Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » मुक्तक मनोहरमा पोस्ट भएका केही मिठा मुक्तकहरु

मुक्तक मनोहरमा पोस्ट भएका केही मिठा मुक्तकहरु



****मुक्तक*****
यो रातो गुलाब,फिक्का लाग्यो,हजुरका अधर,सम्झिए पछि

अंगमा एउटा,तरंग उठ्यो,मायाको असर ,सम्झिए पछि
त्यो बेला लाग्थ्यो,संसारै हाम्रो,जता'नि हिड्यो,खुल्ला छ सफर
अहिले पो लाग्छ,कुँजिए जस्तो,पुरानो डगर सम्झिए पछि
-AGYANI


****मुक्तक*****
दुःख पर्दा दुख्ने मुटु मेरो पनि छ है
चोट पीडा पुग्ने मुटु मेरो पनि छ है
पत्थरत मेरो मन पक्कै होइन बुझ
सिसा झैं टुट्ने मुटु मेरो पनि छ है||
==================
२४/१०/२०७१
साहित्यपारखी मगर मोहन
थारमारे ४ सल्यान
हालःमुग्लानि भुमिबाट

****मुक्तक*****

मायाको तलाउ सुकाएर जान्छ उसैले
पटक पटक मन दुखाएर जान्छ उसैले
जसको आफ्नो भन्दानि बढी भर पर्यो
बिश्वासको डोरि चुडाएर जान्छ उसैले
Beekee Sudha
बाग्लुङ बलेवा
दक्षिण कोरिया
****मुक्तक*****

ठुटे चोली घरबुनाको गुन्यु लगाई घरी घरी
यिँ निदरी उत्ताउली छिन घुम्छिन आँखा वरिपरि
मलाई पनि यथार्थमा झल्को देखाइ देऊन कसम्
आँखा अघि उभिएर स्वप्न दिन्छ्यौ थरि थरि
- AGYANI

****मुक्तक*****

मेरो मनको आश मारी जान्छ्यौ भने जाउ
मलाई एक्लैएक्लै पारी जान्छ्यौ भने जाउ
मेरो वस्ती तिमीलाई विरानोझैं लाग्छ भने
अन्तै तिर बसाइँ सारी जान्छ्यौ भने जाउ||
======================
२३/१०/२०७१
साहित्यपारखी मगर मोहन
थारमारे ४ सल्यान
हालःमुग्लानि भुमिबाट


****मुक्तक*****

दिन दिनै तिम्रो त रंगीन बन्दैछ जीन्दगी !
मेरो भने तिमीबिना अर्थहिन बन्दैछ जीन्दगी !!
तिम्ले जस्तै हाँसी खुशी जीवन जीउँला भन्दा भन्दै ,
हिजो भन्दा आज झन कठीन बन्दैछ जीन्दगी !!!
TN mUkH¡¥A

****मुक्तक*****
चौरी अनि मुनाल डुल्ने हिमाल रहन्न हेर
सिमानाको लगाईएको पर्खाल रहन्न हेर
अझैनि भ्रष्ट कुकुरहरुको भरमा पर्यौं भने
भोलि पर्सि हाम्रो प्यारो नेपाल रहन्न हेर||
======================
२२/१०/२०७१
मोहन मगर सल्यानी
थारमारे ४ सल्यान
हालःमुग्लानि भुमिबाट


****मुक्तक*****
चौरी अनि मुनाल डुल्ने हिमाल रहन्न हेर
सिमानाको लगाईएको पर्खाल रहन्न हेर
अझैनि भ्रष्ट कुकुरहरुको भरमा पर्यौं भने
भोलि पर्सि हाम्रो प्यारो नेपाल रहन्न हेर||
======================
२२/१०/२०७१
मोहन मगर सल्यानी
थारमारे ४ सल्यान
हालःमुग्लानि भुमिबाट


****मुक्तक*****
फेसन भन्दै कपडा आधा लाएर नहिड
संस्कृति भुलि रि मिक्स र पप गीत गाएर नहिड
मंहगो छ चेली नारीको इज्जत बुझेनौ तिमीले
रात र साँझ डिस्को र डान्सवार धाएर नहिड
प्रकाश अधिकारी
बरबोटे 5, इलाम.


****मुक्तक*****
पात संग फूललाई दाज्ने नगर
ढुंगा संग नौनीलाई दाज्ने नगर
दाज्न मिल्छ समान कुराहरु मात्र
धन संग मायालाई दाज्ने नगर !!
©विक्लान्त



****मुक्तक*****
संविधान दिनु त काँहा हो काँहा नेताहरु लुक्दैछन्
जब बित्यो समय अनी बल्ल सहमतीमा पुग्दैछन्
समय हुँदा कुकुर जस्तै लड्दै बसे सदनमा ,
आज बल्ल भुसीयाहरु होसमा आई भुक्दैछन् |
‪#‎टि_एन_मुखीया‬
‪#‎ईलाम‬


****मुक्तक*****
आगोले पोल्छ भन्ने थाहा हुँदा हुँदै।
मिठो बचन बोल्छौ रिसाहा हुँदा हुँदै।
छोड्नु पर्छ चोखो माया भय पछी,
यौवनको मन भित्र चाहा हुँदा हुँदै।
‪#‎ऋषि‬

****मुक्तक*****

तिमीलाई के थाहा तिमी के हौ मेरो लागि
फूल हैन अनुभूति हौ बास्नाको मेरो लागि
फूल भए ओईलाएर झरी सक्नेथ्यौ शायद
शरीर म, मेरो आत्मा हौ तिमी मेरो लागि !
सुनिल अधिकारी

****मुक्तक*****

मोहबाट मुक्त भएँ कुनै रोष बाँकी छैन
तरल छैन रित्तिएका आभामा ठोस बाँकी छैन
आफै हुँ बाटो बिराऊने र समयलाई चुनौती दिने
सकियो अरुलाई लगाऊन मिल्ने दोष बाँकी छैन

विजय कुमार के.सी.
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger