Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » मुक्तककार सुनिल अधिकारीका केहि नेपाली मुक्तकहरु

मुक्तककार सुनिल अधिकारीका केहि नेपाली मुक्तकहरु

मुक्तककार : 
नाम : सुनिल अधिकारी 
ठेगाना : काठमाडौं 
मुक्तक  १ 

कति अवैधानिक सम्बन्धमा पनि नैतिकताको बर्को हुन्छ
वैधानिक सम्बन्ध जत्तिकै पनि प्यारो त्यो अर्को हुन्छ
तर जब टुट्छन् बिना आवाज यस्ता बेनामी सम्बन्धहरु
बाहिर सुनिन्न तर भित्र मनमा आवाज धेरै चर्को हुन्छ !

मुक्तक   २ 
मेरो हारमा रमाउँदै आज खुच्चिंग भन्नेहरु
मेरो अघि ठिक्क पार्दै साँखुल्ले बन्नेहरु
दिन सबको संधै एक समान कहाँ हुन्छ र
जाकिन्छन् एकदिन आफैं खाल्डो खन्नेहरु !

मुक्तक   ३ 
सुन्दछु, सुरक्षाको नाममा तिमी बाज पाल्न थाल्यौ
अनि बुझें कुटिल दिमागले नयाँ चाल चाल्न थाल्यौ
सिधा-सादा परेवाबाटै तिमी असुरक्षित छौ भने
नत्र भन, तीनैलाई फेरि किन दाना हाल्न थाल्यौ !


मुक्तक   ४ 
उचित शिक्षा र संस्कार दिन अभिभावक कतै चुकेको छ
अमानविय नाङ्गो नाचले मानवताकै मुखमा थुकेको छ
भनिन्छ लज्जाबोधले नारी मात्रै आफ्नो नज़र झुकाउँछन्
नरपशुको कुकृत्यले आज सम्पूर्ण पुरुष
को शिर झुकेको छ !

मुक्तक   ५ 
सुख दु:ख समेटिएको गीत गाउने धोको थियो
ईर्ष्या लाग्ने खालको माया लाउने धोको थियो
मौसम संगै मौसम जस्तै बदलिने त धेरै भेटें
जिन्दगी बदल्ने कोही साथी पाउने धोको थियो !  

मुक्तक   ६ 
आजको परिवेशमा पनि तिमी हिजाको कुरा गर्छौ
दाँत हुनेले टोक्न सकेन तिमी गिजाको कुरा गर्छौ
सात्तु बाँधेर रुमालमा काम खोज्दै हिड्दै छु म
दुई छाक टार्न गाह्रो छ तिमी पिजाको कुरा गर्छौ !

मुक्तक   ७ 
म छु र त दुनिया छ र हलचल छ यो जगतै भरि !
मेरै सास रहुञ्जेल मात्र घुम्छीन् धरा सुर्य ओरिपरी
म नभए दुनियामा पात पनि हल्लिंदैन भन्नेहरु
चीर-निन्द्रामा सुतेछन् ती कहिल्यै नउठ्ने गरी !

मुक्तक   ८ 
ती जो शिखर उक्लिए तीनका शान बेग्लै हुन्छ
सफल व्यक्तिलाई जहाँ गएपनि मान बेग्लै हुन्छ
जित्ने संधै टाकुरामा र हार्ने चाहिं कुरामा रमाउँछ
हार्नेको दन्त-बजान र जित्नेको गान बेग्लै हुन्छ !

मुक्तक   ९ 
मस्जिद नहोस् मन्दिर नहोस् खुदा भगवान नहोस्
सब समान होस् कोहि गरिब अनि धनवान नहोस्
एउटै रेखा हत्केलामा होस् मेहनतको सबको
कोहि गरीब मजदूर कोहि सामन्ती बलवान नहोस् !

मुक्तक   १० 
मतलबी छौं हामी सबै यो सारा जगत स्वार्थी छ
पूजाले मात्रै प्रसन्न हुने देउतै फगत स्वार्थी छ
लिएको सास नछोडेसम्म अर्को सास त पाइन्न
कति अनौठो आफ्नै हाड मासु रगत स्वार्थी छ !

मुक्तक   ११ 
राम्रो लेख्नेको रचनाहरु पनि थन्किएको देखें
पज़ल लेख्ने गज़लकार चाहिं सन्किएको देखें
धेरै लाइक आयो भनेर फुरुङ्ग पर्छन् सबै
फोहर-मैलामै धेरै झिंगा मैले भन्किएको देखें !

मुक्तक   १२ 
मेरो बारेमा सुनाउलान् औंला उठाउलान्, नदेखे झैँ गर्नु
नानाथरी भन्लान् मलाई गाली गर्लान्, नसुने झैँ गर्नु
दुनिया खराब छ मतलबी बेहिसाब छ, होस गर प्रिय
मेरो कुरा काट्लान् तिमीलाई ढाँट्लान्, नबुझे झैँ गर्नु !

मुक्तक   १३ 
भरोसा गरि नहाल, स्वार्थी दुनियामा कसैको आस छैन
भन्छन् रात शैतानको हो, त्यसमा ईश्वरको बास छैन
आफ्नो ठानेर तिमी, म तिर पनि हात नबढाउ है प्रिय
शंका तिमी माथि हैन, मलाई आफैं माथि विश्वास छैन !

मुक्तक   १४ 
उज्यालो तारा झर्दा आकास खाली लाग्न सक्छ
बैगुनीको भरमा पर्दा माया जाली लाग्न सक्छ
ठिक्क पार्नेको भिडमा रमाउने मान्छेलाई
जति सुकै ईज्जत गर गाली लाग्न सक्छ !

मुक्तक   १५ 
खुसीको एकपल काफी दु:खको भारी साट्नलाई
एक छनक किरण भए पुग्छ बादल फाट्नलाई
जति नै सुकै तेज धार रहोस् त्यो छुरीको
दियो नै काम आउँछ आखिर अँध्यारो काट्नलाई !

मुक्तक   १६ 
चट्टान फोडी मायाको दूबो पलाउन सकेन
आँसुले पनि ढुंगाको मनलाई गलाउन सकेन
कसरि हटाउँ तिम्रो तस्वीर हृदयमा कुँदीएको
शरीर जल्यो आगोले मुटु जलाउन सकेन !

मुक्तक   १७ 
खुकुरीको औकात भुलाउने, तेज धारिलो छुरा होस्
संझना बन हरेक मनको, चारैतिर तिम्रै कुरा होस्
कमि यस्तो बन्नु तिमी, विकल्प नहोस् जसको
खाँचो नबन्नु कसैको, जुन सजिलै पुरा होस् !

मुक्तक   १८ 
ज्युँदै नर्क भोगीरहें स्वर्ग देख्ने लोभको भरमा
दानव बन्ने हौसला थिएन मान्छे बनें रहरमा
पत्थर भए देवता भनेर पूज्थे होलान् शायद
मूल्यहीन भएछु मान्छे बनेर ढुंगाको शहरमा !

मुक्तक   १९ 
सुटुक्क तिम्रो मनको संघार टेक्ने रहर छ
आजसम्म नलेखिएको चिट्ठी लेख्ने रहर छ
मेरो हृदयको गहिराईमा यसरि बस तिमी
विम्ब म प्रतिविम्ब तिमीलाई देख्ने रहर छ !

मुक्तक   २० 
तिम्रै नाममा यो दिलको रंगीन शहर लेखाउन मन लाग्छ
ठेगाना कसैले सोधे यो मन तिम्रो घर लेखाउन मन लाग्छ
तिमी चाहे स्वीकृति देउ या अस्वीकृत गर मेरो भावनालाई
मलाई तिम्रो नामको पछाडि मेरो थर लेखाउन मन लाग्छ !


******* धन्यवाद *************
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger