स्रस्टा : शालिग्राम अर्याल
ठेगाना : नलाङ ७ बैरेनी धादिङ
हाल : मेरिल्याण्ड , अमेरिका
जन्म : २०१७ साल जेठ ७ गते
माता : स्व. टेनकुमारी अर्याल
पिता : फडिन्द्र प्रसाद अर्याल
|
सूर्य चन्द्र तथा अग्नि जसका तीन लोचन ।।
सधैं शुद्ध रहि बस्ने एक रुप अनेक छन् ।
दिशाका कपडा मान्ने हेर्दामा वस्त्रहीन छन् ।।
नन्दी भृङ्गी चतुर्शश्टी भूत प्रेत र प्रमथ ।
यी आदि गण्का स्वामी ती हिन्दुधर्मस्थापक ।।
देवादिका पनि देव महादेव महेश्वर ।
दक्षको यज्ञमा ध्वङ्स गर्ने रूप भयङ्कर ।।
बिख भाङ गरि पान धतुरो सर्बभक्षक ।
सृष्टिस्थिती तथा ध्वङ्स साथै पालक रक्षक ।।
कैयौं सुगन्धका नाना चन्दनै ज्यानमा घसी ।
बूढो गोरु चढिहिड्ने पार्वती संगमा बसी ।।
गंगा गौरीहरुद्वारा मायाका साथमा सदा ।
गोमाका पतिभै दु:ख , पापकर्म यदाकदा ।।
वीरभद्र महाकाली जटाभित्रै लुकाउने ।
शत्रुको सामना गर्दै आफ्नो पाउ झुकाउने ।।
वशिष्ठ कुम्भ आदिका ऋषिश्रेष्ठ महामुनी ।
सबैले पूजिने कस्ता ? यज्ञमूर्ती पनि उनी ।।
ओछ्याई बाघका छाला जटा पाली दिगम्वर ।
पिनाक धनु काँधैमा त्रिशूल लिइने कर ।।
बजाई डमरू बाजा रमाई घुमिहिडने ।
दैत्य दानवक काल शत्रुका शिर गिंडने ।।
आदिदेव परम् देव महादेव उनै शिव ।
हज्जारौं नामले पूज्ने सुपूज्जित नम: शिव ।।
"नम शिवाय"का पाँच अक्षरै पुण्य अक्षर ।
जप्नाले नासिने पाप जपौं कि ! पञ्च अक्षर ।।
शिवको जन्मभो आज शिवरात्री शुभ दिन ।
जपौं नाम पुगौं धाम यो नै हो शिवको दिन ।।
शालिग्राम अर्याल
ॐ नम:शिवाय ।
No comments:
Post a Comment