Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » १४ औं मुक्तक दोहोरी कस्तो रह्यो क-कसले के के भने ? [ प्रतिक्रिया संगालो ]

१४ औं मुक्तक दोहोरी कस्तो रह्यो क-कसले के के भने ? [ प्रतिक्रिया संगालो ]

शिव राज बि सि यकल यात्री

जाँदा जाँदै
बनायौ मजबुत बिजुली बत्ती मुक्तक दोहोरी बाटै/
निखारिला कलमी हरुको शक्ति मुक्तक दोहोरी बाटै//
यस्तो कार्य गरेका छौँ कि बिस्वस्नियता बढाउने/
लोडसेडिङ घटदै जन्छ कत्ती मुक्तक दोहोरी बाटै//

सर्ब प्रथम त Chukuprakash Muktak Dohori का संचालक  प्रकाश अर्याल ज्यु , कार्य समिताका सम्पूर्ण साथीहरु साथै उपस्थित सम्पुर्ण मुक्तकिला मनहरुमा हृदय देखि नै साधुवाद  प्रकट गर्न चाहन्छु  र  कार्य ब्यस्तताका बाबजुद  पनि भोक प्यास  थकाई को प्रभाह न गरि आफ्नो अमुल्य समय दिई खर्चिनु भो अथबा पाल्नु भएकोमा  मुरि मुरि धन्यवाद  र तपाईं हामी र म बिच धेरै सान्दर्भिक रोमान्टिक  र रमाईलो का साथ यो ३३ घन्टा कसरी पार गरियो अत्तो पत्तो भाको महसुस पनि भएन किन भन्दा हाम्रो जमघट ले नै सायद यस्तो पारिदियो  होला ।
र साथी हामी बिच कहिँ कतै जानी न जानी बादी प्रती बादी को  सवाल जवाफ  मा कमि कमजोरी तथा  गल्ती पनि भयो होला  त्यो गल्तिलाई यौटा साथी सम्झेर माफी गरि दिनु हुनेछ भन्ने पूर्ण आशा अनि बिस्वासका साथ बिदा हुन्छु |


उहीँ तपाईको सु:ख दु:ख को साथी
शिव राज बि सि यकल यात्री
सुर्खेत राकम ९ हाल मरुभूमि
कुवेत बाट
( बाई बाई सुभ सन्ध्या )

----------------------------------------------------------------------------------------

बेहोशी कृष्ण कार्की

हरेक शृङ्खलामा एउटा न एउटा रेकर्ड कायम गर्दै अघि बढी रहेको यो Chukuprakash Muktak Dohori को आजको शृङ्खलामा केही जटिल बिषय उठान गरिएको भए पनि र गत शृङ्खलाको तुलनामा यसपाली कमै मुक्तकहरु पोस्ट भए पनि सशक्त र दमदार मुक्तकहरु पोस्ट भएको मेरो अनुमान छ। त्यति मात्र होइन यति सशक्त विषयमा पनि समय सिमा भित्रै ३५५ वटा मुक्तक पोस्ट गरि सुजन क्षितिज याङ्मा राइले गत शृङ्खलामा सबैभन्दा धेरै मुक्तक लेख्ने रेकर्ड बनाउनु भएका मुक्तकमन प्रकाश मगर बियोगको रेकर्डलाई ब्रेक गरि आफ्नो नाममा पर्नु भएकोमा हार्दिक बधाई समेत भन्न चाहें।



मलाइ लागिरहेको थियो कि, आजको बिषयमा लगभग २००० को हाराहारीमा मात्र मुक्तक पोस्ट होलान तर त्यस्को झन्डै दोब्बर  ३७०० मुक्तकहरु पोस्ट भएछन। म स्वयं पनि चकित छु कि, मैले पनि यति जटिल बिषयमा अघिल्लो चोटिको आफ्नै रेकर्ड ब्रेक गर्दै ३८ वटा मुक्तकहरु पोस्ट गर्न सकें । बास्तबमा भन्नू पर्दा साहित्य लेखन पनि एउटा नशा नै रहेछ, जस्तो सुकै कठिन परिवेश तथा सन्दर्भ भए पनि नशाले छोपे पछि पार लाइदो रहेछ जुन आजको मुक्तक दोहोरिले साबित गरि दियो। यति भन्दै यस मुक्तक दोहोरीका संचालक प्रकाश अर्याल चकुप्रकाश तथा सम्पुर्ण सहयोगी हातहरु तथा आजको यस मुक्तक दोहोरीमा रमाउनु भएका सम्पुर्ण मित्रलाई धन्यवाद! भन्दै ओझेल पर्न चाहे, जय मुक्तक! जय साहित्य!! जय चकुप्रकाश!!! जदौ।




शँकल्प दीक्षित
सबै आत्मिय मुक्तक मनहरूमा सहृदय नमस्कार यो 33 घण्टाको समयावधि सम्म हामी सँगै  दोहोरीको डोरीमा बाधिएर रहयौँ ...थाहा छैन मैले दोहोरीको विषयवस्तु समात्न सकेँ या सकिन, तर बिबिध समस्याका बाबजुत पनि सहभागी हुने चेष्टा गरेँ, मलाई साथ दिने मेरा आत्मिय साथीहरू सँग आभारी छु,,, साथै भनिन्छ सँगै सुत्दा गोडा लाग्छ सँगै खाए झुठो पर्छ रे, हुनसक्छ म बाट पनि गल्ति भयो की अञ्जानको भूल सम्झेर माफि दिनुहुनेछ आसामा छु अन्तमा फेरी पनि नमरी बाँचे अर्को बिषय वस्तु सँगै अर्को शृङ्खलामा यसै चुकुप्रकाश मुक्तक दोहोरीको मासमा भेटिने  बाचाका साथ यो चौधौं लोडसेडिङमय मुक्तक दोहोरीबाट छुटिन्छु नमस्कार जदौ  शुभ रात्रि |


Prince Yakkha

चुकुप्रकास दोहोरीमा मुक्तक प्रतियोगिता
साह्रै मीठो भयो मेरो पहिलो सहभागिता
लोडसेडिङ को नारा लगायौ सबै मिलेर
१४औं दोहोरिको आशा गरौँ राम्रो उपयोगिता।

सादर प्रणाम  चुकुप्रकास दोहोरी युनिट लाई अझ धेरै प्रकाश अर्याल सर मिडियाको मित्रहरु र प्रमुख भुमिका मा हुनु हुने प्रकाश मगर बियोगि र एक्लि रितुमा साथै सम्पूर्ण दोहोरी मा हातेमालो गर्नु हुने मित्रहरुमा। नमस्ते ।




बिष्णु एकल यात्री कान्छा 

हार्दिक धन्यबाद चुकुप्रकाश मुक्तक टिमलाई यहाँहरु सबै साहित्य मनहरु प्रति हार्दिक धन्यबाद समयले  बिदा माग्ने बेला भैसक्यो र यो मिठो मुक्तक दोहोरी संगै मिठो भलाकुसारी संगै यो चुकुप्रकाश मुक्तक वाल सम्म आएर मुक्तक लेख्ने यो सुव्यवस्था  भएको मा हृदयदेखि नै आभारी छु |
हार्दिक धन्यवाद  चुकुप्रकाश मुक्तक दोहोरी टिमलाई
शुभ रात्री जय होवस


Devindra Dil Dukhi Chongbang

हस्त नमस्ते मेरो दोहोरी खेल्ने समय त थिएन तर पनि मान्य जन हरुमा म यो निबेदन गर्छु कि आफ्नो डिउटिलाई चोरी चोरी दोहोरी खेलियो , आगामी दिनमा यस्ता कार्यक्रमलाइ अझ निरन्तरता दिनुहोला  सबैलाइ हार्दिक धन्यवाद नमस्ते अनि सेवारो |



हरिप्रसाद अर्याल 
हार्दिक धन्यवाद ज्ञापन गर्दछु चुकुप्रकाश मुक्तक दोहोरी कार्यक्रम टिमलाई। देशको जल्दो बल्दो अनि बिकराल समस्यालाई उठान गरेर देश तथा विदेश बाट लोडसेडिङ र यसले पारेको समस्या अनि समाधानको बिषयमा मुक्तकको माध्यमबाट गहन छलफल गरियो।
आगामी दिनहरूमा पनि देशको परिस्थिति र परिवेश सँगै सम्बंधित रहेर साहित्यिक क्षेत्रको विकास र विस्तारमा लागि पर्नुहुनेछ भन्ने बिस्वास रहेको छ।
जय मुक्तक
जय साहित्य

हरिप्रसाद अर्याल "निरन्तर "
हाँडीखोला गाबिस वार्ड नंबर ६, मकवानपुर
हाल :रियाध साउदी अरब!


Ram Sharan Shrestha 
मुक्तक दोहोरिको यो सभ्य भब्य कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबै सबैमा मेरो सालिन नमस्कार । समय र इन्टरनेको कारणले केहि समय मात्र सहभागी हुन पाउँदा पनि खुसि लागेको छ । आगामी दिनहरुमा मुक्तक दोहोरिको यात्रा झन फराकिलो हुँदै जानेमा म विस्वस्त छु ।
धन्यवाद


बिरेन्द्र कार्की 
बधाई छ हामी सबै लाई र मेरो पनि २०० मुक्तक पोस्ट गर्ने तयारिका साथ जुटेको थिए तर के गर्ने यो अर्काको ठाऊँ आफुले भनेजस्तो नहुने रैछ समयको परिस्थितिले गर्दा यहाँ भन्दा माथि उक्लीन सकिन र पनी धेरै रमाइलोको साथ १४ औ मुक्तक दोहोरि सफल परियो यसमैं धेरै खुसी छु हार्दिक धन्यवाद् मुक्तक लेखनमा साथ दिनु हुने सम्पूर्ण सर्जकहरुमा र हृदय  देखिनै धन्यवाद Chukuprakash Muktak Dohori पेज लाई हामीलाई मुक्तक लेखनको लागी र नव साहित्यकार जन्माउनको लागी यो महान कार्य गर्दै आउनु भएको Prakash Aryal सर लाई पनि हृदय देखिनै धन्यवाद यो कार्यक्रम  अझै अगि बड़ोस सफताले शिखर चुमोस सँधै हाम्रो साथ अझ गाढा रहिरहने छ  ।। धन्यवाद |


Lokesh Lama goLokesh Lama
धेरै रमाईलो र सान्दर्भिक क्षण भयो  तर quality भन्दा quantity धेरै पाएँ सबै जवाफ दिन मात्रै हतारिएको देखे टुटेफुटेका शब्द जोडेर छिटो उत्तर दिन हतारिएको मात्र देखे मुक्तक जस्मा मनमा धेरै थोरै चसक्क बनाउन सक्ने शब्द संरचना हुनु जरुरि छ , आगामी दिनहरुमा बरु ढिलै जबाफ दिएर मिठा मिठा र चोटीका मुक्तक राखेर मुक्तक दोहोरी खेलिदिनुहुन सम्पूर्ण मुक्तकमन हरुमा आग्रह गर्दछु | धन्यवाद |



Komal Bhatta 
आहा !
सबै मुक्तकमनहरू प्रति हार्दिक बधाई र प्रगतिको कामना !
नेपाली मुक्तक साहित्यको श्रीबृद्धिमा पुर्याएको यो अमूल्य योगदानप्रति सहस्र धन्यवाद  Prakash Aryal .


Prince Yakkha 
मन देखि आभारी छु Chukuprakash Muktak Dohori युनिट प्रति जस्ले यो मौका दिनु भयो। आनि।हार्दिकता जाहेर गर्छु जो साहित्यक मनहरु दोहोरी मा सहयात्री बन्नु भयो। पहिलो सहभागिता थियो मेरो स्मरणीय नै रहने छ। फेरि फेरि पनि सहयात्राको सबै समक्ष अपेक्षा राखेको छु।
-जय मुक्तक
-जय साहित्य ।


Shiva Subedi 
साहित्य र श्रस्टा बिकाशका निम्ति Chukuprakash Muktak Dohoriले गरिरहेको यो महान कार्यलाई म बारम्बार सलोट गर्दछु ।
जय मुक्तक ।


Puran Biyog
150 सम्म लेख्ने तयारी थियो तर के गर्नु निद्रा देबीले थाहा नदिई बेहोस बनाई दिएकी रैछिन !
पछि बिहान 3:45 मा होसमा आए छु !

निद्रा देबिले मलाई बेहोस बनाए पनि मेरो मन मस्तिष्क मुक्तक दोहोरी मै थियो !
जे होस रमाईलो अनि रोचक भयो !
मलाई मुक्तक दोहोरीमा साथ दिनु हुने

सरला नेपाल बिराटनगर
भबानी अधिकारी नेपाल ईजरायल
भगवती लामा नुवाकोट
रिता सुबेदी चितवन
बिरेन्द्र कार्की साउदी
सृजन क्षितिज मलेशिया
देब बिरही मलेशिया
प्रकाश मगर बियोगी दिल्ली
र अन्य अग्रज तथा समकालिन साथीहरु प्रति बिशेष आभार प्रकट गर्न चाहान्छु !

आगामी दिन आगामी बसाईमा पनि यहाँहरुको साथको आशा अनि अपेक्षा लिएको छु !



Uvaraj Lamichhane Pradeep : 

 Quantity भन्दा  quality मा ख्याल गर्न सम्पूर्ण मुक्तक मन हरुमा अनुरोध गर्दछु | यो कार्यक्रम अति नै सान्दर्भिक छ यसलाई सबै मिलेर अझ गुणस्तरीय बनाउन पनि अपिल गर्दछु |

परिबर्तन सरगम साहित्य प्रतिस्ठान 
नेपाली मुक्तक बिकासमा निस्वार्थ अहोरात्र खटिएर लागेको चुकुप्रकाश मुक्तक दोहोरी को १४ औं शृंखला पनि अतिनै सानदार अनि भब्यताका साथ सम्पन्न भयो , कार्यक्रमलाइ  सफल गराउनु हुने सम्पूर्ण मुक्तक मन प्रति आभार प्रकट गर्दछु | संचालक प्रकाश अर्याल चुकुप्रकाश साथै यस युनिट प्रति नै हाम्रो नमन छ | यहाँ सानो लगनशीलता छैन , सानो मिहेनत छैन जुन सम्पूर्णको आँखा अगाडि प्रतिबिम्बित छ | नेपाली साहित्यमा उठाउनु भएको यो महान कार्य लाइ हामी सबैले साथ अनि हौसला दिनै पर्छ | राज्यका निकाय , मुक्तक संगठन , र साहित्यिक समाजबाट पनि यसलाई गहन विषयमा हेरियोस र साथ रहोस हाम्रो शुभकामना | 



Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger