प्रकाश मगर बियोगी
सौडियार १ दाङ
हाल दिल्लि भारत
|
ज्यानै जाला बरु मेरो तिम्लाई छोड्ने छैन।।
खाई सकें बाचा कसम कहिले तोड्ने छैन।।
सधैं भरि तिम्रो माया मुटु बिच राख्नेछु म।
तिमी बाहेक पराइ नाता मैले जोड्ने छैन।।
मुक्तक २
सधै? सपनिमा तिम्लाई देख्न थालें प्रिय।।
यहाँ पागल भनि दुनियाँले हेप्न थालें प्रिय।।
छाति भित्र कोमल मुटु दुःखि हाल्छ मेरो।
सहन गाह्रो भयो रचना लेख्न थालें प्रिय।।
मुक्तक ३
संगै मर्ने कसम खाने निष्ठुरी कस्तो।।
मुटुमा तिर हानि जाने निष्ठुरी कस्तो।।
माया जालमा बाँधेर नब प्रेमि लाई।
बियोगमा फसाई लाने निष्ठुरी कस्तो।।
मुक्तक ४
होजो एउटा नारिको बलत्कार भयो रे।।
अदालत गई न्याए माग्दा हार भयो रे।।
सबै नारी उठ्नु पर्यो अधिकार ल्याउन।
दिदि बचाउदा भाईको मारामार भयो रे।।
मुक्तक ५
फर्कि आयौ फेरी जिउंन बाध्य भए।।
टुक्रिएका मुटुहरु सिउंन बाध्य भए।।
तर तिम्रो ब्याहार उहि पुरानो रहेछ।
बाच्न सकिन बिष पिउंन बाध्य भए।।
प्रकाश मगर बियोगी
सौडियार १ दाङ
हाल दिल्लि भारत
No comments:
Post a Comment