नारायण गोदारे , भक्तपुर
[ उहाँको नौ वटा कृतिहरु प्रकशित भएका छन् ।
अन्य नौ दश वटा अप्रकाशित
|
युवा उठ जाग रे राष्ट्रका खातिर
लड् भीड जुध रे गणतन्त्र खातिर
आन मान शान रे राख्नुछ तिमीले
लम्क लम्क लम्क रे तिमी अघिबढी
चित्रकुट झैं सुन्दर तिमीले पार्नुछ
शोषण अन्याय बिरुध्द नै लड्नुछ
कुठाराघातका इतिहास सम्याउनुछ
अन्धमुष्ठीलाई अब यहाँबाट फाल्नुछ
यहाँ पछि हट्नु छैन लाग योध्दा सरी
बिविधताका सिमारेखा अब सम्याउनुछ
देशखातिर तिमीसबैले एकजुट हुनुपर्छ
स्वच्छ राष्ट्रका समाज सही तुल्याउनुछ
गर्ज पड्क तोप झैं चल मार्च पासमा
झट्ट उठ भीड ज्यावल बोकी विकासमा
युवा उठ जाग रे गणतन्त्र खातिर
लड् भीड् जुध रे अब राष्ट्रका खातिर
वाटिका साहित्यिक पत्रिका २०६२
-------------------------- + ------------------------------
भ्रमजाल…
हावा आयो क्या राम्रो संचार
चारैतिर हर्षमा छ घर संसार
सपना देखे सबै मान्छेहरुले
सुखका निम्तिसंघर्ष गरे जसले
देखिरहेछु आज मानव चाला
गर्दछन् उही कौतुक अबिवेक
वर्षौं तिमी जेल नेल परेका
देश विदेशमा भूमिगत भएका
सङ्कट काट्दै आयौ बल्ल
खेल्दछौ स्वयम् ताजुव खेल
कुकुर बिरालोझैं झगडिन्छौ
खरी ढुङ्गो जस्तै चिप्लिन्छौ
कसोरी गर्छौ जनको उध्दार
राहतमा छैन छ्यान बिचार
बिर्सिदियौ ती दिन तिमीले
पासो परिदियौ मान्छे तिमी
तिमीले ल्याएको योदिन कस्तो
ए मान्छे भन के पायौ सस्तो
कहाँ उडायौ ती सबै परिवार
कस्तो ल्यायौ यहाँ पापाचार
गाउँ शहरमा प्रदूषण कस्तो
मान्छे भन के आयो यस्तो
बिधिवत हेर्दा गोदान मन्त्र
किन गर्दैछौ कुटका तन्त्र
तिमी जान विधिका दाता
मान्छेहरुका भ्रमित जाल …
मातृ कविता संग्रह २०५१
-------------------------- + ------------------------------
आस्था …
खोई सुन्नेहरु के सुन्छन् ।
बुझनेहरु के बुझ्दछन् ।
स्वतन्त्रताको नाममा
आस्था र विश्वास क्षुब्ध भएको छ ।
गाइनेको सारङ्गीमा
आज पनि उही
प्रशस्तिका गीत रेटिंदैछ ।
तर
मेरो देशको अबस्था
बन कालीमा चढाउने कालो बोको भएको छ ।
महङ्गीको चपेटामा देश चट्किरहेको छ ।
वैदेशिक ऋणका साइरनमा मानिस लडिरहेको छ ।
रगतका विदिर्ण टाटाहरुमा समय बितिरहेको छ ।
वर्तमान छेपारो भएको छ ।
छोरी दिन दिनै हराउँछे ।
छोरो बेपत्ता भएको छ ।
आमा आत्मग्लानिले
शरदीय रात काट्छिन् ।
आत्मविश्वास गुमाउनु हुँदैन ।
मानिसले समानता नपाउँदा
सार्वभौमको खोक्रोडोको बोकी
खाली पेट ऊ हिंड्न सक्तैन ।
आज आस्था किन हराएको छ ?...
मातृ कविता सङ्ग्रह २०५१
-------------------------- + ------------------------------
युग कवि...
को हो त्यो थर थर गर्दै
अनुशासन र मर्यादामा आएको छ ।
विश्व प्रख्याति उस्को यात्रा
नित्दिन यहाँ धाएको छ ।
लुरु लुरु साथी त्यो ता
वालक बबुरो झैं आको छ ।
आज्ञाकारी शिष्ट छ कस्तो ?
त्यही पुरुष आएको छ ।
युग युगान्तर हाँकिकन
नयाँ युग ल्याएको छ ।
युग धारी भन्छन् त्यसलाई
भाषाको राष्ट्रियकरणमा लागेको छ ।
प्रकृतिका सज्जा धज्जामा
त्यो ता साथी समाहित छ ।
त्यहि आज आएको छ ।
सिध्द हस्त नाम छ जस्को
सदैव युग कवि कहलाएको छ ।…
सं.कल्प तरु साहित्यिक त्रैमासिक २०६२
No comments:
Post a Comment