिखर्क अर्घाखाँचीका गजलकार दीपक अधिकारी चंचल को केहि गजलहरु

गजल १ 
गजलकार :
दीपक अधिकारी 'चञ्चल'
सन्धिखर्क अर्घाखाँची
गएको छ जो मेरो, जीवन बाट l
निकाल्नु पर्छ अब, यो मन बाट ll
जसको निम्ति मैले, जिंदगी सुम्पे l
छुटाई लग्यो स्वास, धड्कन बाट ll
पूरा गर्न् नसकेर, उन्का इच्छा मैले l
सर्त थ्यो तारा दिने, गगन बाट ll
माया पाउन ठुलो, त्याग गर्नु पर्छ l
कस्ले भन्छ प्यार् हुन्छ, चुम्बन बाट ll
एकै पल्मा घायल, बनाएर् आज l
छोडेकि छ मलाई, बचन बाट ll
गजल २ 
उस्ले खबर बताउछ, समाचार बाट l
बजारको त्यो दुइ प्रति, अखबार बाट ll

मुखमा ठिक्क बगलिमा, छुरा हुनेहरू,
चिनिहाल्छु मैले उनको, ब्याबहार बाट ll
जनताको पेटमा सधै, लात हान्दै हिन्ने,
छैन कुनै आश अब, यो सरकार बाट ll
आज म कहाँ पुगेर, के गर्ने थिए था'छ,
भाग्य देख्न मिल्ने भए, आफ्नै निधार बाट ll
छोरो आउने दिन गन्दै, बसेका थे बाबा,
लाश आयो बाकश्मा, साउदी,कतार बाट ll
गजल ३ 
मेरै यादमा भिजेको, सिरानी देखाएर 1
माया गर्छु भन्छे औठी, निशानी देखाएर 11
दिल मेरो लूटी गई, त्यो दिन बाट उस्ले,
मुना अनि मदनको, कहानी देखाएर 11
जिउछु तिम्रो लागि म, मर्छु तिम्रै लागि म,
यस्तै भन्दै ठेकी अनि, मदानी देखाएर 11
छिट्टै आफ्नो बन्नु पर्छ, हजुर र म अब,
बैश ढल्की सक्यो यता, जवानी देखाएर 11
गजल ४ 
रुदै र रुदै, आएर हिजो, मेरो मन दुखायौ,
आशुले तिम्रो, परेली भीज्यो, मलाइ त सम्झायौ ।
नजिकै सर्दै, मेरै भर् पर्दै, मायालु तिमीले ,
चपक्क परी, आफ्नै झै गरी, मेरै हात समायौ ।
सधै र जस्तै, निद्रामा आई, उही मध्य रातमा,
सुतेको थिए, आराम संग, स्वप्नमै तर्सायौ ।
सब दुःख् भूली, खुसीमा ड़ुली, संसारको अगाडी,
आशुका धारा, लुकाई सारा, हास्नलाई सिकायौ ।
दिएर धोका, लिएर मन, यो निर्दोष मान्छेको,
सीधा र साधा,"चञ्चले" केटो, गजल्कार बनायौ ।
गजल ५ 
पिरतिका कुराहरू गर्ने भए आउनु l
सँगै जिउने अनि सँगै मर्ने भए आउनु ll
मेरो लागि तिमी नै हौ सबै भन्दा माथि
तिम्लाई पनि म नै मन पर्ने भए आउनु ll
छिट्टै मेरी बन्नु पर्छ ढीला हुन्न कत्ती
त्यो घर बाट मेरो घर सर्ने भए आउनु ll
तिम्ले मैले आटेपछि हुन्छन् सपना पूरा
मेरो हातले खाली सिउँदो भर्ने भए आउनु ll

गजल ६ 
पहिले मेरा चिठ्ठी पत्र थमाएर गई l
अनि बल्ल अर्कैको हात समाएर गई ll
घर न घाट बनाएर मलाई यहाँ एक्लै
बिहे गरी अन्तै घरजम जमाएर गई ll
गाउ घरमा चर्चा धेरै चल्या थियो हाम्रो
मेरो बदनाम गरी नाम कमाएर गई ll
मेरो लाशमा मलामिले कात्रो बेर्दै गर्दा
दुल्हा अनि जन्ति सङ्गै रमाएर गई ll
गरीब देखि होला मलाई धोका दिई उस्ले
धनि अनि पैसा वाला ठमाएर गई ll
गजल ७ 
देख्छन सबै तिरिमिरी सराब पीएपछी |
फेरी गर्छन दादागिरी सराब पीएपछी ||
ढोका बन्द गरी प्यारी सुतिरहेको बेला |
हल्ला गर्छ भित्र छिरी सराब पीएपछि ||
मात्तिएको देख्दा छोरो संहालीन नसकेर |
सधै रुन्छीन माता श्री सराब पीएपछि ||
जती थियो सम्पती भट्टी तीर उडाएर |
खाडी हिन्यो कुम्लो भीरी सराब पीएपछि ||
कति माया गर्छौ भनी प्रियसिले सोध्दा |
देखाईदियो छाती चिरी सराब पीएपछि ||

दीपक अधिकारी 'चञ्चल'
सन्धिखर्क अर्घाखाँची
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger