Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , , , » चुकुप्रकाश १३ औं मुक्तक दोहोरीको सारांश साथै बिमला शर्मा"शोभा" र दीपक"दीयालो"ढुंगाना बिचको मिठो मुक्तक दोहोरी

चुकुप्रकाश १३ औं मुक्तक दोहोरीको सारांश साथै बिमला शर्मा"शोभा" र दीपक"दीयालो"ढुंगाना बिचको मिठो मुक्तक दोहोरी

चुकुप्रकाश मुक्तक दोहोरी हरेक महिना हुने गर्दछ | चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका बाट संचालन हुने यस कार्यक्रम मा धेरै भन्दा धेरै साहित्य पारखीहरु रम्ने गरेका छन् | ३३ घण्टा सम्म लगातार मुक्तक दोहोरी लाइ समय दिएर रम्ने सर्जक हरुको हकमा बोल्नु पर्दा मुक्तक दोहोरी उनीहरुको ढुकढुकीमानै रहेको छ | मुक्तकलाई दोहोरीको मध्यम बाट प्रस्तुत गरि सवाल जवाफ गर्दै अघि बढ्ने यो तरिका अर्को रमाइलो पक्ष हो | लेखेर खेलिने साहित्यिक दोहोरी नेपालकै पहिलो प्रयास हो भने सबैभन्दा ठुलो साहित्यिक जमघट पनि हो | भर्खरै सम्पन्न मुक्तक दोहोरी मा भगवती लामा र हरिशरण अर्याल प्रमुख भूमिकामा रही अन्य २३४ जनाले भाग लिनु भएको यस कार्यक्रमले ३३ घन्टामा ५००० मुक्तक जम्मा गर्न सफल भएको छ | भारत बाट प्रकाश मगरले ३३७ वोटा मुक्तक समय सिमामै प्रस्तुत गरेर मुक्तक दोहोरी इतिहासकै सबैभन्दा धेरै मुक्तक लेख्ने मुक्तककार घोषित भएका छन् | त्यसैगरी , रतन राज टुहुरो र प्रकाश पाठक प्यासी आत्मा पनि थोरै अन्तरमा संगै संगै नै छन् | यस  कार्यक्रम संचालक तथा प्रबन्ध निर्देशक प्रकाश अर्याल चुकुप्रकाश लाइ कार्यक्रम अघाडी बढाउन ब्यबस्थापन तर्फ बाट मौलिक श्रीस र  अम्बिका प्रसाद बन्जारा सल्लाहकार तर्फ बाट सम्झना अर्याल दर्पण , मदन भण्डारी र सुनिल अधिकारी त्यसैगरी हरिसरण अर्याल र अन्य थुप्रै सर्जकहरुले साथ दिदै आएका छन् | 


१३ औं मुक्तक दोहोरी प्रेम बिशेष मा प्रस्तुत भएको बिमला शर्मा र दिपक दियालो ढुंगाना बिचको मुक्तक दोहोरी झलक 




मुक्तक न (१ )
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल
दीपक दियालो

दोहोरिमा मेरि प्यारी आइ दिए हुन्थ्यो l
बाचा कसम संगै बसि खाइ दिए हुन्थ्यो ll
मुक्तक बाटै कुरो छिनाइ मेरो लागि तिम्ले l
रातो सारी सिन्दुर पोते लाई दिए हुन्थ्यो ll
दीपक"दीयालो"ढुंगाना
पथरिसनिश्चरे न.पा.-७,मोरंग
हाल-दोहा कतार

मुक्तक न:=१
जिन्दगिका सारा दुख भगाएर आएँ।
तिम्रै नामको सिन्दुर पोते लगाएर आएँ।
तिमी संग माया गाँसी सुख दुख बाड्न।
मरेका ती इच्छा पनि जगाएर आएँ।।
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



दीपक"दीयालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:७ ,मोरंग
हाल -दोहा,कतार
मुक्तक (२ )
मन्को कुरा बुझ्ने माया भेटें जस्तो लाग्यो l
हराएको आफ्नै छायाँ भेटे जस्तो लाग्यो ll
धेरै खोजें जीवन साथी मन मिल्ने तर l
आज आफ्नै दायाँ बायाँ भेटे जस्तो लाग्यो ll
दिपक"दियालो"ढुंगाना
पथरिशनिश्चरे न.पा.,मोरंग
हाल-दोहा,कतार



मुक्तक न:= (२)
यादहरु सम्हालेर पर्खी बसेथें l
तिम्रै माया अंगालेर पर्खी बसेथें l
मलाइ छोडी हिजो अस्ति टाढा भएनी।
मुटु भित्र बसाएर पर्खी बसेथें l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक न:= ३
छड्के हेर्दै हिड्ने तिम्रो चाल मन पर्छ l
लठ्ठै पार्ने जिउ अनि डाल मन पर्छ ll
साँच्चै भन्छु एउटा कुरा तिम्रो बोलि मलाइ l
धरो धर्म सत्ते कसम बबाल मन पर्छ ll
दीपक"दीयालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:७ ,मोरंग
हाल -दोहा,कतार



मुक्तक न:=(३)
सुन्दरताको बयान गर्दा मख्खै पर्छु म त l
बिन्ती गर्दै पाउ पर्दा मख्खै पर्छु म त ll
कैले काहीँ घुर्क्याएर रिसाए जस्तो गर्दा l
फकाउँन अघि सर्दा मख्खै पर्छु म त ll
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक:(४ )
तिमिलाई भेटे पछि के भो के भो सत्ते l
मेरो बाटो छेके पछि के भो के भो सत्ते ll
भेट्ने साथै मुटु ठानी छाती भित्र तिम्ले l
मेरो नाम लेखे पछि के भो के भो सत्ते ll
दीपक"दीयालो"ढुंगाना
पथरिशनिश्चरे न:पा.-७,मोरंग
हाल- दोहा,कतार

मुक्तक= (४ )
काहाँ देखौं कहाँ भेटौं हुन्छ मलाइ पनि l
पिरतिको मिठो यादले थुन्छ मलाइ पनि l
जहाँ जाउ उतै देख्छु तिम्रै प्रतिबिम्ब l
तिम्रो न्यानो संझनाले छुन्छ मलाई पनि l
बिमला शर्मा"शोभा"
चितवन


मुक्तक न:(५ )
तिमिलाइ यो आँखाको नानी बनाइ राख्छु l
मुटु भित्र माया प्रेमको खानी बनाइ राख्छु ll
जुनि-जुनि साथ दिन्छु भन मात्रै प्रीये l
जिन्दगिको माली अनि रानी बनाइ राख्छु ll
दीपक"दीयालो"ढुंगाना
पथरिशनिच्चरे न:पा:-७,मोरंग
हाल-दोहा,कतार


मुक्तक (५ )
हँसाएर राख्छु भन्छौ रुनु पर्ने हो कि l
आँसुलेनै सारा जिवन धुनु पर्ने हो कि ll
रानी बनाइ राख्छु भन्छौ भन्नलाई तर l
संसारकै अभागिनी हुनु पर्ने हो कि ll
बिमला शर्मा"शोभा"
चितवन
दीपक दियालो


मुक्तक न:=(६ )
स्वर्ग जस्तो संसार दिन्छु चिन्ता नगर l
दु:ख पीडा सबै लिन्छु चिन्ता नगर ll
भन्छौ भने जिन्दगिका मेरा रहर बेची l
तिम्रै लागि खुशी किन्छु चिन्ता नगर ll
दीपक"दीयालो"ढुंगाना
पथरीशनिश्चरे न:पा:७,मोरंग
हाल-दोहा,कतार


मुक्तक न:(६)
तिम्रो माया पाए जीवन बहार हुनेछ l
अनि मैले बाँच्नुकोनी सार हुनेछ ll
मेरो माया लत्याएर गयौ भने कसम l
साँचो प्रेमको यो संसारमा हार हुनेछ ll
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक न =(७ )
तिम्रो घर आउछु आज जे-जे पर्ला पर्ला l
माग्न लाई आजै साँझ जे-जे पर्ला पर्ला ll
बाबा आमा नमानेमा हात समाइ तान्छु l
नाता गोता सबै माझ जे-जे पर्ला पर्ला ll
दीपक"दीयालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:-७,मोरंग
हाल-दोहा,कतार


मुक्तक न:=(७)
जुनि भरी दिने भए साथ हजुरले l
माग्न आए हुन्छ मेरो हात हजुरलेll
चोखो माया गर्नु हुन्छ अजम्बरी जस्तै l
गर्नु हुन्न पक्कै पनि घात हजुरले ll
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक न:८
मोहनिले ताने जस्तो हुन्छु घरिघरी l
पागल बनी तिम्रो तस्बिर छुन्छु घरिघरी l
तिमी मलाइ साथ दिन्नौ भन्ने पनि था छ l
तर पनि किन तिम्लाइ चुन्छु घरिघरी ll
दीपक दियालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:-७,मोरंग
हाल-दोहा,कतार


मुक्तक (८ )
सबै भन्दा धेरै बिश्वाश गर्छु भन्थ्यौं पैले l
बिना कारण शंका मात्र गर्छौ किन ऐले l
घाइते मुटु बोकी बाँच्दा लाग्छ मलाई यस्तो l
काल आइ टप्प टिपी लान्छ होला कैले l
बिमला शर्मा"शोभा"
चितवन



मुक्तक न:=( ९ )
असल के हो खराब के हो चिन्न सक्छु अझै l
तिमी बिना एक्लै पनि हिन्न सक्छु अझै ll
धन दौलत नभए पनि कम्जोर नसम्झ l
चाहे भने तिम्रा खुशी छिन्न सक्छु अझै ll
दीपक दियालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:-७,
हाल-दोहा,कतार


मुक्तक( ९ )
रुवाउनु रैछ आखिर किन माया लायौ l
वर पिपल साछी राखी झुटा कसम खायौ l
निर्दोष आँसु नयन बाट झार्ने भए तिम्ले l
साथ दिन्छु भन्दै किन मेरै नजिक आयौ l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल

मुक्तक न:(१०)
मन संग मन मिले पो त माया l
तन संग तन मिले पो त माया ll
आज भन्दा भोलि मुटुको धड्कन l
झन भन्दा झन मिले पो त माया ll
दीपक"दियालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:-७,मोरंग
हाल-दोहा,कतार




मुक्तक( १० )
तिमि बिना जिन्दगी यो काटौ कसो गरि
अरु संगै दिलको धड्कन साटौ कसो गरि
बिना कारण सम्बन्ध यो टुटाएसी तिम्ले पिरतिको डोरी अन्तै बाटौ कसो गरि l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक=(११ )
साँचो माया गर्थें मैले तोड्यौ तिमिले l
धनी भेट्दा गरिब ठानी छोड्यौ तिमिले ll
जुनि भरी चोखो माया गर्छु भनेर l
पराइ संग नाता किन जोड्यौ तिमिले ll
दीपक दियालो"ढंगाना
पथरी-७,मोरंग
हाल-दोहा,कतार




मुक्तक (११ )
चोखो माया गर्छु मैले छोडी नभन्नु l
नदेखे झैं नजर अन्तै मोडी नभन्नु l
तिमी बिना धड्कन यो कहाँ चल्छ र l
अजम्बरी नाता हाम्रो तोडी नभन्नु l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक(१२ )
अगुल्टोनी नठोसी त आगो बल्दैन l
दु:ख सुख नभएनी जीवन चल्दैन ll
झुटो कुरा दुनियाँमा टिक्छ कतिन्जेल?
सत्ते कुरो लुकाएर कैलै छल्दैन ll
दीपक दियालो"ढुंगाना
पथरी-७,मोरङ्ग



मुक्तक( १२)
एकोहोरो मैले माया गरेर पो गल्ति गरें l
बिना सित्तै तिम्रो लागि मरेर पो गल्ति गरे ll
जीवन भरि साथ दिन सक्दिन म भन्दा पनि l
हत्ते हाली तिम्रो पाउ परेर पो गल्ति गरें ll
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक (१३ )
मेरो लागि अब तिम्ले मर्नु पर्दैन l
नाना थरी झुटा कुरा गर्नु पर्दैन ll
अब आफ्नै खुशी गर्नु मलाइ बिर्सेर l
फेरि कैले मेरो छेउ पर्नु पर्दैन ll
दीपक दियालो"ढुंगाना
पथरी-७,मोरंग
हाल-दोहा कतार



मुक्तक (१३)
यस्तो हालत देखि देखि जान्छौ भने जाऊ l
निस्ठुरी भै मुटु रेटी जान्छौ भने जाऊ l
बाचा कसम सबै तोडी मेरो जिन्दगीको l
खुशी आउने बाटो छेकी जान्छौ भने जाऊ l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक(१४ )
कठोर वचन गरि गरि नाता टुटायौ |
अजर अमर माया प्रिती किन छुटायौ |
तिमी बिना एक्लै बाँच्न भन्थ्यौ सक्दिन |
तर आज कसरि पो साहस जुटायौ ||
दीपक दियालो"ढुंगाना
पथरी-७,मोरंग
हाल-दोहा,कतार



मुक्तक (१४ )
हरायो नि भोक तिर्खा टाढा भए देखि l
कस्तो हुन्थ्यो हाम्रो माया गाढा भए देखि l
रोकिन्छ कि जस्तो भाछ यो मुटुको धड्कनl
फूल जस्तो मान्छे आज काडा भए देखि l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक(१५ )
बाचा थियो तिमी संग कैलै तर्किन्न l
मेरो मन टुटाएसि अब फर्किन्न ll
जति दुख परे पनि खप्छु आफैंले l
हाम्रो अतीत सम्झी अब छाती चर्किन्न l
दीपक दियालो"ढुंगाना
पथरी-७,मोरंग
हाल-दोहा,कतार



मुक्तक (१५ )
मर्छु होला म त तिम्रो हुन पाइन भने
पिर व्यथा पोखी संगै रुन पाइन भने l
छट्पटीमै बित्छन् कति प्रहरहरु मेरा l
यी हातले तिम्रै तस्बिर छुन पाइन भने l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक(१६ )
कति माया गर्छौ भनी चोरेको थें मन l
मेरो मुटु तिमिनै हौ धड्कन अनि तन l
साँचो माया गरि मलाइ बिस्वास दिलाएसी l
हिजो भन्दा आज माया बढ्न थाल्यो झन l
दीपक"दीयालो"ढुंगाना
पथरी-७,मोरंग
हाल-दोहा,कतार



मुक्तक (१६)
म मुना भए तिमी मदन हुनु ।
मेरो मन मुटुको धड्कन हुनु ।
जुनि भरि हामि बाँचौंला संगै ।
म बन्नेछु धर्ती तिमी गगन हुनु l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक (१७ )
मुटु भित्र राख्छु तिम्लाइ धड्कन भित्र राख्छु !
अजर अमर माया प्रेमको बन्धन भित्र राख्छु l
जुनि-जुनि सयौं जुनि मेरो कसम तिम्लाइ l
यी आँखाको नानी बनाइ नयन भित्र राख्छु ll
दीपक"दीयालो"ढुंगाना
पथरी-७,मोरंग
हाल-दोहा,कतार
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger