
यही जनावरी 31 र फेब्रुअरी 01 तारीखको दिन Chukuprakash Muktak Dohori ले आयोजना गरेको मुक्तक दोहोरी कार्यक्रम प्रेम विशेषमा सहभागी भइ कार्यक्रमको प्रारम्भमा मैले लेखेको केहि मुक्तक हरु तल जस्ताको त्यस्तै पोस्ट गरेको छु यसैगरी मैले लेखेको सबै मुक्तकहरु बिस्तारै पोस्ट गर्नेछु ।
मुक्तक १
राम्री होस या नराम्री काली होस या गोरी 
सफा राखोस घर आँगन नबनोस फोहोरी 
यति भए पुग्छ मलाई अरु केही चाहिदैन 
मुक्तक बाटै लान्छु आज ससुराको छोरी
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल = साउदी अरब
मुक्तक २
यो दिलमा बढ्न थाल्यो मायाको तरंग 
चढेर यो जवानी होला बढेको उमंग 
देख्छु सुन्दरीको तस्बिर बर्बराउछु एक्लै 
मध्य रातमा पनि हुन्छु झसङ्ग झसङ्ग !!!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल साउदी
मुक्तक ३
भमरा भै तिम्रो दिलमा आउने मन छ काली 
तिमी सँगै चोखो प्रीति लाउने मन छ काली 
ढुकुरको जोडी जस्तै बनोस् हाम्रो यो जोडी 
तिमीलाई दिलको रानी बनाउने मन छ काली !!!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल साउदी अरब
मुक्तक ४
माफी चाहन्छु प्रीयसी गल्ती भए मेरो 
तिमी मात्रै राम्री देखेँ हेर्दा सेरोफेरो 
माया गर्छु बदलामा माया मागेको छु 
हाँसीहाँसी दिनु जवाफ् नमानी अप्ठेरो !!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल साउदी अरेबिया
मुक्तक ५
मिठा मिठा मुक्तक हरु गाउ है मुक्तक दोहोरीमा 
माया लाउने मन भए आउ है मुक्तक दोहोरीमा 
उमेर ढल्की जाँदा पनि नमेटेला मनको रहर 
मन परेको आफ्नो जोडी बनाउ है मुक्तक दोहोरीमा !!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल साउदी अरेबिया
मुक्तक ६
मुक्तकैमा माया लाउन भएको छ छट्पटी 
नेटवर्कले नगरीदेउ आजको दिन गडबडी 
छान्छु यहाँ आफ्नो जोडी लान्छु घर मैले 
माया गरि राख्छु उसलाई बनाएर श्रीमती !!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल 
हाल साउदी अरेबिया
मुक्तक ७
दुखमा तिमीले बाटो नमोडे है बिन्ती 
यो साइनो पिरतीको नतोडे है बिन्ती 
स्वास फेर्नै सक्दिनँ म बाच्ने कुरै छोड 
लगाइ माया प्रीति नछोडे है बिन्ती !!!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल
मुक्तक ८
बोलाउदैछु मनको साथी मुक्तक दोहोरीमा 
आउन माया कम्मर भाँची मुक्तक दोहोरीमा 
गासौँ हामी माया प्रेम हृदयमा गहिरो बनाई 
पाउछ जोडी छानीछानी मुक्तक दोहोरीमा 
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
साउदी बाट
मुक्तक ९
मेरो मनको ढुक्ढुकीमा मायालुलाई बास दिन्छु 
भोलि भोलि भन्दिनँ म जे दिनु छ आज दिन्छु 
एउटा दिल छ त्यो पनि तिम्रै यादमा छट्पटाउछ 
अरु के पो दिन सक्छु र जिन्दगी भर साथ दिन्छु !!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल साउदी अरेबिया
मुक्तक १०
छैनन् क्यारे दोहोरीमा माया लाउने कुनै चरी 
भएपनी हामीसँग किन बोल्थे मन नपरी 
सोझो मान्छे म त हजुर लप्पन् छप्पन् जान्दिन 
गरौँ भने चिप्ला कुरा आउदैन नानाथरी
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल
मुक्तक ११
बिहे गरि तिमीलाई घर लाने मन छ मेरो 
सुखदुःख सँगसँगै गरि खाने मन छ मेरो 
बरु छिट्टै स्विकार गर ढिलो हुनसक्छ पछि 
भनिदेउ तिमी पनि सँगै जाने मन छ मेरो
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल साउदी अरेबिया
मुक्तक १२
कसलाई गर्नु प्रेम प्रस्ताव कोही पनि पाइन मैले 
ले'र आ'थेँ हातमा गुलाफ कोही पनि पाइन मैले 
खै भाग्य नै रित्तो छ कि समयले धोका दे'को 
खोजीसके सारा संसार कोही पनि पाइन मैले !!!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल
मुक्तक १३
दोहोरीमा मुटु साट्ने चाहना भो मेरो 
उनी सँग नाता गास्ने चाहना भो मेरो 
एउटै धड्कन एउटै तनमन दुबैले बनाई 
सँगै मर्ने सँगै बाच्ने चाहना भो मेरो !!!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल= बधु बजार साउदी
मुक्तक १४
मुक्तक बाट तिमीलाई गुलाफ पठाएको छु 
जिन्दगीको कथा पढ्ने किताब पठाएको छु 
मेरो माया झुठो छैन ख्याल नसम्झ सानू 
सात समुन्द्र पारीबाट बिश्वास पठाएको छु !!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल साउदी अरेबिया
मुक्तक १५
दिलै दिने बिचारले आएको छु दोहोरीमा
माया लिने आधारले आएको छु दोहोरीमा 
भेटे कोही लान्छु मैले आफ्नो प्रीय बनाएर 
हो कसैको प्यारले आएको छु दोहोरीमा !!
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल
मुक्तक १६
आकाशको जुन टिपी सक्दिनँ म दिन तिमीलाई 
भित्रबाट दिलै झिकी सक्दिनँ म दिन तिमीलाई 
बिश्वास गर साचो माया गर्छु जिबन भरी मैले 
यो कलेजी छाती चिरी सक्दिनँ म दिन तिमीलाई
राजेश पाठक प्याशी आत्मा 
गजुरी ५ धादिङ नेपाल 
हाल साउदी
कार्यक्रम बारे !
कार्यक्रम : चुकुप्रकाश बृहत मुक्तक दोहोरी 
शृंखला : १३ 
मिति : २०७१ माघ १७ गते दिउसो ३ बजे बाट १८ गते राती १२ बजे सम्म 
कार्यक्रम अबधी : ३३ घण्टा 
संकलित मुक्तक : ५००० (पाँच हजार )
कार्यक्रम अवधिमा सबैभन्दा धेरै मुक्तक लेख्ने - प्रकाश मगर वियोगी (३३६ मुक्तक )
प्रतिस्पर्धामा 
रतन 'राज' टुहुराे-(३३३ मुक्तक )
राजेश पाठक प्याशी आत्मा -(२६२ मुक्तक )
बिवरण -
आयोजक : चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका 
संचालक / प्रबन्ध निर्देशक : प्रकाश अर्याल चुकुप्रकाश 
सल्लाह : मदन भण्डारी , सम्झना अर्याल , सुनिल अधिकारी 
ब्यबस्थापक : मौलिक श्रीस , अम्बिका प्रसाद बन्जारा 
सहयोगी : हरिशरण अर्याल 
प्रकार : मासिक कार्यक्रम
उदेश्य : सिंगो मुक्तकको बिकाश गर्नु , नव मुक्तककारको जन्म गराउनु , नव सर्जक र पुराना सर्जक लाइ संगै राखी एकै माहोलमा रहेर मुक्तक लेख्ने पाठशाला बनाउनु , सिघ्र प्रतिउत्तरको क्षमता बृद्दि गर्नु
धारणा : मुक्तकको बिकाश संगै समाजका परिस्थिती नियाल्ले कोशिष
 

 


 
No comments:
Post a Comment