Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » पर्बतका मुक्तककार अनिल सौगात सुवेदीको केहि मुक्तकहरफ हरु

पर्बतका मुक्तककार अनिल सौगात सुवेदीको केहि मुक्तकहरफ हरु

                            मुक्तककार  परिचय :                      
नाम : अनिल सौगात सुवेदी
ठेगाना : ठुलीपोखरी १, पर्बत
हाल : रियाद, साउदी अरब
मुक्तक १,,
बैँस ले मातिएकी यो सानी खराब छ
नजिक नआउ मेरो पनि बानी खराब छ ।।
टाढै बस कान्छी भोलि पछुताउनु भन्दा
तिम्रो मेरो उस्तै उस्तै जवानी फरक छ ।।

मुक्तक २,,,
मन दुख्दा आँखा रुने कसले बनायो
देउता भनि पथ्थर छुने कसले बनायो ।।
मायाप्रेम मा त मान्छे खुसी हुन्छ तर
बिछोड मा पागल हुने कसले बनायो ।।

मुक्तक ३,,,
जित मात्र हुदैन कहिले हार हुन सक्छ
हरेस खाए जिन्दगी बेकार हुन सक्छ ।।
हिम्मत लिई अगाडि बढ्याे भने मात्र
सन्सार सबै आफ्नो उपहार हुन सक्छ ।।


मुक्तक ४,,,,
तिम्ले टेक्ने मैले टेक्ने माटाे फरक छ
जिन्दगी को आ आफ्नै पाटाे फरक छ ।।
हिजो सम्म संगै यात्रा गरेपनी सानू
आज देखि हामी हिड्ने बाटो फरक छ ।।

मुक्तक ५,,,
मैले जोत्दा तिमिले डल्ला फोरेको याद आयो
अर्कै को खरवारि को घाँस चोरेको याद आयो ।।
कति छिटो बित्छ दिन अनि अतीत बनी दिन्छ
चौतारीमा ढुङ्गा ले नाम कोरेको याद आयो ।।

मुक्तक ६,,,,
सन्सार देखि दिक्क लाग्छ कुनै बेला
सधै कहाँ हुन्छ ठिक्क लाग्छ कुनै बेला।।
दुख अनि सुख लाई निहालेर हेर्दा
दुई पाटाको एक सिक्का लाग्छ कुनै बेला ।।

मुक्तक ७,,,,
मान्छेहरु सबै एउटै स्वभाव फरक फरक
ईच्छा चाहाना अनि अभाब फरक फरक ।।
एकै ठाउ एकै परिवेश एउटै सन्सार भित्र
प्रश्न एक तर सबको जबाफ फरक फरक ।।

मुक्तक ८,,,,
किन पोल्छ छाती भन्थे चोट लुकेर पो रैछ
भिज्न छाेडे परेली आशु मुल सुकेर पो रैछ ।।
भित्र जस्तो भए पनि बाहिर खिस्स हास्नै पर्ने
किन खुसी देखिन्नस भन्थे मन दुखेर पो रैछ ।।

मुक्तक ९,,,,
जमिनमा छु आकाश छुन सक्दिन म
चोट भए नि मुटु भरी रुन सक्दिन म ।।
माया त पैसामा बिक्छ अरे अचेल
गरिब भएरै तिम्रो मान्छे हुन सक्दिन म ।।

मुक्तक १०,,,,,
बिहेको निमन्त्रणा भनी पत्र लेखेर पो गयौ


निहुराउदै शिर घुम्टोले मुहार छेकेर पो गयौ ।।
सोचेको थिए फर्किएर आउदिनौ होला अब
श्रृङ्गारिदै मेरै आगनको छेउ टेकेर पो गयौ ।।

अनिल सौगात सुवेदी
ठुलीपोखरी १, पर्बत
हाल : रियाद, साउदी अरब
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger