सुजन क्षितिज राई
ईलाम हाल मलेसिया
|
[ सबैभन्दा छिटो मुक्तक लेख्ने व्यक्ति - चुकुप्रकाश १४ औं मुक्तक दोहोरीमा सबैभन्दा धेरै मुक्तक ( ३३ घन्टामा - ३३५ वोटा मुक्तक ) लेखेर मुक्तक दोहोरी इतिहासकै सबैभन्दा धेरै मुक्तक लेख्ने मुक्तककार मा घोषित हुनुभएको (घोषित मिति : २०७१ साल फाल्गुण १८ गते ]
मुक्तक १
गाउँ घरमा जहिले टुक्कि बत्ती बाल्नु पर्छ।
हो थाहा छ अझै यस्तै कति बर्ष गाल्नु पर्छ।
पुगेन ठुलो बढाको आँखा गाउँ बस्तिहरुमा।
लोडसेटिङको आवज अब उठाउनु थाल्नु पर्छ।
मुक्तक २
हिजो बोल्नाले आज जन्ताको तारो भाछ।
आस देखाएर नपुराउदा आज गारो भाछ।
गाउँ बस्ती सबै झिलमिल बनाउन खोजे थे।
तान दियो खुट्टा रत गाउँ पुरै अँध्यारो भाछ।
मुक्तक ३
हो हाम्रो देश नेपालमा सधैं यस्तै भएकोछ।
गाउँको कुरै छोडौ सहर अध्यरोले छाएकोछ।
पढ्न पाउदैनन् बालेर त्यो बिजुली कहिल्यै |
नेपाली जन्ताले साच्चै कति दु:ख पाएकोछ।
मुक्तक ४
जलस्रोत धेरै भए उज्यालो खै बत्तीले।
गाउँ घरामा दु:ख पाएको छ कत्तिले।
उठाउ बुलन्द आवज मुक्तक बाटै अब।
हटाउन पर्छ अँध्यारो कलम शक्तिले।
मुक्तक ५
यस्तै हुने गर्छ नेपालमा आज पनि।
किन हुदैन ठुलालाई यहाँ लाज पनि।
कुराले मख्खै बनाई सोझो जन्तालाई।
ठुलो ठुलो भित्रै गर्छन बाजा बाज पनि।
मुक्तक ६
गाउँ बस्ती अध्यारो मार मा परे पछि।
लडिन्छ अध्यरोमा झार मा परे पछि।
देशमा बिकास सबैले चाएका छन हेर्नू।
आस मात्र हो सधै अत्यचार मा परे पछि।
मुक्तक ७
हो साच्चै अब जन्ता एक जुट हुनु पर्छ।
लोडसेडिङ मारमा पर्यो अब छुट हुनु पर्छ।
अरु जस्तै हाम्रो देश नेपाल पनि अब।
सबै सग टक्कर गर्ने खाल्को गुट हुनु पर्छ।
मुक्तक ८
लोडसेडिङले मुक्तक दोहोरी खेल्नु परेकोछ।
गाउँबस्ती सहर भन्दा धेरै पिडा झेल्नु परेकोछ।
छैन उज्यालो गाउँ बस्तिमा अझै पनि किन।
अध्यारोमै त्यो सुख्खा रोटी बेल्नु परेकोछ।
मुक्तक ९
लहरा ताने पहरा गर्जिन्छ तान्नै पर्नेभो।
नगरे पछि बिकास झटारो हान्नै पर्नेभो।
आफ्नु मात्र होईन अब नेताहरुले।
जन्ताको पिर मार्का पनि जान्नै पर्नेभो।
मुक्तक १०
लोडसेडिङ्को मारले बित्छकी जिबन।
चोट पिडाको भारले बित्छकी जीवन।
हिजो जस्तो थियो आज पनि उस्तै भै।
टुक्कि बत्तिको सारले बित्छकी जीवन।
सुजन क्षितिज राई
ईलाम हाल मलेसिया
[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १४ औं मुक्तक दोहोरी मा सुजन क्षितिज राइ ज्यु ले राख्नु भएको मुक्तक को केहि अंश हो ]
बिवरण
मुक्तक दोहोरीमा भाग लिन हामी संग रहनु होला |
No comments:
Post a Comment