प्रेम बिषेश, १३ औ चुकप्रकाश मुक्तक दोहोरिका केहि अ्श हरु
बिपुना भण्डारी र एक बहादुर पुलामी मगर बीचको दोहोरी झलक
प्रसङ्गा १
बिनुपा भण्डारी
मुक्तक ८
मिल्दैन माया ममा जब्बर जस्ति बल गरेर
मिल्ने भए पाउथियो सिता रावणले छल गरेर
एक तर्फिनै सहि प्रेम अमर पार तिम्रो
हामि दुई बिचको बिवाद हल गरेर
बिनुपा भण्डारी
बिराटनगर
हाल काठमांडू
के गर्नु पर्ला त तिम्रो माया पाउन ।
राबण हैन राम बन्छु तिम्लाई रीझाउन । ।
दुबै तर्फी बनाम्नत हाम्रो पिरथीलाई,,
यस्कोलागी तयार छु म जहाँ सुकै धाउन । ।
एक बहादुर पुलामी मगर
मैदी २ धादिङ
हाल बिरानो मुलुक
पहिले साचो मेरो मित्र बन
बाहिरझै असल भित्र बन
स्वीकार्ने छु तिम्रो माया
गंगा जलझै पबित्र बन
बिनुपा भण्डारी
बाहिर भित्रै असल छु मनको ।
बन्छु साथी सधै त्यो जीवनको । ।
स्विकारेमा मेरो माया यदि,,
देख्नेछौ कन्चन्ता मेरो पनको । ।
एक बहादुर पुलामी मगर
मैदी २ धादिङ
हाल बिरानो मुलुक
प्रसङ्ग- २
रोगलागि ज्यान गले पछि आऊनु प्यारा
छिट्टै मर्ने हल्ला चले पछि आऊनु प्यारा
सेतो डोलि चढ़ाई आर्यघाटलान
जिवन रुपि रुख ढलेपछि आऊनु प्यारा
बिनुपा भण्डारी
बिराटनगर
हाल काठमांडू
तिम्लाई रोग लाग्नेछैन नडराउ प्रिय ।
कहाँ मर्ने ? देख्छु राम्रै सीर पाउ प्रिय । ।
रातो डोली चढाउछु,मेरो दील्मा ल्याउन,,
जीवनरुपी रुख मेरो दिल्मा सजाउ प्रिय । ।
एक बहादुर पुलामी मगर
मैदी २ धादिङ
हाल बिरानो मुलुक
कुन आधारमा विस्वास गर्नु
कति तिमी आउने आस गर्नु
छिट्टै आउने मन बनाउन तिम्रो
अब म के काम खास गर्नु
बिनुपा भण्डारी
हाम्रो चोखो माया सम्झी बिश्वास गर ।
छिट्टै आउछु तिम्रो लागी, मेरै भर पर । ।
अब धेरै दीन छैन हाम्रो मिलन हुन,,
अनि त,खास हुन्छ पक्कै हाम्रो प्यारको घर । ।
एक बहादुर पुलामी मगर
मैदी २ धादिङ
हाल बिरानो मुलुक
Home »
मुक्तक दोहोरि
,
मुक्तक दोहोरी
» चुकुप्रकाश १३ औं मुक्तक दोहोरी : बिपुना भण्डारी र एक बहादुर पुलामी मगर बीचको मुक्तक दोहोरी झलक
चुकुप्रकाश १३ औं मुक्तक दोहोरी : बिपुना भण्डारी र एक बहादुर पुलामी मगर बीचको मुक्तक दोहोरी झलक
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार भगवती लामा ले राख्नु भएका केहि मुक्तकहरु
- मुक्तक दोहोरीको सन्दर्भमा हरीहर कँडेलको बिचार
- रेडियो धादिङ को प्रस्तुति साहित्य दर्पणमा - (अन्तरबार्ता ) चुकुप्रकाश मुक्तक दोहोरी र हरिशरण अर्याल बिचको सम्बन्ध
- एकल यत्री नानु र सुरज बिबशको मुक्तक दोहोरी अंस
- सुरज गैह्रे बिबश र बिरेन्द्र कार्कि बिचको मुक्तक दोहोरी
- ( दुख पिडा) मुक्तक दोहोरी हरफहरु
- एकल यात्री नानू मगर र सुरज बिबश बिचको मुक्तक दोहोरी
- प्रकाश मगर बियोगी र फुच्ची निराश बिच मुक्तक दोहोरी केही सवाल जवाफ
- चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार राम शरण श्रेष्ठले राख्नु भएका केहि मुक्तकहरु
- रमेश र नानु बीच भएको मुक्तक दोहोरी

Labels:
मुक्तक दोहोरि,
मुक्तक दोहोरी
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment